• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

किन हुन्छ पिसाब संक्रमण, जोखिममा को ?


सोमबार, पुष ०९, २०८० मा प्रकाशित

काठमाडौं- मिर्गौलाबाट पिसाब थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने किटाणुको संक्रमण नै पिसाबको संक्रमण हो। यौनांगको सरसफाइ नगर्दा पिसाबको संक्रमण हुने सम्भावना हुन्छ।

Advertisement

शरीरको कुनै भागमा भएको संक्रमण पिसाब नलीमा पुग्यो भने पनि पिसाबको संक्रमण हुने गर्छ। मिर्गौला हुँदै पिसाबको थैली, पिसाबको नली वा पिसाब आउने बाटोमा समस्या भयो भने पनि संक्रमण हुन सक्छ। लामो समयसम्म पिसाबको संक्रमण भइरहने र उपचार गरिएन भने मिर्गौलामा पिप जम्‍नेलगायत समस्या हुन्छ र स्वास्थ्यमा थप जटिलता आउँछ।

सबैभन्दा बढी जोखिममा को ?

पिसाब संक्रमण सबै उमेर समूहका मानिसलाई हुन सक्छ। कुनै बच्चालाई आमाकै गर्भमा रहँदा शरीरको बनोट बिग्रेर आएको छ भने पनि असर पर्छ। पुरुषमा पिसाब थैलीबाट पिसाब फर्केर माथि जान्छ। पिसाब राम्ररी निख्रेको छैन वा पिसाब नली साँघुरो छ भने संक्रमण हुने जोखिम धेरै हुन्छ।

पुरुषभन्दा महिलालाई पिसाबको संक्रमण बढी हुने गर्छ। महिलाको पिसाब नली सानो हुन्छ भने पुरुषको नली लामो हुने भएकाले बाहिरी संक्रमण पुरुषलाई कम हुन्छ। महिलामा नली सानो हुने, पिसाब नली, महिनावारी हुने नली र दिसा गर्ने नली सँगसँगै हुने भएकाले बाहिरी संक्रमण छिटो हुने सम्भावना हुन्छ।

महिलालाई बाहिरी संक्रमण बढी हुनुको कारणमा कुनै एक नलीमा भएको इन्फेन्सन अर्कोमा सजिलै सर्नु पनि हो। महिलालाई एकपटक संक्रमण भएपछि दोहोरिरहन्छ। महिलामा नली सँगसँगै रहेका गन्थ्रीमा संक्रमण बसिरहन्छ। औषधि खाँदा ती गन्थ्रीमा किटाणु सुषुप्त अवस्थामा बस्छन् र विस्तारै औषधिको काम कम हुन थालेपछि ती किटाणु फेरि सक्रिय हुन थाल्छन् र संक्रमण दोहरिरहन्छ।

संक्रमण भएको कसरी थाहा पाउने ?

पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्‍ने, पिसाब चुहिने, पिसाब लागेजस्तो हुँदा पनि कम मात्र पिसाब हुने, पिसाब गर्दा रगत जाने, पिसाब गरेपछि पनि तल्लो पेट भारी हुने, दुख्‍ने, कोखा दुख्‍ने, काम ज्वरोसहित उच्च ज्वरो आउनेलगायत समस्या देखिएमा पिसाबको संक्रमण भएको शंका गर्नुपर्छ।

संक्रमणबाट कसरी बच्‍ने ?

– सरसफाइमा ध्यान दिने
– शौचालय सधैं सफा राख्‍ने
– महिनावारीको समयमा प्याड समय-समयमा परिवर्तन गरिरहने
– ३-३ महिनामा पिसाबको जाँच गर्ने
– प्रशस्त पानी पिउने
– पिसाबसम्बन्धी कुनै पनि समस्या देखिएमा स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने

(लाइफ इन्टरनेसनल क्लिनिकका युरोलोजिस्ट डा. रौनियारसँग कुराकानीमा आधारित)

सोमबार, पुष ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • २.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ३.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ४.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ५.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ६.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ७.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ८.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.