Advertisement
मनिष अर्याल
काठमाडौं दरबारमार्गमा सेतो मत्स्येन्द्रनाथको रथ तयार हुँदैछ। चैत्र शुक्ल चैत शुक्ल अष्टमीका दिन सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा शुरु हुन्छ।
सेतो मत्स्येन्द्रनाथको जात्रालगत्तै वर्षात् शुरु हुने जनविश्वास रहिआएको छ। सेतो मत्स्येन्द्रनाथको रथलाई नागराजको प्रतीक मानिन्छ। त्यसैले प्रत्येक वर्ष रथयात्रा निकालेपछि वर्षा हुने धार्मिक विश्वास रहेको हो।
सेतो मत्स्येन्द्रनाथको रथ तानेर रात्रि विश्राम गर्ने स्थलमा भक्तजनको भीड लाग्ने गर्छ।







