नयाँ दिल्ली- भारतीय चर्चित अभिनेता अक्षय कुमारको अपकमिङ चलचित्र ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक भएको २४ घण्टा नबित्दै नयाँ इतिहास रचेको छ
Advertisement
भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको ट्रेलर रिलिज भएको २४ घण्टामा ५० मिलियन भ्यूज पार गरेको छ। कम समयमा अत्यधिक भ्यूज प्राप्त गर्ने यो पहिलो हिन्दी सिनेमा बनेको छ।
यसभन्दा पहिले ‘केजीएफ २’ र ‘आरआरआर’को ट्रेलर रिलिजले २४ घण्टामा ५० मिलियन भ्यूज बटुलेको थिए। ‘पृथ्वीराज’को ट्रेलर रिलिजले बटुलेको भ्यूज हेर्दा सहजै अनुमान लगाउन सकिन्छ चलचित्र हेर्न दर्शकहरु कति उत्साहित छन् भन्ने। चलचित्र ‘पृथ्वीराज’को ट्रेलर सोमबार सार्वजनिक भएको थियो।