• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

पोखरामा एउटा भेँडाच्यांग्राको मूल्य कति ?

    Avatar photo
मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित

काठमाडौँ । १० वर्ष अघिदेखि बझाङका बमबहादुर बोहराको दसैं दैनिकी भेँडाच्यांग्रामै बित्छ । उनको अनुभवमा जति भेँडाच्यांग्रा ल्याए पनि पोखराबाट निरास भएर फर्कनु पर्ने अवस्था छैन ।

Advertisement

‘पोखरामा भेँडाच्यांग्रा झार्ने बित्तिकै गोठ रित्तिन्छ, कहिलेकाहीँ अलि दिन कुर्नु पर्छ,’ उनले भने, ‘अरु ठाउँमा खासै बिक्री हुँदैन, महंगो पर्ने भएकाले पोखरा नै उपयुक्त बजार हो ।’

दसैंले छपक्कै छोपिसकेको छ । अहिले पोखराको याम्दी क्षेत्रमा भेँडाच्यांग्राको हुल भेटिन्छन् । पोखरामा च्यांग्रा संस्कृति धेरै पूरानो हो । यो वर्ष उपल्लो नाका नखुलेका कारण तिब्बती भेडा च्यांग्रा ल्याइएको छैन । नेपालका विभिन्न जिल्लाबाट आएको भेँडाच्यांग्राको भाउ निकै महंगो छ ।

लेकमा पाइने जडिबुटी खाएर हुर्किएका भेँडाच्यांग्राको मासु स्वादिष्ट र स्वास्थ्यका लागि फलदायी हुने विश्वासले दसैंमा भेँडाच्यांग्राको माग बढी हुन्छ । बोहराले ल्याएको हुलमा रोज्जा च्याङग्राको मूल्य ४५ हजार छ । यहाँबाट एउटै च्यांग्राको मूल्य ५० हजारसम्म लिन्छन् ।

मुस्ताङको कागबेनीदेखी च्याङग्रा ल्याएर याम्दीमा बिक्रीका लागि राखेका हेम्जाका झपट बहादुर थापाले रोजेर र जोखेर दुवै हिसाबले च्यांग्रा बेचेका छन् । ‘रोजेर ३८ हजारदेखि ४६ हजारसम्मका छन्, जोखेर १३ सय रुपैयाँ किलोको हिसाबले बेचेको छु,’ उनले भने, ‘जसले पहिले ल्यायो, उसैको छिटो बिक्री हुन्छ, ६० वटा ल्याएको थिएँ, २० वटा बेचिसकेँ ।’

याम्दी पुल वारि धेरैले भेडाच्यांग्रा बेच्न थालिसकेका छन् । हेमजा र याम्दी क्षेत्रमा हिमाली जिल्ला मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, बझाङबाट बर्सेनी ल्याएर बिक्री हुन्छन् । मुस्ताङबाट झारिएका भेडाच्यांग्रा आज आइपुग्छन् । देशका धेरै जिल्लाबाट भेडाच्यांग्रा ल्याइए पनि बर्सेनी हुने मूल्य वृद्धिका कारण अधिकांश खरिद नगरी फर्किने गरेका छन् ।

बझाङबाट करिब २५० भेडाच्यांग्रा पोखरा झारेका राजेन्द्रबहादुर थामी रोज्जा च्यांग्राको मूल्य बढीमा ५० हजार रुपैयाँसम्म पर्ने बताउँछन् । बझाङमा खरिद दर नै बढी भएकाले मूल्य बढेको उनले सुनाए ।

‘बझाङमै किन्दा एउटाको ४० हजार पर्यो, यहाँ ल्याउँदा महँगो त हुने नै भयो,’ उनले भने, ‘दुई महिना अघिदेखि जम्मा गर्न पर्यो, पालिकालाई कर तिर्न पर्यो, अनि ल्याउँदा ट्रकको भाडा उस्तै महंगो छ ।’

गत वर्ष ३५ देखि ४७ हजार रुपैयाँसम्ममा च्याङग्रा बिक्री भएकोमा अहिले सामान्य ३२ हजारदेखि ५० हजारसम्म मूल्य पर्छ । दसैंमा मासुका लागि पोखरामा खसी बोका पनि उत्तिकै बिक्री हुन्छन् । भेडाच्यांग्रा किन्न नसक्ने खसीबोकामै रमाउँछन् ।

दसैंको बेलामा बढी मासु खपत हुने पोखरामा विशेषगरी दाङ, नवलपुर, तनहुँ, पाल्पा र स्याङ्जाबाट खसीबोका ल्याइने गरिन्छ ।

  • हिसाब
मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ
पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते
समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’
भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?
खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

भर्खरै

  • १.
    बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

  • २.
    स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

  • ३.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • ४.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ५.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

  • ६.
    खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ७.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • ८.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.