काठमाडौँ । बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्ने भएकी छिन् । उनले आफू गर्भवती भएको जानकारी दिएकी हुन् ।
Advertisement
इन्स्टाग्राममा सोमबार बिहान तस्बिर पोस्ट गर्दै अभिनेत्री भट्टले यसबारे जानकारी दिएकी हुन् । ‘हाम्रो बच्चा चाँडै आउँदै छ,’ उनको तस्बिरमा लेखेकी छिन् ।
तस्वीरमा उनी अस्पतालको शैय्यामा आफ्नो गर्भावस्थाको जाँच गराइरहेकी छन् । आलियाको घोषणासँगै अभिनेता रणवीर कपुर र आलियालाई बधाई आएको छ ।
दुई महिनाअगाडि अर्थात गत अप्रिल १४ मा रणवीर र आलियाले विवाह गरेका थिए ।