काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलामा आज आफ्नो दोस्रो खेलमा नेपालले युएईविरुद्ध फिल्डिङ गर्ने भएको छ । युएईले टस जितेर नेपाललाई फिल्डिङ गर्ने निम्तो दिएको हो ।
Advertisement
श्रृङ्खलामा नेपाल र युएईले पपुवा न्यु गिनी (पीएनजी)लाई पराजीत गरिसकेको छ । एकएक जित जितेको दुवै टोली आफ्नो दोस्रो जितलाई निरन्तरता दिने भएको छ ।
नेपालले पीएनजीलाई हराउने टोलीमा एक जना परिवर्तन गरेको छ । विनोद भण्डारीको ठाउँमा आज कमल सिंह ऐरीले खेल्ने भएका छन् ।