काठमाडौं । नेपाली र हिन्दी भाषामा डबिङ भएको चलचित्र ‘प्रेम गीत ३’ आगामी असोज ७ गते ‘बडा दशैँ अष्टमी’मा रिलिज हुने भएको छ ।
Advertisement
फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेनले सामाजिक सञ्जालमार्फत् फिल्मको रिलिज डेट सार्वजनिक गरेका हुन् ।
दुई वर्षअघि चैत २८ मा रिलिज गर्ने घोषणा गरिएको यो फिल्मको प्रदर्शन कोरोना महामारीका कारण रोकिएको थियो ।
प्रदीप खड्का, क्रिष्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारले अभिनय गरेका छन् ।