• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

पञ्जाबमा आपको विजय : किसान आन्दोलनलाई साथ दिँदाको परिणाम !


बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित

Advertisement

भारत पञ्जाबमा आम आदमी पार्टी (आप)ले भाजपा र कंग्रेसलाई पछाडि पार्दै सरकार गठन गर्दैछ। पञ्जाबमा आपको यस ऐतिहासिक विजयको श्रेय उक्त पार्टीका विरोधीहरूलाई मात्र जाँदैन, यसको पछाडि अरविन्द केजरीवालको सधैँ सिक्ने तेज दिमाग र सावधानीपूर्वक तयार गरिएको रणनीतिको पनि उत्तिकै हात छ।

यिनै केही कारण हुन्, जसले आपको उदयमा योगदान दिए। ती कारणमध्ये एक गान्धि परिवारलाई आपका संयोजक अरविन्द केजरीवालले धन्यवाद दिनुपर्छ। शुरुमा कंग्रेस आरामको अवस्थामा थियो। खासगरी, उसको मुख्य प्रतिद्वन्द्व शिरोमणि अकाली दल कृषि कानूनको विषयमा अनौठो बन्धनमा थियो। त्यसपछि कंग्रेस एनडीएको भागिदारका रूपमा कृषि कानूनमा निर्णय लिने प्रक्रियाको हिस्सा बन्यो। फेरि त्यसको विरोध गर्दै सरकारबाट बाहिरियो।

खासगरी, गान्धि परिवारले तत्कालीन मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहलाई बाहिरिने बाटो देखाउँदै आफ्नै डुंगा डुबाउने विकल्प रोज्यो। त्यसलगत्तै कंग्रेसको ओरोलो यात्रा शुरु भयो। कंग्रेसको राज्य प्रमुख तथा गान्धि परिवारका विश्वासपात्र नवजोतसिंह सिद्धु लगातार आफ्नै सरकारमाथि कटाक्ष गरिरहेका थिए। अन्य नेताहरू पनि आपसी बहसमै उल्झेका थिए।

त्यसले कंग्रेस र अकाली दलजस्ता स्थापित पार्टीहरूको दशकौँ पुरानो निष्प्रभावी शासनको विकल्प रोज्न पञ्जाबका बासिन्दालाई प्रेरित ग¥यो। वर्षौँ पुरानो तडपबाट बाहिरिने विकल्पतर्फ मतदाता आकर्षित भए। अमरिन्दर सिंहले लगातार किसान आन्दोलनको समर्थन गरिरहे। उनी नै पार्टीबाट बाहिरिएपछि कंग्रेसले किसानसँग जोडिने ठूला दूत गुमायो। र, आपले पञ्जाबका किसानको आन्दोलनलाई त्यस्तो बेलामा समर्थन गर्न पुग्यो, जतिबेला वर्षदिनदेखि उनीहरू दिल्लीको सीमामा निरन्तर आन्दोलनमा थिए। र, आपले किसानहरूको आफूप्रतिको सदभावको भरपुर फाइदा उठायो। र, यसपटक सन् २०१७ को विधानसभा निर्वाचनमा जस्तो आपले आफ्नो सम्भावनामाथि नै पानी फेरिनेवाला गल्ती दोहोर्‍याएन।

सन् २०१७ मा आपले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गर्न रोक्यो। त्यो रणनीति गलत थियो भन्ने सोही वर्षको विधानसभा निर्वाचनले देखायो। त्यतिबेला अकाली दलका प्रकाशसिंह बादल र कंग्रेसका अमरिन्दर सिंह दुवै विधानसभा निर्वाचनका हेभिवेट थिए। उनीहरूलाई चुनौती दिने अर्को हेभिवेट अगाडि नसार्नु त्यतिबेला आपको गल्ती थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीको त्यतिबेलाको लोकप्रियताका कारण भाजपाले पनि मुख्यमन्त्रीको घोषित उम्मेदवार उठाएको थिएन। त्यसो त, सन् २०१७ मा केजरीवालको आप आफैं ब्रान्ड बन्ने संघर्षमा थियो। कंग्रेसले पनि बादलको विरुद्धमा अमरिन्दर सिंहलाई अगाडि सारेको थियो।

यसपटकको चुनावका लागि केजरीवालले सन् २०१७ बाटै सिकिसकेका थिए। त्यसैले भागवन्त मानलाई आफ्नो पार्टीका मुख्यमन्त्री उम्मेदवार घोषित गरे। तथापि, यसमा पनि केजरीवाल सन्देहबाट बाहिर थिएनन्। भागवन्त मान एक गम्भीर उम्मेदवारका रूपमा थिए र उनको मदिरा सेवन गर्ने आदत सार्वजनिक बहसको विषय बनेको थियो। तर, उनको लोकप्रियतालाई मध्यनजर गर्दै केजरीवालले भागवन्तमाथि विश्वास गरे। परिणाम- चुनावमा ऐतिहासिक जित हात पारे।

सन् २०१७ मा आपको चुनावी अभियानमा क्यानाडाबाट आएका कट्टरपन्थी सिखहरूको भीड देखिएको थियो। र, त्यसलाई विपक्षीहरूले ‘उग्रवादी तत्त्व’सँग आपको गठबन्धनका रूपमा प्रस्तुत गरे। सिख उग्रवाद पञ्जाबका लागि संवेदनशील मुद्दा हो। त्यतिबेला केजरीवालले खालिस्तान कमान्डो फोर्सका एक पूर्वनेताको घरमा रात बिताएको घटनाले आपको लोकप्रियतामाथि चुनौती थपेको थियो।

त्यसैले हिन्दू र सिख समूदायको ठूलो हिस्सा आपबाट अलग भएको थियो। सोही कारण जम्मा २० सिटमा विजयका साथ आप मुख्य विपक्षी दलमै समेटिएको थियो। यसपटक केजरीवालले त्यसबाट सबक सिकेको देखियो।

यसपटक पनि क्यानाडाबाट आपका समर्थक चुनाव प्रचारका लागि पञ्जाब नआएका होइनन्। तर, केजरीवालले उनीहरूलाई सावधानीपूर्वक ‘ह्यान्डल’ गरे। आपका ती सबै कट्टरपन्थीहरूबाट टाढा बसे। र, विरोधीहरूलाई चुनावी मसला दिएनन्।

सन् २०१७ को विपरीत आपको दिल्ली शासन मोडेलले सन् २०२२ मा पञ्जाबमा रंग ल्यायो। दिल्लीको सफलतालाई नै पञ्जाबको चुनावी मुद्दा बनाइयो। र, आपका उम्मेदवारहरू जहाँ–जहाँ गए, दिल्लीमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा केजरीवाल सरकारले हासिल गरेको उपलब्धीहरूलाई चुनाव प्रचारको मुद्दा बनाए। उनीहरूले राष्ट्रिय राजधानीका बासिन्दाले कसरी एक कलको भरमा घर–घरमै सबै चिज प्राप्त गरिरहेका छन् भने कथा बुनेर मतदातालाई लोभ्याए।

बेरोजगारी, लागूऔषधको बढ्दो प्रभाव, दैनन्दिन बढ्दो समस्याबाट वाक्क भएका स्थापित पार्टीहरूको विकल्पको खोजीमा थिए, मतदाता। र, उनीहरूलाई लाग्यो, आपले त्यो विकल्प दिन सक्छ।

त्यसो त, सन् २०१७ मा पञ्जाबका बासिन्दामाझ आपले सरकार बनाउने-नबनाउने र बनाए पनि कसरी चलाउने हो भन्ने द्विविधा थियो। यसपटक दिल्लीको सफलताले उनीहरूलाई भरोसा दिलायो। त्यसै पनि पञ्जाबका बासिन्दा भावुक मानिन्छन्। र, उनीहरू जस्तोसुकै जोखिम उठाउन पनि तयार हुन्छन्। यसपटक भयो त्यस्तै। पञ्जाबका मतदाताले जोखिम उठाए। र, केजरीवाललाई आफ्नो राज्यमा पनि सुशासन दिने मौका दिए।

बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.