• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

मिथिलामा जीवित छन् लोक अन्धविश्‍वास


बिहिबार, साउन २५, २०८० मा प्रकाशित

धनुषाको खडका गाउँमा एउटा चराले गाउँवासीलाई लखेटेर टोक्ने गरेको छ। चरामा कुनै मृतकको आत्मा भएको विश्‍वासले पूजापाठ, भगता, धामीलाई अनुनय गर्ने गाउँवासीको दिनचर्या बनेको छ। बगैंचामा जानेबित्तिकै चराले टोक्ने आतंकको माहोललाई साम्य पार्ने उपायको खोजीभन्दा पनि लोकविश्‍वासलाई मलजल दिन गाउँवासी उद्यत छन्। यस्तै, जनकपुरधाम उपमहानगरपालिका-२ की एक महिलालाई छातीमा घाउ निस्किँदा वडावासीले अग्‍निवाण भन्दै धामीकहाँ झारफुक गराउन सल्लाह दिँदै आएका छन्। उनी झारफुकले सञ्‍चो हुने विश्‍वासमा एक महिना बिताइसकेकी छन्।

Advertisement

यस्तै परिवेश, संरचना र चेतनाको भावभूमिमा नियाल्दा पूर्वकालदेखि धर्म, संस्कृति, जीवनशैली र जीवनका अवस्थामा आएको विकृतिले धामी झाँक्री, टुनामुना, भूत-प्रेत र बोक्सीजस्ता लोकविश्‍वास यहाँको जीवाणुमा प्रवेश गरेको पाइन्छ। मर्द बरूआर रहैत छैक त बेटा होइत छैक, मौगी जबद्गर भेल त बेटी जन्म लैत छैक (पुरुष बलियो भयो भने छोरा जन्मिन्छ, महिला कमजोर भएमा छोरी जन्मिन्छे) जस्ता अन्धविश्‍वास पनि त्यही कारकतत्वद्वारा कालक्रममा परिपोषण हुँदै आएको देखिन्छ।

शिशुको जन्मपछि सोइरी घरको अगाडि छठिहार नभएसम्म आगो बाल्ने, छालाको जुत्ता, जामुनको हाँगा झुण्डयाउने, नवजात शिशुलाई दूध खुवाउनुभन्दा पहिला  आमाले आफ्नो दूध दुई थोपा भूमिमा अथवा सोइरी घरमा राखेको आगोमा राखेपछि आफ्नो स्तनलाई तीनपटक ‘थू थू थू’ गरेपछि मात्र खुवाउने, शिशु रुन थाल्दा, नसुतेको र रोएको रोयै गरेमा सुकैको खुर्सानी, ज्वानो, तोरी, सरस्युँ लिएर शिशुको टाउकाको चारैतर्फ क्रमशः तीनपटक घुमाएर ती सामग्री आगोमा जलाउने, कुदृष्‍टिबाट बचाउन शिशुको आँखामा गाजल लगाउने, मस्तकमा कालो टीका लगाउन प्रेरित गर्ने विश्‍वास पाइन्छ। अनिकालको सम्भावना देखिएमा भ्यागुतो बिहे गराउने, दिउँसै दियो बालेर भकारीमा राख्‍ने गरेको पनि देखिन्छ। बोक्सीले गर्भमै बच्चा खाइहाल्ने, निःसन्तान बनाइदिने, किचकन्‍नीले सुन्दर युवकलाई एकान्तमा देखेमा जीवित युवतीको रूपमा युवकलाई मोहित गरी उनीसँग रतिक्रीडा गराई मार्नेजस्ता लोकविश्‍वास पनि छ। यहाँको राँके भूतले रातिमा खेत खलियानमा राँको लिई डुल्दै रहन्छ, मान्छेलाई देखेमा मान्छेसँग खेतमा माटो ढुवानी गराई मार्ने गरेको लोकविश्‍वास पनि विद्यमान छ।

गर्भवती स्त्रीको मृत्यु भएमा प्रेतिनी हुन्छिन् र घरमा नयाँ जन्म लिएको शिशुलाई दुःख दिई मार्ने गरेको, ब्राह्मणको असामयिक मृत्यु भएमा ब्रह्म पिचास हुन्छ र कुमारीको मृत्यु भएमा देवी हुने विश्‍वास पाइन्छ। पानीमा डुबेर मर्ने पनिडुब्बा भइहाल्छ, प्रेत ताडको रुखझैं लामो हुन्छ र सेतो लगाई कहिले कुकुर त कहिले बिरालोका रूपमा मान्छेलाई तर्साउने गरेको प्रसंग पनि बुढापाकाले सुनाउने गरेका छन्। भूतहरू रुखको हाँगामा पिङ खेल्ने गरेको, आधारातमै बिहान भएको भ्रम उत्पन्‍न गर्ने गरेको, बोक्सीले बोक्सी विद्या हासिल गर्न पति वा  छोरालाई मारेर गुरुलाई खुशी पार्ने गरेको विश्‍वास व्याप्त छ।

बोक्सी विद्या हासिल गर्ने सन्दर्भमा गुरुले प्रश्‍न गर्छिन, ‘मन्त्र सिकेपछि मलाई घरको बरेडी वा बीचको खम्भा (बोक्सी विद्यामा बरेडी भनेको पति र खम्भा भनेको छोरा) मध्ये कसलाई दिन्छौ ?’ बोक्सी अमावस्या र दशैंको राति मान्छेको खप्परमा खीर पकाएर श्मसानमा नांगै नाच्‍ने गरेको, गाडिएको शिशुको लाश खाल्डोबाट निकालेर मन्त्रले जीवित पार्दै तेल र गाजल लगाई खेलाउँछ र घर फर्किने बेलामा पुनः शिशुलाई मारेर खाल्डोमा गाड्ने गरेको बखत कसैले देख्यो भने बोक्सीले ‘घुरि ताक, घुरि ताक (फर्की हेर, फर्की हेर)’ भनी कराउँछे। यदि त्यो व्यक्ति बोक्सीतिर फर्कियो भने त्यसको मृत्यु हुन्छ भन्‍ने लोकविश्‍वास व्याप्त छ।

घरमा बोक्सी आइन् भने सियोधागोको नाम लिएमा बोक्सी भाग्‍ने गरेको र बोक्सी श्मसान जान नपाउन् र मन्त्रको प्रयोग गर्न नपाउन् भनेर रातिमा झिझिया नाचको आयोजनासमेत गरिन्छ। बोक्सीले चौबाटोमा कुभिण्डोको बलि दिई अरहुलको फूल, सिन्दुर, गाजल, टीका, सियोधागो राखी पूजा गरिन्छ र त्यो चौबाटोबाट हिँड्दा मान्छेको मृत्यु हुने गरेको लोकविश्‍वास पनि पाइन्छ। यस क्षेत्रमा अतिमानवीय तत्त्वसँग सम्बन्धित लोकविश्‍वासका साथै टुनामुना पनि छ, जसको कुनै वैज्ञानिक आधार छैन। त्यसमध्ये कुकुरलाई मलत्याग गरिरहेको अवस्थामा हेरेमा आनो हुन्छ, ढाड र पिठ्यूँ दुखेमा उल्टो जन्मेको व्यक्तिलाई स्पर्श गर्न लगाउने चलन अधिक देखिएको छ। कसैको टुप्पो काटेर गाडियो भने त्यो व्यक्ति त्यही बसेको बस्यै गर्छ, वर्षायाममा गोरो मान्छे चिप्लियो भने मौसममा सुधार हुने, विषालु सर्पको दंशमा धामीद्वारा मुल्तानी माटोले झारफुक गर्ने, उल्कापात हेरेमा अनिष्‍ट हुने विश्‍वाससमेत पाइन्छ। मैथिली लोक साहित्यमा लोक विश्‍वासप्रति अगाध विश्‍वास व्यक्त गरिएको छ। यस सम्बन्धमा डाक वचनमा उल्लेख गरिएका केही हरफ यस्ता पनि छन्ः

केओ पूछए जे जाएब कतए
भेल काज विनाशाय ततए

०००

आकाशक छिक जे नर जाए
पलटी अन्‍न मन्दिर नही खाए

०००

भरती सँ खाली भला
जौं जल भरने जाए
यात्रा अति सुख दाए

०००

मंगलक उषा बुधक प्रातः
यात्रा करी डाकक बात

०००

एक राशि छौ गरहक भोग
ताही वर्ष बहु पीडा रोग …।

यस्तै शिशुहरूलाई टुनामुनाबाट रक्षा सन्दर्भमा  गीत गाइने  चलन  पनि छः

आको चाको दिया बारो
सय देवता मिली बौआ राखो
जे बाबुके हेरे डीठ्ठी
तनिका देवनी भेला रीठ्ठी
बाल भैरव रक्षा करे सोनाक दीप पाटक बाती
बौआ सुतए सुखक राति
हंसनी खेलनी आगू आउ
कननी खिजनी पाछ्रु जाउ।

उल्कापात हेरेमा पाँचवटा फल, पाँचवटा ब्राह्मणको नाम उच्चारण गरेमा अनिष्‍टबाट मुक्ति पाइने विश्‍वास पनि देखिन्छ। हुट्टिटट्याउँ करायो भने अशुभ हुने, माउसुली करायो भने सोचेको कुरा पूरा हुने, घडेरीमा स्याल करायो भने भावी घटनाको सूचक मानिन्छ। मूलतः बोक्सी, तन्त्रमन्त्रमा विश्‍वास विभिन्‍न स्थानको अतिमानवीय तत्त्वमाथि विश्‍वासको सम्मिलित परिणाम हो।

यात्राको क्रममा बिरालो, स्याल, न्याउली मुसाले बाटो काट्यो भने यात्रा दुःखद हुने घटना कतिपय सन्दर्भले प्रमाणित भएको बुढापाकाको दाबीमाथि शोध आवश्यक छ। धामी, झाँक्री, टुनामुना, राँके, भूतप्रेत, बोक्सीजस्ता लोकविश्‍वास बुद्धिजीवीद्वारा उब्जाइएको समस्या हो र राँकेभूत गाडिएको लाशबाट निस्केको एक प्रकारको ग्यास भएको धारणा पनि पाइन्छ।

यसको पृष्‍ठभूमिमा कतिपय जानकारले अशिक्षा, गरिबी, वैज्ञानिक र प्राविधिक विकासको अभाव, दमित मनोभावजन्य तनाव, बदलाको भावना, सामाजिक घृणा र आक्रोश लोकविश्‍वासको कारक तत्त्व मानेका छन्। अहिलेसम्म प्राप्त जानकारीअनुसार बोक्सीविरुद्ध सबैभन्दा पहिला प्राचीन स्पेन र गाउलमा कानूनको निर्माण भयो। चार्ल म्याग्‍ने र अन्य शासकहरू बोक्सी कर्मको निन्दा गर्दै यसलाई अन्धविश्‍वास ठहर गरी यसप्रकारको क्रियाकलापमा संलग्‍न व्यक्तिलाई मृत्युदण्डसम्म दिने व्यवस्था गरेको पाइन्छ।

लोकविश्‍वास सम्बन्धमा कुनै उल्लेखनीय शोध भएको छैन। यस क्षेत्रमा बोक्सीको आरोप लगाई महिलालाई यातना दिइएको विरोधमा केही प्रयास भएको छ। महोत्तरीको सिमरदही काण्ड अन्तर्राष्‍ट्रिय मुद्दा बनेर मरनी देवीले सञ्‍चार जगतमा प्रमुखता प्राप्त गरिन, यसबाट जनचेतनामा केही वृद्धि भएको देखिन्छ।

हुन त, धामी, झाँक्री, टुनामुना, भूतप्रेत, बोक्सीको कुनै मौलिक आधार नभएकाले भ्रम मात्र हो भन्‍ने कुरा विस्तारै-विस्तारै प्रमाणित हुँदै आएको पनि देखिएको छ। ता पनि, अक्षता फूलले क्यान्सरसम्मको उपचार गरी निको पारेको दाबी गर्ने तान्त्रिकले जनतालाई लुट्दै ज्यानसम्म लिने घटनामा कमी आएको छैन्। मैथिल संस्कृतिअन्तर्गत मधुश्रावणी पर्वमा बत्तीले पोलेपछि जति ठूलो फोका निस्किन्छ, त्यति नै दुलही भाग्यशाली हुने लोकविश्‍वास पनि पाइन्छ। अनेकौं प्रसंगमा यस्ता विश्‍वासले मानवको स्वास्थ्य र जीवन शैलीमा महत्त्वपूर्ण  प्रभाव पारेको छ। सांस्कृतिक परम्परा नदीझैं प्रवाहशील र देशकाल पात्रअनुसार रुपान्तरण हुन नसकेमा सांस्कृतिक प्रगति नै अवरुद्ध हुन्छ। त्यसकारण असामयिक अन्धानुकरणप्रति विचार गर्नु जरुरी छ।

बिहिबार, साउन २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?
निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा

भर्खरै

  • १.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • २.
    सुनचाँदीको मूल्य घट्यो

  • ३.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

  • ४.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ५.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

  • ६.
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

  • ७.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • ८.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.