• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

दशैंमा स्वस्थ रहन कस्तो खाना ?


आइतबार, कार्तिक ०५, २०८० मा प्रकाशित

काठमाडौं- दशैं हिन्दु धर्मालम्बीहरूको महान पर्व। यतिबेला दशैं मान्‍न देश-विदेशबाट घर फर्किनेको लर्को छ। र, परिवार मिलनको यो पर्वले छुट्टै रौनक दिलाउँछ। सपरिवार जम्मा हुने भएकाले पनि यो समयमा विभिन्‍न खानेकुरा त्यसमा पनि मासुका परिकार अत्यधिक खपत हुन्छ।

Advertisement

अन्य समयभन्दा चाडबाडमा विभिन्‍न किसिमका खानेकुरा बढी खाइन्छ। र, त्यसले स्वास्थ्यमा असर पुग्‍न सक्ने पोषणविदहरू बताउँछन्। हामीले दशैंमा स्वस्थ रहन के खाने र के नखानेभन्दा पनि कति खाने भन्‍नेमा विशेष ध्यान दिनुपर्ने पोषणविद डा. उमा कोइरालाको भनाइ छ।

उनका अनुसार दशैंमा हरेकले आ-आफ्नो परम्पराअनुसार खानपान गर्छन्। तर, अहिले घरमै बनेकोभन्दा बाहिरको खाने प्रचलन बढी छ। ती एकदमै प्रदुषित हुने सम्भावना रहन्छ। प्रदुषित खानाले हाम्रो स्वास्थ्यमा असर पुर्‍याउन सक्ने भएकाले त्यस्ता कुराबाट टाढै रहनुपर्ने उनको सुझाव छ। डा. कोइराला भन्छिन्, ‘चाडबाडमा सबैको विदा हुन्छ। र, परिवारका सबै भेला भएर विभिन्‍न किसमका परिकार बनाएर अनियन्त्रित पारामा खाने बानी हुन्छ। यसरी आफ्नो शरीरलाई आवश्यकभन्दा बढी खानेकुरा खाँदा त्यसले असर पुर्‍याउँछ।’

दशैंमा आफ्नो दिनचर्यालाई रमाइलोपना अनुसार ढाल्न सक्यो भने आफूले खाएको खानेकुरा पचाउन सकिने उनी बताउँछिन्। चाडपर्वको समयमा मासु र पेय पदार्थको खपत धेरै हुन्छ। यस्ता खानेकुरा खानै हुँदैन भन्‍ने होइन। तर, अनियन्त्रित भएर खाँदा स्वास्थ्यलाई असर पुर्‍याउने गरेको उनको भनाइ छ।

डा. कोइरालाका अनुसार दशैंमा सबैभन्दा बढी मासुकै परिकार बन्छन्। राँगो, खसी र सुँगुरको (रातो) मासुमा बोसोको मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि त्यति राम्रो मानिँदैन। त्यसैले यस्तो मासु सकेसम्म कम नै खाँदा राम्रो मानिन्छ। रातो मासुको साटो कुखुरा, हाँस, माछा खानु उचित रहेको उनी बताउँछिन्। भन्छिन्, ‘सेतो मासु खान मिल्छ भन्दैमा धेरै चिल्लो हालेर, कबाब बनाएर खानु राम्रो होइन। यसको साटो मासुलाई रस बनाएर, उसिनेर खाँदा राम्रो हुन्छ।’

कबाबमा अत्यधिक मसला र चिल्लो हुने भएकाले स्वास्थ्यलाई असर पुर्‍याउन सक्छ। त्यसकारण मासु बनाउने तरिकामा पनि परिवर्तन आवश्यक देख्छिन् उनी। यस्तै, पोलेको मासु पनि स्वास्थ्यवर्द्धक मानिँदैन।

त्यसकारण मासुका अस्वस्थकर परिकारभन्दा हरियो सागपातको उपयोग उपयुक्त हुने उनको सुझाव छ। त्यसै पनि यो बजारमा प्रशस्त हरियो सागपात पाइने सिजन हो। र, मासुको साटो हरिया सागसब्जीमा जोड दिन उनी सुझाउँछिन्। चाडबाडको समयमा पनि सन्तुलित र गुणस्तरीय खानेकुरामा जोड दिनुपर्ने डा. कोइराला बताउँछिन्।

उनका अनुसार रातो मासुमा बोसोको मात्रा धेरै हुनुका साथै प्रोटिन पनि उच्च हुन्छ। उच्च रक्तचापका बिरामी, बाथ रोगी, किड्नी, दम र मुटुरोगीका लागि रातो मासु राम्रो मानिँदैन। ‘रातो मासु हत्तपत्त पचाउन सकिँदैन। पचाउन कसरत वा शारीरिक श्रम आवश्यक हुन्छ,’ उनी भन्छिन्, ‘यस्ता रोगबाट ग्रसित व्यक्तिहरूले कडा कसरत र शारीरिक श्रम गर्न सम्भव नहुने भएकाले उनीहरूलाई रातो मासुले नकारात्मक असर पुर्‍याउँछ।’

बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीले कस्तो खाना खाने ?

बालबालिकाको रुचि माछामासु र बजारका खानेकुरामा ज्यादा हुन्छ। बजारका खानेकुरा भनेका पिज्जा, बर्गर र मःमलगायत हुन्। त्यसकारण उनीहरूलाई बाहिरको खानाप्रति निरुत्साहित गर्नुपर्ने डा. कोइराला बताउँछिन्। यस्तै, कोकोकोला, फ्यान्टा, ड्युजस्ता सोडाजन्य पेय पदार्थले पनि बालबालिकाको स्वास्थ्यमा हानी पुर्‍याउँछन्। त्यसैले त्यस्ता पेय पदार्थबाट बालबालिकालाई टाढा राख्‍न उनको सुझाव छ।

बजारका खानेकुरामा अत्यधिक मात्रामा चिनी र रसायन हुने बालबालिकाको स्वास्थ्यका लागि राम्रो मानिँदैन। त्यसको साटो घरमै बनाइने सर्वत, मोही, दहीमा जोड दिन उनी सुझाउँछिन्।

उमेर पुगेका व्यक्तिहरूले खानेकुरालाई नियन्त्रित नै गरेका हुन्छन्। दशैं, तिहारको माहोलमा परिवारका अन्य सदस्यका लागि मासुबाट बनेका परिकार बनिरहँदा वृद्धवृद्धालाई सागपात, गेडागुडी, टोफूका स-साना टुक्रा बनाएर खाना वा सलादमा मिलाएर दिन सक्दा उनीहरूका लागि अति नै उच्चस्तरको खाना हुने डा. कोइरालाको भनाइ छ।

उनका अनुसार दीर्घरोगीहरूलाई रोगको प्रकृतिअनुसार कुनै रोगमा अलिकति माछामासु खान मिल्ने हुन्छ भने कुनैमा मासु पूरै बार्नुपर्छ। किड्नी र बाथका बिरामीका लागि माछामासुले असर पुर्‍याउँछ। ‘दीर्घरोगीहरूको स्वास्थ्यमा ध्यान दिन सागपात र ताजा तरकारी खुवाउने हो भने त्यसले सकारात्मक प्रभाव पार्छ,’ उनी भन्छिन्।

दीर्घरोगीहरूका लागि टोफू, पनिर, दही, दूधबाट बन्‍ने परिकार खीर, हलुवा, सागपात, गेडागुडी नै उचित रहेको उनको भनाइ छ। ‘टोफूले कतिपय दीर्घरोगीलाई एलर्जी गराउँछ। यदि गर्दैन भने टोफू एकदमै उपयोगी हुन्छ,’ भन्छिन्, ‘घरमै बनेका खानालाई विविधता दिने हो भने तिनै खाना पोषिलो हुन्छन्। र, दशैंलाई तिनै खानामार्फत विशेष बनाउन सकिन्छ।’

दशैंका परिकार पचाउन नियमित कसरत, हिँडडुल र अन्य समयमा भन्दा बढी अतिरिक्त क्रियाकलाप गर्नुपर्ने उनको भनाइ छ। उनका अनुसार अहिलेका बालबालिकाहरू खासै हिँडडुल गर्दैनन्। स्कुलबाट आउँदा जाँदा बसमै यात्रा गर्छन्। बाँकी समय कोठामै बसेर इन्डोर क्रियाकलापमै रमाउँछन्। त्यसकारण दशैंको समयमा उनीहरूलाई हिँड्न सिकाउनु आवश्यक छ। हिँड्दा प्रकृतिसँग नजिक हुने भएकाले त्यसले मनलाई पनि शान्ति दिनछ।

०००

पोषणविद अनुश्री आचार्यको भनाइ पनि उनको भन्दा फरक छैन। दशैंमा स्वस्थ्य रहन खानपिनमा विशेष ध्यान दिनुपर्ने आचार्य बताउँछिन्। नेपालीहरूको बानी दशैं तिहारमा मात्र नभई सामान्य अवस्थामा भेटघाट भयो भने पनि नियमितभन्दा बढी खाने छ। यस्तो भइरहँदा दशैंमा यो खान मिल्दैन भन्‍ने केही छैन। तर, त्यसमा पनि कति खाने भन्‍ने कुरामा ध्यान दिनुपर्ने उनी बताउँछिन्।

दशैं, तिहारमा माछा-मासु, सेलरोटी, सलाद, तरकारी, अचार, दही, पनिर, पेय पदार्थ र मिठाइलगायत परिकार बनाइन्छ। तीमध्ये धेरै खानेकुरा उच्च क्यालोरीयुक्त हुन्छन्। त्यसैले आफूलाई स्वस्थ राख्‍न कति खाने र कुन खानेकुरालाई प्राथमिकता दिने भन्‍ने आफैंमा निर्भर हुने उनको भनाइ छ।

मासुका परिकार खाँदा पनि फरक व्यक्तिअनुसार फरक जनावरको मासुको रुचि हुने उनी बताउँछिन्। ‘कसैलाई कुखुरा, कसैलाई खसी, बोका, कसैलाई राँगा, कसैलाई सुंगुरको मासु मन पर्न सक्छ,’ भन्छिन्, ‘जति-जति आकारमा ठूला जनावर हुन्छन्, तिनीहरूमा बोसोको मात्रा बढी हुन्छ। जुन स्वास्थ्यको लागि राम्रो मानिँदैन।’

शरीरमा कोलेस्टेरोल, उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरूले ठूला जनावरको भन्दा माछा, कुखुरा, हाँसलगायतको मासु खानु राम्रो हुने उनी बताउँछिन्। तर, कसैको घरमा कुखुरा खान मिल्दैन, त्यस्तो अवस्थामा मानिसहरू आफ्नो स्वास्थ्यको ख्यालै नगरी खसी र बोकाको मासु खाने गरेको उनको भनाइ छ।

उनका अनुसार यदि हाम्रो क्षमता एक थाल भात खाने छ भने त्यति नै खानुपर्छ भन्‍ने हुँदैन। हामीले कति भात खाँदा हाम्रो स्वास्थ्यमा असर पुर्‍याउँदैन, त्यति मात्र खान सके राम्रो हुने उनी बताउँछन्। भन्छिन्, ‘शुद्ध शाहाकारीको घरमा दशैंमा मासु नपाके पनि सेलरोटी, बदाम, मिठाइलगायत परिकार बनिरहेका हुन्छन्। ती सामग्री पनि दशैं तिहारमा त हो खाने भनेर शरीरलाई आवश्यकभन्दा बढी खायौं भने त्यसले असर पुर्‍याउँछ।’

दशैंमा धेरैजसोको घरमा मासु पाकेकै त छ किन तरकारी चाहियो भन्‍ने पनि गरिन्छ। मासुमा प्रोटिन मात्र हुन्छ, खानालाई सन्तुलित बनाउन मासुसँगै हरियो सागपात र फलफूल अनिवार्य खानुपर्ने पोषणविद आचार्य बताउँछिन्।

बालबालिकालाई पनि बाहिरका जस्ता परिकार घरमै बनाएर दिन सक्दा ती स्वस्थ हुने उनको भनाइ छ। ‘बजारमा बनाइने खानेकुरा डिप फ्राइ गरेर बनाइएको हुन्छ, जुन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन्,’ भन्छिन्, ‘दशैंमा बालबालिकालाई मासुका स-साना टुक्रा बनाएर सुपसँग खुवाउन पनि सकिन्छ।’

आइतबार, कार्तिक ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.