• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

माछापुछ्रेले डुबुल्की मार्ने फेवाताल किनारमा नवदुर्गा आरती


आइतबार, साउन ०१, २०७९ मा प्रकाशित

पोखरा- पोखराको लेकसाइड, साँझ नपर्दै संगीत र मदिराको लयमा मात्तिइसकेको हुन्छ। त्यसैले त, लेकसाइडको एउटा चोकको नाम नै राखिएको छ, हल्लन चोक। मदिराको लयमा मानिस हल्लिँदै निस्किने भएकैले हुन सक्छ, यसको नाम हल्लन चोक राखिएको पनि।

Advertisement

तर, पोखरालाई मदिरा पर्यटनका रूपमा मात्र अर्थ्याइयो भने यो देशकै मुख्य पर्यटकीय स्थलप्रति बडो अन्याय हुनेछ। किनकि, यहाँ धार्मिक गतिविधि पनि कम हुँदैन। फेवाताल बीचको नवदुर्गा अर्थात तालबाराही मन्दिरमा पूजा अर्चनामा जाने तीर्थालु पनि कम हुँदैनन्। उनै नवदुर्गा मन्दिरलाई लक्षित गर्दै चार वर्षदेखि फेवाताल किनारमा हुँदै आएको छ, नवदुर्गा आरती।

मध्य पहाडी क्षेत्रमा पर्ने पोखराको आकर्षणको केन्द्र भनेकै यहाँको फेवाताल हो। उसो त पोखरालाई तालैतालको शहर पनि भनिन्छ। पोखरा कतिपय मानिसका लागि सपनाको शहर पनि हो। यहाँको फेवाताल, फेवातालको बीचमा रहेको तालबाराही मन्दिर र यस वरपरका अन्य पर्यटकीय स्थलहरूले जोकोहीलाई लोभ्याउँछन्।

पोखरा एकपटक आइसकेका हरकोहीले भन्छन्, ‘वाह पोखरा ! ताल र सेता हिमालहरू देखिने गज्जबको पोखरा !’ तर कहिले पोखरामा पाइला नटेकेकालाई जिज्ञासा हुन्छ, ‘कस्तो होला पोखरा ? पोखराको सौन्दर्यलाई आकलन गर्न प्रेमप्रकाश मल्लको एउटा गीतको दुई हरफ नै काफी छन्ः

माछापुछ्रे फेवातालमा पौडी खेल्दो रैछ,
पोखरा त साँच्चिकै पोखरा पो रैछ

पोखरा साँच्चिकै पोखरा नै रहेछ। पोखरा भनेको फेवाताल र माछापुछ्रे हिमालको दृश्यावलोकनमा सीमित छैन अब। आजभोलि यही फेवाताल र माछापुछ्रेको सौन्दर्यलाई सुनमा सुगन्ध थपिदिएको छ, फेवाताल किनारमा गरिने नवदुर्गा आरतीले। पोखरा लेकसाइडमा साँझपख स्वदेशी–विदेशी पर्यटकको बाक्लै चहलपहल हुन्छ। फेवाताल किनारमै नवदुर्गा आरतीले अर्को जमघट गराउँछ। फेवातालको मध्यभागमा तालबाराही मन्दिर छ । तालबाराहीलाई नवदुर्गा भगवतीको स्वरूप मान्ने गरिन्छ। साँझपख डुंगा चढेर मन्दिर पुग्न सम्भव नभएकाले लेकसाइडमै आरती गर्ने गरिएको माता ताल बाराही आरती सेवा समितिका अध्यक्ष मंगल नेपाली बताउँछन्।

फेवाताल किनारमा २४ असोज ०७५ देखि आरती शुरु भएको हो। शुरुवातबाटै हालसम्म एक दिन पनि नबिराई नवदुर्गा आरती भइरहेको छ। प्रायः तीनवटा आरती गरिन्छ। ‘बर्खायाम भएकाले दैनिक एउटा आरती गरिन्छ। साउन, भदौतिर तीनवटै आरती गर्ने योजना छ,’ अध्यक्ष नेपाली भन्छन्, ‘हरेक साँझ पौने सात बजे शंखध्वनिका साथ आरती शुरु हुन्छ । र, स्तोत्र पाठसहित सुगन्धित धुप बालिन्छ। भक्तजन ४५ मिनटसम्म आरतीमा मन्त्रमुग्ध रहन्छन्। पछिल्लो समय विदेशी पर्यटक पनि यसमा सहभागी हुन थालेका छन्।’

अध्यक्ष नेपालीका अनुसार बनारसबाट आएका महागुरु मदन न्यौपानेबाट आरतीको शुरुवात गरिएको थियो। स्थानीय बासिन्दासँगको आपसी समझदारीमा फेवाताल किनारमा आरती शुरु गरिएको थियो। शुरुमा आरती गर्दा केही राजनीतिक दलहरूबाट विरोध पनि भएको अध्यक्ष नेपाली सम्झिन्छन्।

‘धेरैले ताल छेकिन्छ भनेका थिए तर विस्तारै आरतीले ताल नछेकिने देखेपछि सबैले सहयोग गरे र हालसम्म आरतीले निरन्तरता पाइरहेको छ,’ अध्यक्ष नेपाली भन्छन्, ‘शुरुका दिन करिब चार लाख खर्च गरेर महागुरु ल्याएर आरती उद्घाटन गरियो। मञ्च बनाएर उद्घाटन गरेर आरती गर्दा धेरैले मन पराउनुभयो। दैनिक आरती सञ्चालन गर्दै जाँदा यो त राम्रो काम रहेछ भनेर सबैले सहयोग र सहकार्य गर्नुभयो।’

उनका अनुसार आरती शुरुको एक वर्ष गुरुहरूलाई पारिश्रमिक पनि दिन सकिने अवस्था थिएन। करिब पाँचजना गुरु राख्नलाई मासिक एक लाख २० हजार रुपैयाँ बुझाउनुपर्छ। आरती नियमित सञ्चालनका लागि दैनिक पाँच हजार आम्दानी हुन अत्यन्त आवश्यक छ। अध्यक्ष नेपाली भन्छन्, ‘यहाँ आम्दानी भएन भने गाह्रो हुन्छ। बनारस र पोखराका गुरुहरू मिलेर आरती सञ्चालन गर्नुहुन्छ। गुरु दक्षिणालगायत पूजा सामग्री खरिदका लागि दैनिक पाँच हजार रुपैयाँ उठ्नुपर्छ। साउनमा यदि पानी अत्यधिक परेन, राम्रै भयो भने तीनवटै आरती गर्छौं। होइन भने भदौमा शुरु गर्ने सोेचेका छौं।’

प्रायः फेवाताल किनारमा नवदुर्गा आरती हेर्ने स्वदेशी तथा विदेशी पर्यटकहरू भेला हुन्छन्। त्यसमा नेपाली र भारतीय पर्यटकको भीड लाग्छ। तीर्थालुको सहयोगमा आरती चलिरहेको अध्यक्ष नेपाली बताउँछन्। भन्छन्, ‘यहाँका लेकसाइडका मानिसमा आध्यात्मिक चिन्तन छैन। तर, आन्तरिक पर्यटकहरू पोखरामा एक दिन बढी बसेर भए पनि आरती हेरेर जान्छन्। आरती हेर्न आउने भीडले पाइला टेक्ने ठाउँ हुँदैन। पहिलोपटक नवदुर्गा आरतीमा पुगेकाहरूलाई कुनै धार्मिक मेलामा सहभागी भएको अनुभूति हुने गर्छ।’

नवदुर्गा आरती शुरु भएयता एक हजारभन्दा बढी व्यक्ति कर्ता बसिसकेका छन्। कर्ता बस्नका लागि ११ सय रुपैयाँ तिर्नुपर्छ। उनीहरूलाई प्रमाणपत्र दिएर सम्मानसहित पठाउने गरेको छ, समितिले। समितिका अनुसार हाल आम्दानी कम भएकाले एउटा आरती मात्र सञ्चालन गरिएको छ। समितिले नै आरतीसम्बन्धी सबै व्यवस्थापन गर्छ। पर्यटकहरूले दान पेटिकामा राखेको पैसा समिति र टीका लगाएको आरतीको थालमा जम्मा हुने रकम भने गुरुले लिने गरेका छन्।

आइतबार, साउन ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.