काठमाडौँ । त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङ गरेको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो ।
Advertisement
पीएनजीविरुद्धको यो खेल नेपालका लागि ५० औँ टी २० अन्तर्राष्ट्रिय खेल हो । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराइसकेको छ ।
यस्तै, नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपाल २ खेलबाट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ ।