काठमाडौं- गायिका सुशीला बरालको सुमधुर स्वरमा समावेश ‘तिमीलाई हेरेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
Advertisement
प्रेमिल शैलीको यस गीतमा स्वयम् गायिका बरालको शब्द, संगीत छ। यस गीतलाई महाराज थापाले संगीत संयोजन गरेका हुन्।
गायिका बरालको वास्तविक जीवन कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्मारिका ढकाल र रंजित पौडेल फिचर्ड छन्। माधव बेलबासेको सम्पादन रहेको यस भिडियोलाई अमृत सुनुवारको छायांकन र निर्देशनमा तयार पारिएको हो।
भिडियोको कथा आयाम पौडेलले लेखेका हुन्। गायिका बरालको च्यानल ‘सुशीला बराल अफिसियल’ मार्फत भिडियो सार्वजनिक भएको हो। संगीतकी विद्यार्थी गायिका बरालका यसअघि ‘जुनी जुनी’, ‘तिम्ले आँखाको इशाराले’ लगायात गीत सार्वजनिक भइसकेका छन्।
हेर्नूस् भिडियो