• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ ०१, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’

विश्‍व घटना : गाजा नरसंहारविरुद्ध २५ लाखको प्रदर्शन

राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित

नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

दर्ज्यानी चिह्न लिन नेपाल आए भारतका प्रधान सेनापति

नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लोकप्रिय समाचार

  • १. साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश

  • २. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ४. राशिफल : वृष- सामाजिक प्रतिष्‍ठा, सिंह- सुखद समाचार

  • ५. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ६. राशिफल : कर्कट- नयाँ काम, मीन- मानसम्मान

  • ७. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ८. राशिफल : मिथुन- दोहोरो लाभ, तुला- आतिथ्य सत्कार

  • ९. झटारो : रातो क्रान्तिको लाइन !

  • १०. विश्व युवा दिवसमा NYEF कैलालीको रक्तदान, ३० पिन्ट रगत संकलन

विश्‍व घटना : गाजा नरसंहारविरुद्ध २५ लाखको प्रदर्शन


    Avatar photo
सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित

काठमाडौं- आज १७ अगस्ट। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन संसारभर याद दिलाउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९७०- अर्को ग्रहमा अवतरण भएको पहिलो यान

सन् १९७० मा आजकै दिन तत्कालीन सोभियत संघले ‘भेनेरा ७’ नामक अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो। जुन अर्को ग्रहमा अवतरण भएको पहिलो अन्तरिक्ष यान थियो। कजाखस्तानको बैकोनुर कस्मोड्रोमबाट प्रक्षेपण गरिएको उक्त यान शुक्र ग्रहमा अवतरण भएको थियो।

– सन् १९७८- पहिलो ट्रान्स एटलान्टिक बेलुन उडान

सन् १९७८ मा तीनजनाले पहिलोपटक ट्रान्स एटलान्टिक बेलुन उडान गरेर विश्‍व रेकर्ड राखेका थिए। उनीहरू थिए- बेन अब्रुजो, म्याक्सी एन्डरसन र ल्यारी न्युम्यान। ‘डबल इगल २’ नाम दिइएको बेलुनमार्फत उनीहरूले प्रेक आइजलबाट पेरिसको बार्ले फिल्डसम्म उडान गरेका थिए, जसका लागि ६ दिन लागेको थियो।

– सन् १९९८- मोनिकासँग सेक्स गरेको बिल क्लिन्टनद्वारा स्वीकार

सन् १९९८ मा आजकै दिन तत्कालीन अमेरिकी राष्‍ट्रपति बिल क्लिन्टनले मोनिका लेवेन्स्कीसँग सेक्स गरेको स्वीकारेका थिए। टेप रेकर्ड गरेको बयानमा ह्वाइटहाउसकी इन्टर्न कर्मचारी लेवेन्स्कीसँग सेक्स गरेको स्वीकारेका थिए। सोही दिन उनले राष्‍ट्रसामु उनीसँग अनुचित सेक्स गरेको स्वीकार्दै देशवासीलाई गुमराहमा राखेकामा माफी मागेका थिए।

– सन् १९९९- टर्की भूकम्पमा गयो १७ हजारको ज्यान

सन् १९९९ मा आजकै दिन टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी १७ हजारले ज्यान गुमाएका थिए। ७.४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु इजमित नामक स्थानमा रेकर्ड गरिएको थियो। भूकम्पमा परी ५ लाख मानिस घरबारविहीन भएका थिए।

– सन् २०१५- बैंककमा बम विष्‍फोट

सन् २०१५ मा आजकै दिन थाई राजधानी बैंककमा बम विष्‍फोट भएको थियो। इराभान स्राइनमा भएको विष्‍फोटमा परी १९ जनाको ज्यान गएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए।

– सन् २०१७- दुई तारा आपसमा जुधे

सन् २०१७ मा आजको दिन इतिहासमा पहिलोपटक दुईवटा तारा आपसमा जुधेको धर्तिबाट अवलोकन गरिएको थियो। ती दुई न्युट्रोन तारा आपसमा जुधेको दृश्य अमेरिकाको लेजर इन्टरफेरोमिटर ग्राभिटेसनल वेभ अब्जरभेटरीबाट अवलोकन गरिएको थियो।

– सन् २०२२- काबुल विष्‍फोटमा २१ मारिए

सन् २०२२ मा आजकै दिन अफगानी राजधानी काबुलमा भएको विष्‍फोटमा परी २१ जनाले ज्यान गुमाएका थिए। मस्जिदमा गराइएको आत्मघाति विष्‍फोटमा अन्य ३३ जना घाइते भएका थिए।

– सन् २०२२- भेटियो डाइनोसरको विनाश गर्ने खाडल

सन् २०२२ मा आजकै दिन पश्‍चिम अफ्रिकी देश गिनीको समुद्री तटमा डाइनोसरको विनाश गर्ने क्षुद्र ग्रह धर्तिमा ठोक्किएर बनेको खाडल फेला परेको थियो। ८.५ किलोमिटर चौडाइको उक्त खाडललाई ‘नादिर क्रेटर’ नाम दिइएको छ।

– सन् २०२२- चीनका १३८ शहरमा हाई रेड अलर्ट

चीनले सन् २०२२ मा आफ्ना १३८ शहरमा हिटवेभबाट नागरिकलाई बचाउन हाई रेड अलर्ट जारी गर्नुपरेको थियो। त्यो चीनको हालसम्मकै लामो हिटवेभ थियो। र, रेड अलर्ट पनि ६४ दिनसम्म कायम राखिएको थियो।

– सन् २०२५- गाजा नरसंहारविरुद्ध २५ लाखको प्रदर्शन

सन् २०२५ मा आजकै दिन इजरायल सरकारविरुद्ध इजरायलकै नागरिकहरूले विशाल प्रदर्शन गरेका थिए। गाजामा इजरायलले गराइरहेको नरसंहारविरुद्ध उक्त प्रदर्शन भएको थियो। इजरायलभर २५ लाख मानिस सडकमा उत्रिएका थिए। तेलअभिभमा मात्र ३ लाखभन्दा बढी मानिसले तत्काल युद्धविराम घोषणा गर्न माग गरेका थिए।

सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’
राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ
इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
दर्ज्यानी चिह्न लिन नेपाल आए भारतका प्रधान सेनापति

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    नेपाल-भारत ‘एयर स्पेस पोलिटिक्स’

  • ३.
    विश्‍व घटना : गाजा नरसंहारविरुद्ध २५ लाखको प्रदर्शन

  • ४.
    राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ५.
    इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित

  • ६.
    नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

  • ७.
    दर्ज्यानी चिह्न लिन नेपाल आए भारतका प्रधान सेनापति

  • ८.
    नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.