• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सकियो


मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित

कैलाली । सुदुरपश्चिम प्रदेश सरकारका पुर्वमन्त्री तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रकाशवहादुर देउवाले धनगढीमा गरिएको राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवले शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने बताउनु भएको छ । आज धनगढीमा नवौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ के समापन गर्दै पुर्वमन्त्री देउवाले महोत्सवले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन महत्वपुर्ण टेउवा पुराउने बताउनु भएको हो । उहाँले शैक्षिक महोत्सवले शिक्षा क्षेत्रलाई सुचनामैत्री र समय सुहाउँदो बनाउनका लागि कोसेढुंगा साविक भएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि नयाँ व्यवस्था आवश्यक रहेको दावी गर्नुभयो । उहाँले कैलाली क्षेत्र नम्बर ५ को विकासका लागि आफु सधैं लागिरहेको र यसक्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

Advertisement

राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सकियो, एक लाख बढी दर्शकद्धारा अवलोकन धनगढीमा भएको नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ सकिएको छ । १४ बर्षपछि धनगढीमा भएको शैक्षिक महोत्सव पुस ९ गतेदेखि सुरु भएको शैक्षिक महोत्सव सकिएको हो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालको अध्यक्षमा सम्पन्न समापन समारोहका प्रमसख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका पुर्वमन्त्री तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रकाशवहादुर देउवा रहनु भएको थियो । विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्दै औपचारिक रुपमा समापन गरिएको हो ।

सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने नाराका साथ भएको नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा सुदुरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामाग्री, शिक्षण संस्थाहरु र शिक्षासँग सम्बन्धित निकायहरुका गरी एक सय बढी स्टल रहेका थिए । महोत्सवलाई एक लाख बढी दर्शकले अवलोकन गरेका छन् ।

विभिन्न विद्यालय स्तरीय प्रतियोगिता आयोजना, दुई लाख बढी पुरस्कार वितरण महोत्सव अविध भरमा विद्यालय स्तरीय नृत्य, कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगिताहरु आयोजना गरिएका छन् । चार वटा प्रतियोगिताका गरी विभिन्न सात वटा विधाहरुमा विद्यालय स्तरीय प्रतियोगिताहरु आयोजना गरिएका हुन् । त्यसमा झण्डै दुई लाख बीस हजार नगद पुरस्कार वितरण गरिएको छ । प्रत्येक विधामा प्रथम हुनेलाई नगद १५ हजार, दोस्रो हुनेलाई नगद दश हजार र तेस्रो हुनेलाई नगद पाच हजार सहित सम्मान गरिएको छ । विद्यालय स्तरीय नृत्य प्रतियोगितामा थ्रीस्टार बोर्डिङ स्कुल पहिलो भएको छ । बात्सल्य विद्या निकेतन दोस्रो हुँदा ग्ली एकेडेमी तेस्रो भएको छ ।

चित्रकला प्रतियोगिता आधारभुत तह तर्फ शैलेश्वरी बोर्डिङ स्कुलकी भावना चन्द प्रथम भईन् । हिमाल एकेडेमीका निरज ठकुल्ला द्धितीय हुँदा डिस्कभरी बोर्डिङ स्कुलकी आयुषा खड्का तृतीय भईन् । चित्रकला प्रतियोगिता माध्यमिक तह तर्फ एक्सीस विद्याश्रमकी निधि पाण्डेय पहिलो भईन् । थ्रीस्टार बोर्डिङ स्कुलकी रेखा ओझा दोस्रो र डिस्कभरी बोर्डिङ स्कुलका निरज सिंह जागरी तेस्रो भए ।

वक्तृत्वकला प्रतियोगिता आधारभुत तह तर्फ ऐश्वर्य विद्या निकेतनकी साक्षी भट्ट पहिलो भईन् । राईजिङ स्टार बोर्डिङ स्कुलकी तृप्ती सिंह दोस्रो र ग्यालेक्सी सेकेन्डरी स्कुलका वैभव बिष्ट तेस्रो भए । वक्तृत्वकला प्रतियोगिता माध्यमिक तह तर्फ फारवेष्ट बोर्डिङ स्कुलका प्रज्वल भट्ट प्रथम भए । वात्यल्य विद्या निकेतनकी सान्त्वना पोखरेल दोस्रो हुँदा कुमुदिनी आदर्श विद्या निकेतनका नरेन्द्र आचार्य तेस्रो भए ।

कविता प्रतियोगिता आधारभुत तह तर्फ माईलस्टोन बोर्डिङ स्कुलका शिशिर ओझा प्रथम भए । ग्ली एकेडेमीकी आयुषा कटुवाल दोस्रो हुँदा मालाखेती भिजन स्कुलकी दिक्षा जोशी तेस्रो भईन् । कविता प्रतियोगिता माध्यमिक तह तर्फ एरिष्टो बोर्डिङ स्कुलका गौरव उपाध्याय प्रथम भए भने एक्सिस विद्याश्रमका करन सिंह धामी दोस्रो भए । एयाईन्स ईन्टरनेशनल स्कुलका दिनेश फराडा र चैतन्य पाठशालाकी जेनी चौधरी संयुक्त रुपमा तेस्रो भईन् । सात वटा विधाहरुमा विजयी प्रथम भएकाहरुलाई नगद १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद सहित सम्मान गरिएको छ ।

दैनिक रुपमा शैक्षिक बहस आयोजना महोत्सव अवधिभर दैनिक रुपमा शैक्षिक वहस आयोजना गरिएको छ । शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु आयोजना गरिएका छन् । विभिन्न विषयवस्तुहरुसँग रहेर सहजकर्ता टेकराज अवस्थी र दिर्घराज उपाध्यायले सहजकर्ताको रुपमा बहस कार्यक्रम सञ्चालन गरेका छन् ।

मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ
पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते
समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’
भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?
खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

भर्खरै

  • १.
    बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

  • २.
    स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

  • ३.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • ४.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ५.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

  • ६.
    खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ७.
    फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

  • ८.
    प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.