• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

मन्त्रिपरिषद्को बैठक बस्दै

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

रौतहटको माटोको डल्लो पनि बोल्छ


मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित

नेपालको राजनीतिमा रौतहटको आन्दोलनका प्रसंगले वर्तमान सरकारको भविष्‍यबारे गणितीय लुकामारी भइरहँदा मलाई करिब सात वर्षअघि गरुडामा भएको नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित आमसभाका प्रसंग उल्लेख गर्न मनले आदेश दिएको छ। राजतन्त्रमा राजाबाट र त्यसपछि लोकतान्त्रिक पात्र भनाउँदाद्वारा देशमा आदेशकै भरमा सत्ता परिवर्तनसम्मका घटना भएको यथार्थ छ। नाटकको दृश्य परिवर्तन भएजस्तै स्वार्थ नामक पात्रको नाटकीयताले परिस्थितिलाई अस्थिर र कौतुक बनाएको छ। गरुडामा भएको त्यसताकाको दृश्यमा उत्प्ररित गर्ने तत्त्व समाहित थियो, सबैलाई राजनीतिको मूल गन्तव्यतिर ध्यानाकर्षण गराइरहेको थियो।

Advertisement

सात वर्षअघिको आमसभामा अकस्मात उपस्थित जनतासमक्ष पशुपति को हुनुहुन्छ भनी प्रश्‍न गर्दा जनता एकछिन अनुत्तरित देखिए। प्रदेशस्तरीय आमसभामा उदघोषक सुमन प्याकुरेलले सो प्रश्‍न गर्दा बहुसंख्यक जनता अनुत्तरित देखिएका थिए।

सभामा दिउँसो १.४५ बजे त्यसबेलाका प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् माओवादीका अध्यक्ष पुष्‍पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मञ्‍चमा आसिन हुँदा सो प्रश्‍नको उत्तरका लागि केही मार्ग खुले पनि कौतुहलता कायम नै रहयो।

ओली र प्रचण्ड रौतहटका विभिन्‍न स्थानमा भूमिगत भई राजनीतिको ध्येय पूरा गर्न संगठन र आन्दोलन गरेका कारण यी दुईमध्ये नै कोही हुन सकिने अनुमान सञ्‍चारकर्मीले गरिरहेका थिए। सञ्‍चारकर्मीहरूले अनुमानको साटासाट गरिरहँदा पनि बहुसंख्यक जनतामा सो प्रश्‍नप्रतिको जिज्ञासा शान्त भएको थिएन। सोही बेलामा उदघोषक प्याकुरेलले पशुपति पातलो शरीरका थिए भनी अर्को जिज्ञासा र घटनाको संस्मरण सुनाए।

प्रसङग निरंकुशताविरुद्धको आन्दोलनसँग र माओवादी जनविद्रोहसँग सम्बन्धित थियो। रौतहट जिल्लालाई निरंकुशताविरुद्धको आन्दोलनका लागि रणनीति र किसानको विद्रोहको विगुल फुक्ने श्रेय पनि प्राप्त छ। यसै कारणले स्थानीयस्तरमा भनाइ छ, ‘रौतहटके ढेलो बोलए छे, आब जमिन्दारी नही चलतौ।’ अर्थात् रौतहटको माटोका डल्लो (ढेला) ले सधैं सामन्तवादविरुद्ध लडेको बोध उक्त कथनले पुष्‍टि गर्छ। कथनमा निरंकुशता र सामन्तवादविरुद्धको इतिहास छ। रौतहटको बरगिनियाँमा नेपाली कांग्रेसले निरंकुशताविरूद्ध आन्दोलनको रणनीति तय र विसं २००६ सालमा किसानको विद्रोहले नेपालमा परिवर्तनको जग स्थापना गरेको बताइन्छ।

पशुपति को हुन् भनी जिज्ञासा बढिरहेकै क्षण पूर्वप्रधानमन्त्री माधव नेपालले आमसभालाई सम्बोधन गर्दै घटना उल्लेख गरे, ‘४६ वर्षपूर्व एक युवक रौतहटको इनरवारीमा शिवधारी पटेलको घरमा भूमिगत भई आन्दोलनको विगुल फुकेका थिए।’ यो प्रसंगले रौतहटवासीले अनुमान गरी एकआपसमा कानेखुशी गर्न थालेका थिए।

शिवधारी पटेल सभामै उपस्थित थिए। उच्च सुरक्षा घेराका कारण पटेललाई मञ्‍चमा पशुपतिलाई भेटी स्वागत गर्न कठिन थियो। त्यही बेलामा उदघोषकले पटेललाई मञ्‍चको देब्रेपट्टि आउन आग्रह गरेपछि पटेल फूलमाला लिई मञ्‍चको देब्रेपट्टि आई उभिन पुगेका थिए। पटेल मञ्‍चनिर उभिरहेकै बेलामा नेकपा माओवादीका अध्यक्ष पुष्‍पकमल दाहाल सम्बोधन गर्दै यही भूमिबाट जनयुद्धलाई प्रेरणा प्राप्त भई युगान्तकारी परिवर्तन भएको स्मरण गरे। प्रचण्डको सम्बोधनपछि पनि पशुपति को हुन् भनी प्रश्‍नको उत्तर जनताले पाउन सकेनन्।

अन्ततः यो प्रश्‍नको जिज्ञासा त्यतिखेर शान्त भयो, जब पटेल फूलमाला लिई त्यसबेलाका प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गरे। भूमिगत कालमा रौतहटमा बस्दा उनको नाम पशुपति शर्मा थियो।

आमसभामा केपी ओलीले इनरबारीमा बास बसी ४६ वर्षपूर्व राजतन्त्रविरुद्ध बिगुल फुकेका कारण कोपबाबाट पक्राउ गरिएको क्षणको कारुणिकतासँगै ४६ वर्षपूर्वका सहयोगीहरू कुलदीप राउत, गेना राउत, सीतारामको योगदानको प्रशंसासमेत गरेका थिए।

सभामा पूर्वप्रधानमन्त्री माधव नेपाल रौतहटको इतिहाससँगै त्यस क्षेत्रमा विद्यमान सामन्तवादी संरचनालाई रौतहटवासीको जनचेतनाको खुलेर वकालत गर्दै भनेका थिए, ‘यस क्षेत्रको ढेला (माटोका डल्लो) पनि दासत्व, निरंकुशताविरुद्धको प्रतीक छ र जनमानसमा ढेला पनि मुक्तिको शंखनाद गरिहेको छ।’

बुढापाकाहरूको ढेलाबारेको भनाइमा ७ चैत ०६३ को भाटा प्रकरणले विगतको भनाइसँगै थप भनाइले जनमानसमा कारुणिकता ग्रहण गरेको छ। ढेलाको इतिहासबारे आफूलाई त्यति जानकारी नभए पनि भाटा प्रकरणले ढेलालाई पनि उछिनेका कारण १७ वर्षअघिको घटनालाई नियाल्न बाध्य पारेको छ। ७ चैत ०६३ मा गौरस्थित राइस मिलको चौरमा भएको आक्रमणमा माओवादी कार्यकर्ता मारिएका थिए।

त्यो दिन मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाले फोरमले तय गरेको दिन र समयमा कार्यक्रम राख्दा कार्यकर्ताबीचको झडपमा २७ जनाको ज्यान गएको थियो। त्यस बखतको मानव अधिकार आयोगको प्रतिवेदनअनुसार अपरिचित व्यक्तिहरूलाई लखेटी-लखेटी घरेलु हतियारले मारेको उल्लेख पाइन्छ। सबै व्यक्तिलाई लखेटेर टाउकोमा भाटा प्रहारले ज्यान गएको कारण उल्लेख छ।

घटनास्थलमा ६ जनाको शव भेटिएको थियो भने त्यसभन्दा ६-७ किलोमिटर टाढा १२ जनाको शव एकै ठाउँमा भेटिएको थियो। अन्य लाश घटनास्थल वरपर भेटिएको आयोगको प्रतिवेदनमा उल्लेख छ। कतिपयलाई जलाइएको र मारिसकेपछि मन्दिर वरपर शव घुमाई मूर्तिमा रगत चढाएको भेटिएको आयोगले उल्लेख गरेको पाइन्छ। आयोगले घटनाबारेमा पूर्वनियोजित, मनसाययुक्त र क्रूर तरिकाले गरिएको राय दिएको छ। आयोगकै रायलाई विचार गर्ने हो भने पूर्वनियोजित र मनसाययुक्त शब्दको संकेत कतातिर हो ? फोरमको कार्यक्रम निर्धारण भइसकेको अवस्थामा तत्कालीन माओवादीका नेता प्रभु साहले चितवनबाट माओवादी कार्यकर्ता ल्याई त्यही दिन एकै समयमा कार्यक्रम गर्ने मनसाय के थियो ? यसबारे बहस हुनुपर्थ्यो। १७ वर्षसम्म बहस भएन, अहिले पुनः प्रभु साहकै चक्रव्युहमा वर्तमान सरकारका प्रधानमन्त्री र माओवादीका अध्यक्ष पुष्‍पकमल दाहाल प्रचण्ड फसेका छन्।

प्रचण्ड नेतृत्वको सरकारले पीडित संघर्ष समितिसँग पाँचबुँदे सहमति गरेपछि राजनीति तरंगित भएको छ। सहमतिको पहिलो बुँदामा घटनाको तत् समयमा दर्ता भएको जाहेरीसमेतलाई छानविन र अनुसन्धान गरी प्रमाणका आधारमा दोषीलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाइने उल्लेख छ। निवेदकहरू जाहेरीमा तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादवलाई मुख्य दोषी ठहर गरेका छन्। घटनाको फाइल खोलिने चर्चाले उपेन्द्र यादव र माधव नेपालको राजनीतिक इतिहासलाई समाप्त पार्ने प्रधानमन्त्री र माओवादी अध्यक्ष पुष्‍पकमल दाहाल प्रचण्डको षडयन्त्र होजस्ता चर्चाले गठबन्धनको सरकारबारे भविष्‍यवाणी शुभारम्भ भइसकेको छ। घटनाका दोषी को छन् भन्‍नेबारेमा अनभिज्ञ बन्‍नु पनि प्रकरणको छानविनको स्थितिलाई आमन्त्रण गरेको छ।

प्रभु साहमाथि पनि एक हिन्दुवादी नेता काशीनाथ तिवारीको हत्याको आरोप छ। साह माओवादी, एमाले हुँदै आमजनता पार्टीको नेतृत्व गरिरहेका छन्। रौतहटको स्थिति बोध हुँदाहुँदै पनि ०६३ सालमा राइस मिलमा सभा आयोजनाको परिणामबारे चिन्तन नगर्नु विडम्बनापूर्ण छ।

नाटकीय पर्दा पछाडिको दृश्यमा अब सात वर्षअघिकै आमसभाका पात्रहरूले १७ वर्षअघिको घटनालाई उचालेर राजनीतिक तरंग ल्याउन उद्यत देखिन्छन्। अब सात वर्षअधि गरुडामा सुनेको पशुपति शर्मा (केपी ओली) प्रचण्डलाई रौतहटकै ढेला रूपी अस्त्रलाई सत्ता परिवर्तनमा रुपान्तरण गर्ने अभ्यास गरिरहेका छन्। भित्रभित्रै नयाँ समीकरणको अभ्यासको चर्चामा ढेलाको प्रतीकात्मक स्वरुप फेरिएको छ। ढेला भाटा स्वरुपमा देखिएको छ। भाटारुपी स्वरुपले कसलाई कहाँ पुर्‍याउने छ ? आउने दिनको प्रतीक्षामा भन्‍न मन लागेको छ- ‘ढेलो सँ बेसी अग्रगामी भाटा भेल जा रहल अछि’ (माटोका डल्लोभन्दा भाटा अग्रगामी हुँदै गएको छ)।

मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?
निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा

भर्खरै

  • १.
    लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

  • २.
    मन्त्रिपरिषद्को बैठक बस्दै

  • ३.
    मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : मानिसले कपडा बुनेको सवा लाख वर्ष पुरानो प्रमाण

  • ६.
    राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • ८.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.