• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

कृष्णभक्तमाथि केपीको कोपभाजन


आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित

Advertisement

काठमाडौं- ५ पुस ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको अभियोगमा एमाले नेता कृष्णभक्त पोखरेल अध्यक्ष केपी ओलीको कोपभाजनमा परेका छन् ।

पार्टीको दशौं महाधिवेशनमा अध्यक्ष ओलीले पढेर सुनाएको केन्द्रीय सदस्यहरूको सूचीमा त उनी अटाएनन् नै, आइतबार मनोनित ४३ केन्द्रीय सदस्यको सूचीमा पनि उनी परेनन् । जब कि, त्यस सूचीमा विवादास्पद व्यापारी दुर्गा प्रसाईं पनि परेका छन् ।

एमालेलाई २ जेठ ०७५ को अवस्थामा फर्काउने बाचा पनि अध्यक्ष ओलीले नगरेका होइनन् । तर, नवौँ जिल्ला अधिवेशनबाट चितवनका निर्वाचित जिल्ला अध्यक्ष पोखरेलको पद बहाली भएन । पार्टीभित्र विवाद चर्किंदै गर्दा ओलीले पोखरेललाई हटाएर राष्ट्रियसभा सांसद पार्वती रावललाई अध्यक्षको जिम्मेवारी दिएका थिए ।

पार्टी विभाजनको तयारीमा रहेको माधवकुमार नेपाल नेतृत्वको समूहलाई छाडेर पोखरेल ७ चैत ०७७ मा एमालेमै फर्केका थिए । विवादबीच एमाले २ जेठ ०७५ को अवस्थामा फर्किएको घोषणा गरिए पनि ओलीले निरन्तर पोखरेललाई कोपभाजनको शिकार बनाएका छन् ।

चितवन क्षेत्र नम्बर २ मा लोकप्रिय रहेका पोखरेल एमालेलाई सधैँ एक सिट जिताउन सक्ने नेता हुन् । ०६४ र ०७० सालका संविधानसभा निर्वाचनमा पोखरेलको निर्वाचन क्षेत्रमा एमाले तेस्रो स्थानमा थियो । ०७४ सालको नेतृत्वमा पोखरेलले प्रतिद्वन्द्वीभन्दा १७ हजार मतको फराकिलो अन्तरमा सानदार विजय हासिल गरेका थिए ।

तर, त्यस विजयको प्रभाव एमाले अध्यक्ष केपी ओलीमा रहेको देखिएन । आफ्नो असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको रिस फेर्न ओलीले उनको राजनीतिक यात्रामै बिराम लगाउन खोजेको देखिएको छ ।

पोखरेललाई ओलीले कोपभाजनको शिकार बनाएका चितवनमा तीव्र असन्तुष्टी प्रकट भइरहेको छ । एमाले चितवनका युवा नेता प्रकाश ढुंगानाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसको नेतृत्वमा एमालेले चितवनको ७ मध्ये ६ स्थानीय तहमा शानदार विजय प्राप्त ग¥उो ! उहाँकै नेतृत्वमा संघ र प्रदेशमा अभूतपूर्व विजय हासिल भयो र उहाँ आफैंले विपक्षी उम्मेदवारभन्दा १७००० बढी मत प्राप्त गरेर शानदार रूपमा विजयी हुनुभयो ! चितवन महाधिवेशन सफल पार्न अहोरात्र खट्नुभयो तर पनि नेतृत्वको नजरमा पर्नुभएन ! र पनि, हामीलाई विश्वास छ, तपाईंको निष्ठा रत्तिभर डगमगाउने छैन !’

आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.