• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

छाडा चौपाया व्यवस्थापनमा सिद्धार्थनगर मोडल, बन्दैछ बहुउपयोगी गौशाला


    Avatar photo
बिहिबार, साउन २६, २०७९ मा प्रकाशित

भैरहवा- पछिल्लो समय देशैभरमा छाडा चौपायाको संख्या बढ्दो छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ल्याएको योजनाभित्र पर्ने एक मुख्य योजना छाडा चौपाया व्यवस्थापनका निम्ति गौशाला निर्माण पनि हो।

Advertisement

यो नगरवासीका लागि खुल्दुलीको विषय बनेको छ। नबनोस् पनि किन, नगरका किसान, व्यवसायी, पैदल यात्री, सवारी चालकलगायत आम सर्वसाधारणले छाडा चौपायाका कारण निकै कष्ट बेहोर्नुपरेको छ। यही समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले गौशाला निर्माणका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ।

गाईले दूध दिँदासम्म पालनपोषण गर्ने र दूध खाने, दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्तिको विकास भएका कारण छाडा चौपाया बढ्दै गएका हुन्। स्थानीय सरकारले यस्ता व्यक्तिलाई पहिचान गरेर कानूनी दायरामा ल्याउन सक्नुपर्ने नगरवासी बताउँछन्। यो समस्या हल हुन नसके छाडा चौपायाले सडकमा गर्ने फोहोर र दुर्गन्धका कारण नगरमा भित्रिने आन्तरिक र बाह्य पर्यटकले सास्ती बेहोरिरहनुपर्नेछ।

महामानव गौतमबुद्धको जन्मस्थल प्रवेश गर्ने मुख्य प्रवेशद्वार हो, सिद्धार्थनगर नगरपालिका। यही नगरमा छाडा चौपायाका कारण सौन्दर्य घटेको छ। यसको व्यवस्थापन गर्ने दायित्व स्थानीय तहकै हो। हरेक वर्षको नीति तथा कार्यक्रममा छाडा चौपाया व्यवस्थापनलाई प्राथमिकता दिइन्छ। तर, त्यो विगतमा भाषण र कागजमै सीमित थियो। त्यसबाट नगरवासी निराश थिए।

तर, नगरपालिकाले छाडा चौपायाको समस्या समाधानका लागि पहलकदमी लिएपछि नगरवासीमा उत्साह देखिन्छ।

आफ्नो दायित्व पूरा गर्न सिद्धार्थनगर नगरपालिकाले वडा नम्बर ११ मा रहेको खाली जग्गामा गौशाला निर्माणको प्रस्ताव गरेको नगर प्रमुख इस्तियाक अहम्मद खानले बताए। उनले वर्षा लागेर काम शुरु नभएको र वर्षायाम सकिएलगत्तै काम शुरु हुने खानले बताए। ‘छाडा चौपाया व्यवस्थापनका साथै जैविक मल, विषादी उत्पादन गर्ने गरी नमूना गौशाला निर्माण गर्ने छौं,’ उनले भने, ‘यसलाई गौशालामै सीमित नराखी वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको सहकार्यमा जैविक मल तथा विषादी उत्पादन गर्ने योजना छ। र, निम्न वर्गीय परिवारलाई रोजगारीको अवसर सिर्जना गर्ने छौं।’

यो नै छाडा चौपाया व्यवस्थापनको दीर्घकालीन उपाय हुन सक्छ। र, छाडा चौपायाको हेरचाहसमेत राम्रो हुनेछ। छाडा चौपायाको व्यवस्थापनपछि नगरमा बढ्दो सवारी दुर्घटना पनि कम हुने विश्वास छ।

पर्यटक आगमनको प्रचुर सम्भावना रहेको, पर्यटन क्षेत्रमा प्रवेश गर्ने पहिलो पैदल मार्गमा जताततै पशु चौपाया छाडा छाडिएको र तिनको व्यवस्थापन नगरेको भन्दै नगरपालिकाको आलोचना हुने गरेको थियो। गौशाला मात्र देखावटी र काम टार्नका लागि मात्र नभएर त्यसलाई व्यवस्थित रूपमा हेरालु राखी नमूना बनाइनुपर्ने नगरवासीको माग छ।

लामो समयदेखि ‘भैरहवा मर्निङ वाक ग्रुप’ले छाडा चौपाया व्यवस्थापनका निम्ति पहल गर्दै आएको थियो। तर, सरोकारवाला निकाय मौन थिए। त्यसका बावजुद ग्रुपको प्रयास निरन्तर रह्यो। त्यसैको प्रतिफल हो, व्यवस्थित गौशाला निर्माणको योजना। नगरपालिकाले आगामी दिनमा पनि यस्तै जनअपेक्षा अनुरुप कार्य गरे विकासले फड्को मार्न समय नलाग्ने ग्रुपका अध्यक्ष ओमकार गौचनले बताए।

साँझबिहान अटो चलाएर परिवारको जीवीकोपार्जन गर्दै आएका सन्तोष रानाले बाटोमा यत्रतत्र हिँडिरहेका छाडा चौपाया व्यवस्थापन नहुँदा हैरानी बेहोरिरहेका थिए। सवारी चालकले मात्र नभई पैदल यात्रीसमेत यो समस्याबाट प्रभावित बनेको रानाको भनाइ छ। सिद्धार्थनगरमा छाडा चौपायाको छिटै उचित व्यवस्थापन गर्न सके नगरले नयाँ रूप पाउनेमा राना ढुक्क छन्।

बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.