• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

न्हूजः पुस्तकालयको गर्विलो इतिहास


सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित

Advertisement

काठमाडौं- टोखास्थित ग्रान्डी अस्पतालबाट करिब एक किलोमिटर दूरीमा गणेश मन्दिर छ । टोखा चण्डेश्वरी–२ ठलागमा पर्ने मन्दिरनजिक एक ठूलो भवनको भुइँतलामा क्याफे छ । दोस्रो तलामा न्हूजः पुस्तकालयको साइनबोर्ड देखिन्छ । साइनबोर्ड जति सुन्दर देखिन्छ, ठीक विपरीत छ, पुस्तकालयभित्रको माहोल । सानो कोठाका केही दराजमा उपन्यास, बालबालिका र जीवनदर्शनका करिब तीन सय पुस्तक छन्  । ती सबै अव्यवस्थित देखिन्छन् ।

पुस्तकालय खुला हो या बन्द भन्नेमै द्विविधा छ । व्यवस्थापन समितिका सदस्य विकास श्रेष्ठका अनुसार कुनै समय यही पुस्तकालयमा सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरू खोजी–खोजी आइपुग्थे ।

०३८ सालमा नमिता–सुनीता काण्डले राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्ध भूमिगत आन्दोलनका लागि मलजल ग¥यो । पञ्चायती व्यवस्थामा राजनीतिक दलमाथि प्रतिबन्ध थियो । त्यसैले आन्दोलनलाई संगठित बनाउन त्यसको तीन वर्षपछि १ भदौ ०४१ मा टोखामा न्हूजः पुस्तकालय स्थापना भयो । तत्कालीन नेकपा मालेका नेता, कार्यकर्ता जमघट हुने थलो बन्यो, त्यो पुस्तकालय । र, त्यहीँ राजनीतिक कार्यक्रमहरू हुन थाले ।

पुस्तकालयका अध्यक्ष थिए, वामपन्थी नेता स्वर्गीय पदमरत्न तुलाधर । स्थानीय रुद्रमान श्रेष्ठ, ठूलोधर्म श्रेष्ठ र स्वर्गीय रामकृष्ण श्रेष्ठको पनि योगदान थियो, पुस्तकालय स्थापनामा । सन्तलाल श्रेष्ठको घर भाडामा लिएर पुस्तकालय खोलियो । प्रगतिशील विचारधाराका व्यक्तिहरूका घरमा भएका पुस्तक संकलन गरेर त्यसमा राखियो । विभिन्न सांस्कृतिक कार्यक्रमको बहानामा पुस्तकालयमा भूमिगत बैठक हुने गर्थे ।

पञ्चायती व्यवस्थामा राजनीतिक दलहरूमाथि प्रतिबन्ध थियो । सोही कारण भूमिगत आन्दोलन अगाडि बढाउन काठमाडौं टोखामा न्हूजः पुस्तकालय स्थापना भयो । र, त्यहीँ सांस्कृतिक कार्यक्रमको बहानामा भूमिगत बैठक हुन्थे ।

हाल पुस्तकालय रहेको भवन भने ०६५ सालमा बनेको हो । ‘इतिहासलाई जीवित राख्न हामीले नयाँ भवनमा पुस्तकालय सा–यौँ,’ पुस्तकालयका सदस्य विकास भन्छन्  । नेपाल भाषामा ‘न्हूः’को अर्थ नौलो र ‘जः’ को अर्थ ‘किरण’ हुन्छ ।

०५२ सालमा माओवादीको सशस्त्र विद्रोह सुरु भयो । सरकारले संकटकाल घोषणा गरेपछि माओवादीविरुद्ध सेना परिचालन भयो । सेनाको कोपभाजनमा पर्ने त्रासका कारण पुस्तकालयमा रहेका कार्ल मार्क्स, लेनिन, माओत्सेतुङलगायत दार्शनिक र नेताहरूका पुस्तक नष्ट गर्नुपरेको विकास बताउँछन्  । ‘सेनाले पक्राउ गर्ने डरले धेरै किताब जलाइए, कति जमिनमा गाडिए,’ उनी भन्छन्, ‘शान्ति प्रक्रिया सुरु भएपछि टोखाका युवा मिलेर पुस्तकालय पुनःस्थापना गरेका हौँ ।’

सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.