काठमाडौँ । नेपालले पपुवा न्यु गिनी (पीएनजी)सँग दुई खेलको एकदिवसीय शृंखलामा ‘क्लिन स्विप’ भोगेसँगै त्रिकोणात्मक ट्वान्टी–२० शृंखला आज खेल्दै छ । नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्ने भएको छ ।
Advertisement
पीएनजीले टस जितेर नेपाललाई ब्याटिङ गर्न निम्तो दिएको छ । नेपालबाट सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, लोकेश बम, कुशल मल्ल, विवेक यादव, सोमपाल कामी, करण केसी र सागर ढकाल खेलिरहेका छन् ।
खेल नेपाल, पीएनजी र मलेसियाबीच त्रिकोणात्मक ट्वान्टी–२० शृंखला हुने भएको हो । खेलमा एकले अर्को टोलीसँग दुईपटक खेल्ने छ । शीर्ष टोली फाइनलमा जाने छ ।