• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

थांका : नेपाल मण्डलको सम्पत्ति


बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित

Advertisement

काठमाडौं- चित्रकार नारायण स्याङ्तानले ०३५ सालदेखि थांका बनाउँदै आएका छन्। हाल भक्तपुर टुलाछेँस्थित ट्रेडिसनल थांका पेन्टिङ स्कुलका लागि काम गर्छन्, उनी। उनले तयार पारेको एउटा थांका १० वर्षदेखि सोही स्कुलमा छ, जुन बनाउन उनले एक लाख रुपैयाँ ज्याला लिएका थिए।

करिब तीन दशकअघि उनले बनाएका थांका पनि छन्, त्यहाँ। ‘यसको अर्थ थांका नबिक्ने भन्ने होइन, यसका छुट्टै पारखी छन्,’ उनी भन्छन्, ‘उनीहरू चित्रको जिउअनुसार अनुहारको आकार र मुद्रा स्केलले नापेर मात्र किन्छन्।’ गहन ज्ञान भएकाहरूले मात्र थांका किन्ने गरेको उनी बताउँछन्।

संस्कृतिविद् ओम धौभडेल थांकालाई नेपाल मण्डलको सम्पत्ति मान्छन्। ‘त्यसवेला थांका नभनी ‘पौवाचित्र’ भनिन्थ्यो, जुन हिन्दू धर्मावलम्बीहरूको प्रिय चित्र थियो,’ उनी भन्छन्, ‘पौवामा नारायण, शिव, गणेश, भगवतीका चित्र बनाइन्थ्यो।’

काभ्रेकी १६ वर्षीया सोनी तामाङले थांका पेन्टिङ सिकेको करिब एक वर्ष भयो। उनी सुरुमा चित्र बनाउँछिन् र त्यसमा रङ भर्छिन्। ‘थांका बनाउन र बुझ्न मानिसमा इच्छाशक्ति हुनुपर्छ,’ उनी भन्छिन्। सूर्यविनायकका शुक्रराज मोक्तान आफ्ना दुई भाइसँग मिलेर थांका बनाउँदै आएका छन्। ‘१५ वर्षदेखि अर्डरअनुसार घरमै बनाउँदै आएका छौँ,’ उनी भन्छन्, ‘पौवा तथा तिब्बती दुवै थांका लेख्ने गरेका छौँ।’

बौद्ध धर्मग्रन्थअनुसार सिद्धार्थ गौतम, शाक्यमुनि, अभिताभ, कश्यप र दिपांकर गरी बुद्धका विभिन्न स्वरूप छन्। थांकामा यिनै बुद्ध तथा रिम्पोछे, चेरिसी, हरित तारा, श्वेत तारालगायत महागुरु र देवीहरूको स्वरूप अंकित गर्ने गरिन्छ। थांकाको मध्यभागमा प्रमुख देवता र छेउछाउमा ठूला–साना देवी–देवताको पनि चित्र अंकित गरिन्छ।

किंवदन्तीअनुसार एकपटक बुद्धले आफ्नो अनुहार इनारमा हेरेछन्। आफ्नो अनुहारलाई दिगो समयसम्म जोगाइराख्ने सोच उनमा आएछ  । र, आफ्नो आकृति माटोमा कोरेछन्। त्यसपछि त्यसलाई कपडामा उतारेछन्। त्यही नै थांकाको रूपमा आएको जनविश्वास रहेको चित्रकार स्याङ्तान बताउँछन्। १२औँ शताब्दीमा कोरिएको ‘ह्विल अफ लाइफ’लाई सबैभन्दा पुरानो थांका मानिन्छ, जुन अमेरिकाको लसएन्जलसस्थित संग्रहालयमा छ।

थांका व्यवसायी सरोज पाण्डे १७ वर्षदेखि यस व्यवसायमा आबद्ध छन्। तिब्बत बसाइका क्रममा उनले थांकाको सुरुवात ११औँ शताब्दीमा भएको जानकारी बटुलेका छन्। तत्कालीन तिब्बतका राजा स्रङचङ गम्पोले नेपाली राजकुमारी भृकुटीसँग विवाह गरेका थिए। चिनियाँ पर्यटक नेपाली थांका किन्ने ग्राहकको पहिलो स्थानमा पर्छन्। नेपालबाट जापान, भियतनाम, कम्बोडियाजस्ता बौद्ध धर्म मान्ने देशमा बढी निर्यात हुन्छ। नेपालमा १५ लाख रुपैयाँसम्मका थांका बन्छन्।

त्यसक्रममा उनले नेपाली कलाकृति, मूर्ति, बुद्धिजीवी र कलाकार पनि लिएर गएका थिए। उनीहरूले बनाएको पौवाचित्र तिब्बतमा लोकप्रिय बन्यो। ‘र, त्यसैलाई थांका चित्रको रूप दिइएको हो,’ व्यवसायी पाण्डे भन्छन्।

संस्कृतिविद् ओम धौभडेल भने थांकालाई नेपाल मण्डलको सम्पत्ति मान्छन्। भक्तपुर, पाटन र काठमाडौंलाई नेपाल मण्डल भन्ने गरिन्थ्यो। ‘त्यसवेला थांका नभनी ‘पौवाचित्र’ भनिन्थ्यो, जुन हिन्दू धर्मावलम्बीहरूको प्रिय चित्र थियो,’ धौभडेल भन्छन्, ‘पौवामा नारायण, शिव, गणेश, भगवतीका चित्र बनाइन्थ्यो।’ त्यसो त बुद्धको पौवाचित्र पनि करिब २५ सय वर्ष पुरानो हो। बौद्ध धर्म प्रचारका क्रममा पौवाचित्र तिब्बत पुगेको र तिब्बती शैलीबाट प्रभावित भएर थांका सुरु भएको धौभडेल बताउँछन्।

काठमाडौं कपनस्थित स्याल्पा गुम्बाका लामा पेमा छ्योइतेलका अनुसार अहिलेको थांका तिब्बती शैलीको हो। बौद्ध धर्म मान्ने जापान र कोरियामा यसभन्दा भिन्न शैली प्रयोगमा छन्। नेपालका बौद्ध धर्मावलम्बी नेवार समुदायले पौवा थांका बनाउने गर्छन्।

चित्रकार स्याङ्तान भन्छन्, ‘थांका बनाउँदा निकै सिर्जनशील हुनुपर्छ। थांकामा फूल, पात, बादल, पानी, डाँडा थप्ने कुरा सिर्जनशीलतामा भर पर्छ।’ लामा छ्योइतेलका अनुसार थांका बनाउँदा बुद्ध र बौद्ध गुरुहरूको शरीरका अंग–अंगका आकार नापेर सूत्रअनुसार मिलाउनुपर्छ । यस्तै, हात, आँखा र मुद्राहरू पनि मिल्ने गरी लेख्नुपर्छ। थांका बनाउने कपडालाई पहिले क्यान्भासमा स्ट्रेच गरिन्छ। त्यसपछि सरेशको माटो लेपन गरिन्छ। त्यो सुकेपछि कागजजस्तो बन्छ। अनि मात्र स्केच सुरु हुन्छ। त्यसपछि रङ भरिन्छ। अन्तिममा सुनले लेखिन्छ । र, त्यसमाथि ‘जेड’ पत्थरले रगडिन्छ, जसबाट थांकामा चमक आउँछ।

थांका आठ प्रकारका हुन्छन्। ‘मण्डला’ र ‘बुद्धको जीवन इतिहास’लाई थांकामा बढी समेटिएको पाइन्छ। त्यसपछि ‘कालचक्र’ पारखीमाझ लोकप्रिय छ। दलाई लामाको यो थांकाले संसारका सबै चिज नाशवान् रहेको देखाउँछ। यस्तै, ‘मण्डला’ गोलाकार थांका हो ।

त्यसबाहेक ‘ह्विल अफ लाइफ’, ‘हरित तारा’, ‘श्वेत तारा’, ‘महांकाल’, ‘अवलोकितेश्वर’ र ‘महिश्य गुरु वैदुर्यप्रभा’ थांकाका प्रकार हुन्। नेपालमा लामा जातिले आफ्नो इष्ट देवताका थांका किनेर पुज्ने गर्छन्। नेपालमा चिनियाँ पर्यटक थांका किन्ने ग्राहकको पहिलो स्थानमा पर्छन्। यहाँबाट जापान, भियतनाम, कम्बोडियाजस्ता बौद्ध धर्म मान्ने देशमा बढी निर्यात हुन्छ। नेपालमा दुई सय ५० देखि १५ लाख रुपैयाँसम्मका थांका बन्छन्। थांकामा प्रयोग गर्न विशेष तरिकाले सुनको धुलो बनाइन्छ। सरकारले रङ र सुनको समस्या सम्बोधन गरिदिए थांका तयार पार्न धेरै सहज हुने कलाकारहरू बताउँछन्।

बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
कूल पूजा अर्थात् दिगू पूजा !
काठमाडौंका ४ कुमारीमध्येकी भक्तपुरकी बालकुमारी !
थिमीको बिस्का : भगवान प्रकट हुने विश्‍वास !
बोडेको बिस्का : दुष्‍टात्मा तह लगाउने जात्रा !
बिस्का : विशेष छ नगदेश !

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.