किभ- पूर्वी युक्रेनको दोनेत्स्क शहरमा भएका शृंखलाबद्ध विष्फोटमा परी ठूलो संख्यामा हताहती भएको आशंका छ।
Advertisement
हालसम्म १३ जनाको शव बरामद भएको र ठूलो संख्यामा घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। उक्त इलाका रुस समर्थित विद्रोही समूहहरूको कब्जामा छ।
रुस समर्थित मेयर एलेक्सी कलेमजिनले शृंखलाबद्ध विष्फोटका लागि युक्रेनलाई दोष देखाएका छन्। युक्रेनले कुनै प्रतिक्रिया दिएको छैन। सन् २०१४ देखि नै दोनेत्स्कमा रुस समर्थित विद्रोहीहरूको कब्जा छ।
स्थानीय नेता डेनिस पुसिलिनले युक्रेनले जानाजान बस स्टप, पसलहरू, बैंक र सार्वजनिक स्थललाई निशाना बनाइरहेको आरोप लगाए।