काठमाडौँ । बलिउड अभिनेता सलमान खानको सुरक्षाका लागि सरकारसँग १५ सय सुरक्षाकर्मी माग गरिएको छ । नेपाल आउन लागेका उनको सुरक्षाका लागि आयोजकले सरकारसँग १५ सय सुरक्षाकर्मी माग गरेको हो ।
Advertisement
सलमान आगामी जेठ १४ गते मा दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’मा सहभागी हुन नेपाल आउने भएका छन् । आयोजक ओडीसी इन्टरटेन्मेन्टले सलमानको सुरक्षा प्रबन्ध गर्न १५ सय सुरक्षाकर्मी आवश्यक परेको दाबी गरेको हो ।
ओडीसी इन्टटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा सलमानलगायत बलिउड कलाकारहरू नेपाल आउने भएका हुन् । ओडीसीका प्रमुख सिमान्त गुरुङका अनुसार भारतीय कलाकार नेपाल भित्र्याउन ६ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।
सलमानसहितका कलाकारलाई सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ । सलमानको नेपाल बसाई तीन दिनको रहने छ ।