• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

अतिक्रमणको चपेटामा थापाथली-टेकु सम्पदा मार्ग


बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित

काठमाडौं- मंगलबार बिहान १० बजे। थापाथलीस्थित चेसपार्कमा दुईजना युवा चेस खेलिरहेका थिए। एक ६० वर्षीय वृद्ध उनीहरूको खेल नियालिरहेका थिए। प्रायः चेसपार्कमा चेसका पारखीहरूकै भीड हुन्छ, त्यसैले होला चेसपार्क भनिएको।

Advertisement

थापाथलीदेखि टेकुसम्मको वाग्मती करिडोरमा १२ वैशाख ०७२ को भूकम्पका कारण जीर्ण बनेका र क्षति भएका सांस्कृतिक सम्पदाको पुनर्निर्माणको काम चल्दैछ। त्यसैले यस क्षेत्रमा प्रवेश निषेध छ।

थापाथली वाग्मती करिडोर हुँदै टेकु दोभानसम्म पैदल पुग्‍न करिब ४५ मिनट लाग्छ। यसबीच यात्राका क्रममा सांस्कृतिक महत्त्वका धेरै कुरा देख्‍न पाइन्छन्। तर, यसको संरक्षणतर्फ ध्यान नदिने हो भने अतिक्रमणको चपेटामा पर्ने निश्‍चित छ।

थापाथलीदेखि टेकु दोभानसम्मको वाग्मती करिडोर प्राकृतिक तथा सांस्कृतिक महत्त्वको ठाउँ भएको सम्पदा संरक्षण अभियन्ता सौरभ ढकाल बताउँछन्। भन्छन्, ‘वाग्मतीले इतिहास बोकेको छ। अबका दिनमा दुईवटा सुन्दर शहरबीच यति खुला ठाउँ पाइँदैन। कुनै समय एकदमै व्यस्त मानिने उक्त ठाउँ समयसँगै शहरीकरण बढेपछि यस क्षेत्रमा मानिसको चहलपहल कम हुन थाल्यो। त्यसैले यसको संरक्षण र सम्बर्द्धन गर्नुपर्छ। सम्पदा संरक्षण अभियन्ताहरूको लामो प्रयासपछि सरकारले ‘वाग्मती सम्पदा मार्ग’ बनाउने पहल गर्‍यो।’

यस क्षेत्रको संरक्षणका लागि लामो समयदेखि काम हुँदै आएको भए पनि वाग्मतीलाई नदीको बाटोमा हिँड्न नदिई छेउछाउमा सिमेन्टेड बाँध लगाएर यसलाई साँघुरो बनाउने कार्य भने सम्पदामाथि अत्याचार भएको उनको तर्क छ।

वाग्मती करिडोरमा सम्पदा मार्ग बनाउँदै गर्दा वाग्मती नदी वारिपारि कंक्रिटको बाँध बनाइएको छ। नदी बग्‍ने वास्तविक बाटोभन्दा धेरै टाढा नदीलाई बगाइएको छ।

प्राकृतिक सम्पदा स्वतन्त्र रूपमा बहनुपर्ने हो। तर, विडम्बना एसियाली विकास बैंक (एडीबी) र वाग्मती सभ्यता एकीकृत विकास समिति संयोजकत्वमा ०७२ सालदेखि निर्माण शुरु भएको सम्पदा मार्ग अहिले पनि निर्माणाधीन छ।

नदी छेउछाउमा सांस्कृतिक सम्पदा बालुवाले पुरिएका छन् भने केही अस्तव्यस्त देखिन्छन्। सांस्कृतिक महत्त्वका मूर्तिहरू पनि लथालिंग छाडिएका छन्। मूर्तिहरू जुन वास्तु स्थितिमा हुनुपर्ने हो, त्यसको ठीकविपरीत यिनीहरूको अवस्था यहाँ देख्‍न सकिन्छ।

‘दुईवटा संस्थाहरू मिलेर दुवैतिर बाँध बाध्‍ने र वाग्मतीलाई कुलोजस्तो बनाएर लिएर जाने योजना बनाएको जस्तो देखिन्छ,’ अभियन्ता ढकाल भन्छन्, ‘नदीको आफ्नै बहाव हुन्छ। यसलाई कसैले रोकेर रोक्न सकिँदैन। नक्सामा नदीको बहाव क्षेत्र भनेर छुट्याइएको क्षेत्र उसले प्रयोग गर्न पाउनुपर्छ। सम्पदा र नदीको संरक्षण गर्नु सबैको दायित्व हो। सांस्कृतिक, धार्मिक र पर्यटकीय हिसाबले महत्त्व बोकेको यसलाई कंक्रिटमुक्त सम्पदामार्ग बनाउनुपर्छ।’

सम्पदा संरक्षण अभियन्तालाई सचेत र सशंकित गराएको वाग्मती किनारमा बनिरहेको सम्पदा मार्गको कार्यशैलीले हो। एसियाली विकास बैंकको सहयोगमा बनिरहेको भए पनि ठाउँ-ठाउँमा बनिसकेका सम्पदा मार्ग जीर्ण र अव्यवस्थित बनिसकेका छन्।

‘भूकम्पले भत्काएका सांस्कृतिक सम्पदा हाल ढाकछोप गरेर पुनर्निर्माण भइरहेका छन्। सम्पदामा रुचि भएकाले पुनर्निर्माण हुँदै गरेको संरचना अवलोकन गर्न पाउनुपर्छ,’ सामाजिक अभियन्ता दीपेशराज शर्मा भन्छन्, ‘पुनर्निर्माणकै क्रममा संरचना अवलोकन गर्न पाएको भए केही गल्ती हुँदा सुधारको सम्भावना हुन्छ। तर, संरचना बनिसकेपछि पुनः भत्काएर बनाउन असम्भवजस्तै भएकाले यसलाई खुला गरेर बनाउँदा नै उत्तम हुन्थ्यो। संरचनालाई हेर्न नपाउने भनेपछि त हाम्रो मौलिक हक नै हनन गरिएको भएन त?’

अधिकारसम्पन्‍न वाग्मती सभ्यता एकीकृत विकास समितिका अनुसार वाग्मती सम्पदा पदमार्गको काम ७० प्रतिशत सकिएको छ। ललितपुर र काठमाडौं महानगरमा रहेको वाग्मती नदी दुई किनारमा एसियाली विकास बैंकको सहयोगमा वाग्मती सभ्यता विकास समितिमार्फत पदमार्ग र सत्तल निर्माणको काम भइरहेको छ।

‘वाग्मती करिडोरमा पुनर्निर्माण भइरहेका सबै भवन कंक्रिटयुक्त छन्। राज्यले नदीमाथि वारिपारि बाँध लगाउने कार्य गरेको छ, त्यो पनि सिमेन्ट बिच्छ्याएर। नदी आफ्नो बहाव क्षेत्रमा जहिले पनि आउनसक्छ। नदी किनारमा बाक्लै सुकुम्बासी बस्ती पनि छ। नदीलाई ओगटेर बस्ती बनाउँदा आगामी दिनमा आउने समस्याको जिम्मेवारी कसले लिन्छ?’ सामाजिक अभियन्ता शर्मा प्रश्‍न गर्छन्।

निर्माणाधीन पदमार्ग, अस्तव्यस्त स्वरूप

दुई धार गरी १४.२ किलोमिटरको पदमार्गमा २८ वटा ऐतिहासिक मन्दिरहरू पनि पुनर्निर्माण भइरहेका छन्। तीनवटा प्याकेजमा निर्माण भइरहेका मन्दिरहरूमध्ये अहिलेसम्म ११ वटा मात्रै बनेको अधिकार सम्पन्‍न वाग्मती सभ्यता विकास समितिका सूचना अधिकारी इन्जिनियर कमल अर्यालले जानकारी दिए।

२८ सत्तलका लागि तीन प्याकेजमा प्रतिप्याकेज ३५ करोडको दरले बजेट खर्च भइरहेको छ। अर्यालका अनुसार काठमाडौं र ललितपुर महानगरपालिकामा पर्ने वाग्मती करिडोरमा पदमार्गको लागि एक अर्ब ५० करोड रुपैयाँ खर्च गरिँदैछ।

पदमार्गमा सातवटा अपांगमैत्री शौचालय, दुई मिटरको फुटपाथ, दुई मिटर फराकिलो साइकल लेन बनाउने योजनाअनुरूप काम भइरहेको छ। ढुंगा छाप्ने, बगैंचा बनाउने, बत्ती राख्‍नेलगायत योजना पनि रहेको अर्यालले बताए।

पुरातत्त्व विभागले प्राविधिक सहयोग गरेको परियोजनामा काठमाडौं र ललितपुर महानगरपालिकाले समन्वयमा सघाएका छन्। तर, चर्चामा आएको यो मार्ग अझै सम्पन्‍न नहुँदा प्रयोगयोग्य बन्‍न सकेको छैन।

यस क्षेत्रमा शताब्दीयौंदेखि प्रयोग हुँदै आएका पुराना घाट, मन्दिर, पाटी, देवल, सत्तल तथा हिन्दू र बौद्धका मठमन्दिर छन्। तिनको संरक्षण गरेर सर्वसाधारण हिँडडुल र आराम गर्न तथा सम्पदाको अध्ययन गर्न सजिलो होस् भन्‍ने अभिप्रायले सम्पदा मार्गको निमार्ण कार्य थालनी भएको हो।

टेकुको वाग्मती-विष्णुमती दोभानदेखि थापाथली, कालमोचन घाटसम्म करिब अढाइ किलोमिटर सडकखण्डलाई ‘सम्पदा मार्ग’ (हेरिटेज वाक वे) बनाउन थालिएको हो। पुराना सम्पदा संरक्षण गरी पर्यटन प्रबर्द्धन तथा स्वच्छ र सुन्दर नमूना क्षेत्र बनाउने भन्दै काठमाडौं महानगरपालिकाले सम्पदा मार्ग निर्माण थालेको हो।

सम्पदा मार्गका सम्पदाहरू

थापाथलीदेखि टेकु दोभानसम्म पैदल जाँदा नदी किनारमा महत्त्वपूर्ण सम्पदा क्षेत्रहरू देख्‍न सकिन्छ।

भकारी

पाञ्चायन मन्दिरनजिकै रहेको भकारीबाट थापाथलीदेखि टेकु दोभानसम्मको सम्पदा पदमार्ग शुरु हुन्छ। भकारी भन्‍नाले घाटको नजिकै श्राद्ध गर्न ढुंगाले बनाइएको सिलिन्डर आकारको संरचना हो।

थापाथली चेसपार्क

थापाथली चोक र कालमोचन मन्दिरको बीचमा चेस पार्क छ। ३० वर्षअघि मोरङका भरत धिमालले चेस पार्क शुरु गरेका थिए। पहिले चेसपार्कमा चेस खेल्ने व्यक्तिहरू कमै देखिन्थे। तर, अहिले चेसपार्कमा राष्ट्रियस्तरका प्रतिस्पर्धीहरू चेस खेलिरहेका भेटिन्छन्।

अखडा

राणा प्रधानमन्त्री जंगबहादुरले शिवरात्रिमा नेपालमा आउने हिन्दू तीर्थयात्रीहरूका लागि ‘मिनी काशी’ निर्माण गरेका थिए, जसलाई अखडा भनिन्छ। कुनै बेला जंगबहादुरको थापाथली दरबार परिसरभन्दा बाहिर रहेका अखडा आज थापाथली पुलनजिकै छन्।

हिरण्य हेम मन्दिर

यो काठमाडौंको सबैभन्दा सुन्दरमध्येको एक मन्दिर हो। यस मन्दिरको नाम जंगबहादुर राणा र उनका रानीहरू हिरण्य र हेमको नाममा राखिएको हो।

कालमोचन घाट

टुकुचा र वाग्मती नदीको संगममा अवस्थित कालमोचन घाटलाई काल तीर्थ पनि भनिन्छ।

त्रिपुरेश्‍वर महादेव

स्वर्गीय राजा रणबहादुर शाहको स्मृतिमा रानी ललितत्रिपुरा सुन्दरीद्वारा इस्वी संवत १८२२ मा त्रिपुरेश्‍वर महादेव मन्दिर निर्माण भएको हो।

मन्दिर वरिपरि १९ वटा साना मन्दिर छन्। मठहरूसहितको वाग्मती क्षेत्रको सबैभन्दा ठूलो मन्दिर परिसर पनि यहीँ छ।

चन्द्र घाट

वाग्मतीको सबैभन्दा लामो र सबैभन्दा ठूलो घाट परिसर चन्द्र घाट र मुसाफिर खाना चन्द्रशम्शेरले निर्माण गरेका थिए।

पूर्णेश्‍वर महादेव, पुरेत घाट

पुरेट घाटमा गैरीधारा सत्याल परिवारले निर्माण गरेका तीन मन्दिर छन्। काँस घण्टीमा लेखिएको शिलालेखअनुसार स्मारक सन् १८८३ मा निर्माण भएको हो।

नारायण मन्दिरको सिँढीमा राखिएको अर्को शिलालेख सन् १९१६ मा शिवराज सत्यालले निर्माण गरेका हुन्।

हनुमान घाट

हनुमान घाटको नाम पश्‍चिमतर्फ फर्केको हनुमानको एउटा ठूलो ढुंगाको मूर्तिबाट रहन गएको हो। यस घाटमा रहेका राम मन्दिर र सत्तल बमबहादुर राणाका वंशज लगन टोलका मेजर जनरल यक्षविक्रम राणाले पुनर्निर्माण गरेका थिए।

तीन देवल

यो मन्दिर बमबहादुर राणाले सन् १९५० मा निर्माण गरेका हुन्। शिखर शैलीको यो टेराकोटा मन्दिर २० रोपनीमा फैलिएको छ। मन्दिर परिसरमा हिन्दू देवीदेवता गणेश, विष्णु र शिवका अन्य मन्दिर छन्।

पचली भैरव

आधुनिक शहरको दक्षिणी भागमा वाग्मती र विष्णुमती नदीहरूको संगम टेकु दोभाननजिकै काठमाडौंको सबैभन्दा प्राचीन पचली भैरव मन्दिर छ। यो काठमाडौं उपत्यकाको गंगा, वाग्मतीको दाहसंस्कार घाटको नजिक छ।

पचली घाट

हिन्दू, बौद्ध, सक्ता र वैष्णव सम्प्रदायको विविधता रहेको पचली घाट ढुंगे कलाको खुला संग्रहालयजस्तो छ। ५० मिटर लम्बाइको सानो क्षेत्रमा इतिहासका विभिन्‍न कालखण्डसँग सम्बन्धित ८० भन्दा बढी ढुंगाका विभिन्‍न मूर्तिहरू छन्।

लक्ष्मेश्‍वर महादेव

लक्ष्मेश्‍वर महादेव शिलालेखअनुसार यो मन्दिर इस्वी संवत १८१३ मा रणबहादुर शाहकी रानी लक्ष्मीदेवीले निर्माण गर्न लगाएकी हुन्।

कालो पुल

चार सय फिट लामो कालो झोलुंगे पुल पेरिसबाट आयात गरिएको थियो। टेकु दोभानको सबैभन्दा सुन्दर मन्दिरमध्ये राधाकृष्ण मन्दिर एक हो। ०७२ सालको भूकम्पले ध्वस्त भएको मन्दिर पुनर्निर्माणको क्रममा छ।

टेकु दोभान

टेकु दोभान काठमाडौं शहरको दक्षिणी प्रवेश विन्दु हो। यहाँ वाग्मती र विष्णुमती एकै ठाउँमा मिसिने भएकाले यसलाई टेकु दोभान भनिएको हो। यो क्षेत्र व्यापारिक दृष्टिकोणले लोकप्रिय मानिन्थ्यो। यहाँ मानिसहरू नुहाउने, मृतकको सम्झनामा धार्मिक संस्कार गर्ने र आगन्तुकहरू शहर प्रवेशपूर्व आफूलाई शुद्ध बनाउँथे। टेकु दोभान र थापाथली क्षेत्रमा १० भन्दा बढी घाट, शवदाह गृह, सत्तल र मन्दिर छन्। यो क्षेत्र जीवित संग्रहालय भएको सम्पदा र सामाजिक अभियन्ताहरूको भनाइ छ।

बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.