• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

वीरगन्जको सान ‘घडिअर्वा’


शनिबार, माघ २९, २०७८ मा प्रकाशित

Advertisement

देशको एक मुख्य सहर वीरगन्जको मध्यभागमा पर्छ, घडिअर्वा पोखरी। ०५२ सालमा वीरगन्ज नगरपालिकाले निर्माण गरेको यो पोखरी १३ पुस ०५६ मा तत्कालीन राजा वीरेन्द्रले उदघाटन गरेका थिए।

त्यसअघिसम्म यो खुला पोखरीका रूपमा थियो। अहिले यो धार्मिक र पर्यटकीय गन्तव्य बनेको छ। करिब पाँच बिघामा फैलिएको पोखरीको मध्यभागमा सूर्य मन्दिर छ, जहाँ दक्षिण एसियाकै ठूलो सूर्य मूर्ति छ। सोही मन्दिरमा गंगाको मूर्ति पनि स्थापना गरिएको छ। हरेक आइतबार साँझ जनकपुरको गंगासागर तथा भारतका वनारस र हरिद्वारमा जस्तै सूर्य–गंगा आरती हुन्छ। गत १ असारदेखि आरती गर्न थालिएको हो।

हरेक वर्ष छठ पर्वको वेला यहाँ मेला लाग्ने गर्छ। छठकै लागि सूर्य र गंगाका मूर्ति स्थापना गरिएको हो। प्रदेश–२ मा जनकपुरस्थित जानकी मन्दिरपछि मुख्य पर्यटकीय गन्तव्य बनेको छ, घडिअर्वा। दैनिक करिब पाँच सयजना पोखरीमा घुम्न आउँछन्।

पोखरी परिसरलाई निगरानी गर्न चारवटै द्वार र अन्य ठाउँमा गरी १२ वटा सिसी क्यामेरा जडान गरिएको छ। आगन्तुकसँग २५ रुपैयाँ शुल्क लिने गरिएको छ। जाडोयाममा भने आगन्तुक संख्या दैनिक करिब चार सयसम्म हुने गर्छ। वीरगन्ज महानगरपालिकाले पोखरीमा नौकाविहारको सुविधा उपलब्ध गराएको छ। सपरिवार छुट्टी मनाउने थलो बनेको छ, यो अहिले। आगन्तुक पोखरी परिसरमा नौकाविहारका साथमा सेल्फी र भ्लग बनाउन व्यस्त देखिन्छन्।

नेपालका काठमाडौं, जनकपुर, विराटनगर, चितवन, नवलपरासी, मकवानपुरसम्मका आगन्तुक यहाँ घुम्न आउँछन्। भारतीय सीमा नजिक पर्ने भएकाले भारतीय पर्यटकको समेत आकर्षणको केन्द्र बनेको छ, यो पोखरी। यहाँ रक्सौललगायत भारतीय सहरका बासिन्दा घुम्न आइपुग्छन्। वीरगन्ज आइपुग्ने आन्तरिक÷बाह्य पर्यटक घडिअर्वाको फेरो नमारी फर्किंदैनन्।

यहाँ आइपुग्ने पर्यटकले मोटरबोट र म्युजिकल फाउन्टेनको मज्जा लिन पाउँछन्। पोखरीको डिलमा रूख–बिरुवा रोपिएको छ। आगन्तुकलाई बस्न सेड निर्माण गरिएको छ। पर्यटकीय गतिविधि बढेसँगै लगानीकर्ताको ध्यान पनि पोखरीआसपासको क्षेत्रमा केन्द्रित देखिन थालेको छ। अग्ला व्यापारिक कम्प्लेक्स निर्माणको क्रम बढेको छ। जनता, ग्लोबल आइएमई, एभरेस्ट र राष्ट्रिय वाणिज्य बैंकले आफ्नो शाखा खोल्न पोखरीवरिपरिको क्षेत्रलाई नै रोजेका छन्। ‘म्याजिक बेल’लगायत महँगा रेस्टुराँ यही क्षेत्रमा खुलेका छन्।

उद्योगी अनील रुंगटालगायतको समूहले यही क्षेत्रमा हालै एक अर्ब रुपैयाँभन्दा बढी लगानीको होटेल ‘दियालो लज प्लाजा’ सञ्चालनमा ल्याएको छ। नजिकै गीता मन्दिर र गोपाल मण्डली पनि छन्। भूमिगत पानी तानेर पोखरीमा हाल्ने गरिएको छ। पोखरीको सुरक्षाका लागि वरिपरि पर्खाल निर्माण गरिएको छ।

शनिबार, माघ २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.