काठमाडौंं । धेरै समयदेखि प्रतिक्षा गरिएको भारतीय फिल्म ‘ब्रह्मास्त्र’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा रणवीर कपुर र आलिया भाट मुख्य भूमिकामा छन् ।
Advertisement
फिल्ममा रणवीरले शिव र आलियाले ईशाको भूमिका निर्वाह गरेका छन् । फिल्ममा रणवीरसँग अद्भूत शक्ति छ । जसले यस संसारलाई दुष्ट शक्तिहरूबाट बचाउँछ ।
‘ब्रह्मास्त्र’मा रणवीर, आलियाका साथै अमिताभ बच्चन, नागार्जुन अक्किनेनी र मौनी रोय पनि देखिने छन् । यो फिल्मलाई अयान मुखर्जीले निर्देशन गरेका हुन् ।