धनुषा- सशस्त्र प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
Advertisement
पक्राउ पर्नेमा भारत विहार मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झा छन्। शरीरको विभिन्न भागमा लुकाएर साइकलमा भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा जाँच गर्दा उनको साथबाट चाँदी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको १९.४१७ केजी चाँदीको मूल्य करिब १९ लाख ६४ हजार ३४० रुपैयाँ पर्छ। बरामद चाँदीसहित पक्राउ परेका भारतीय नागरिकलाई कारवाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ।