काठमाडौँ । त्रिवि मैदान कीर्तिपुरमा जारी त्रिकोणात्मक टी २० शृङ्खलाअन्तर्गत आज नेपालले मलेसियाविरुद्ध बलिङ गर्दै छ ।
Advertisement
मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो । शृङ्खलामा दुवै टिमको यो दोस्रो खेलको जित खोजिरहेको छ । यसअघि नेपाल र मलेसियाले पपुवा न्यूगिनीलाई हराएको थियो ।
आजको खेलमा नेपाली टिममा विकेट किपर ब्याट्सम्यान दिलीप नाथले डेब्यु गरेका छन् । दिलीपले लोकेश बमको स्थानमा पहिलो रोजाइमा खेल्दै छन् ।