क्विटो- इक्वेडोरको ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारवाहीमा ३.५ टन कोकिन बरामद भएको छ।
Advertisement
८८ वटा सुटकेसमा प्याक गरिएको कोकिन केराको कन्टेनरमा लुकाएर बेल्जियम पठाउने तयारीमा रहेको प्रहरीले जनाएको छ। इक्वेडोरमा सन् २०२२ मा १४४ टन लागूऔषध बरामद भइसकेको छ।
इक्वेडोरका राष्ट्रपति गुइलेर्मो लासोले आफ्नो देशमा लागूऔषध तस्करीविरुद्ध लडाइँ घोषणा गरेका छन्। बुधवार संयुक्त राष्ट्रसंघ महासभामा आफ्नो भाषणमा लासोले लागूपदार्थ तस्करीविरुद्ध लड्न अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गरेका थिए। यस अन्तर्राष्ट्रिय अपराधका लागि अन्तर्राष्ट्रिय समाधान आवश्यक हुने उनले उल्लेख गरेका छन्।