• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

एमाले महाधिवेशनबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार आएको भन्दै गरिएको दाबी गलत


बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित

इन्जिना पन्थी

Advertisement

काठमाडौं- चितवनमा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको भव्यतालाई देखेर अचम्म पर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार बनाएको भन्ने दाबी सामाजिक सञ्जालमा फैलिएको छ। बीबीसी, अल जजिरा, द न्युयोर्क टाइम्स, आजतक, र सिन्ह्वाजस्ता अन्तरार्ष्ट्रिय सञ्चारमाध्यममा छापिएको समाचारहरुको अंश भन्दै शेयर भइरहेको छ।

बागमति प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल फेसबुक पेजमा पनि उक्त दाबी गरिएको फोटो पोष्ट गरिएको छ। उक्त पोष्टमा १००० भन्दा बढी प्रतिक्रिया आएको छ र ६० सेयर भएका छन्।

नेकपा एमालेकी नेतृ तथा बागमति प्रदेशको पूर्व सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको फेसबुक पेजमा पनि उक्त दाबी शेयर भएको छ। त्यस्तै फेसबुकका अन्य प्रयोगकर्ताले पनि उक्त पोष्टलाई शेयर गरेका छन्। त्यस्तै ट्विटर प्रयोगकर्ताले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ‌एमालेको महाधिवेशनले समाचार बनाएको दाबी ट्विट गरेका छन्। माइलो नामको ट्विटर ह्यान्डल पनि उक्त दाबी गरिएको स्क्रिनसट ट्विट भएको छ।

तथ्य जाँच

साउथ एसिया चेकले सामाजिक संजालमा फैलिएको उक्त पोष्टको तथ्यजाँच गरेको छ। ती अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा त्यस्ता दाबी गरिएको समाचार प्रकाशित भएका छैनन्। गुगल सर्च गर्दा उल्लेख गरिएको सञ्चारमाध्यमले एमालेको महाधिवेशनको समाचार प्रकाशित गरेको भेटिएन।साउथ एसिया चेकले हरेक सञ्चार माध्यमको वेबसाइटमा खोजी गरेको थियो।

ठाउँ कब्जा गरेको हिसाबले एमाले महाधिवेशनमा १० लाख भन्दा बढी मानवसागर उर्लिएको देखियो/ एमाले महाधिवेशनमा १५ लाखभन्दा बढी मानवसागर उर्लिएको तथ्यांक छ- बीबीसी

साउथ एसिया चेकले बिबिसी वर्ल्ड र बिबिसी नेपाली सेवाको वेबसाइटमा ‘कि वर्ड’ सर्च गरेको थियो। बिबिसी वर्ल्डमा सिपिएन युमएल, नेपाल, जनरल कन्भेन्सन जस्ता शब्द प्रयोग गरी खोज्दा कुनै पनि नतिजा देखाएन। पछि नेपाल, केपी शर्मा ओली कि वर्ड राख्दा नेपालसम्बन्धित अन्य खबरहरु देखाएको थियो। तर नेकपा एमालेको दशौ महाधिवेशन सम्बन्धी समाचार भेटिएन। बीबीसी नेपाली सेवामा नेकपा एमालेको महाधिवेशनको खबर प्रकाशित भएपनि १० लाख/ १५ लाख मानव सागर उर्लिएको भन्ने समाचार छैन।

कार्ल मार्क्सपछि विश्व कम्युनिस्ट धार अब कस्तो रहने भन्नेमा एमालेले तय गर्नेछ- अलजजिरा

अलजजिराको वेबसाइटमा पनि एमालेको महाधिवेशनबारेको कुनै पनि समाचार भेटिएन। नेपाल, सिपिएन युएम एल, जनरल कन्भेन्सन, नेपाल कम्युनिष्ट पार्टी, के पि शर्मा ओली जस्ता किवर्ड राखेर खोज्दापनि एमालेको महाधिवेशनको बारेमा भेटिएन। अलजजिराको वेबसाइटको एसिया र एसिया प्यासिफिक खण्डमा हेर्दापनि एमालेको महाधिवेशनको खबर भेटिएन।

नेपालमा देखिएको कम्युनिस्ट पार्टी र केपि ओलिको क्रेज अन्तर्राष्ट्रियस्तरकै रहेको प्रारम्भिक अनुमान- आजतक

आजतकको वेबसाइट र युट्युबमा पनि नेकपा एमालेको महाधिवेशनको बारेमा कुनै समाचार छैन। नेपाल कम्युनिष्ट पार्टी, सीपीएन युएमएल, जनरल कन्भेन्सन, केपी शर्मा ओली जस्ता किवर्ड राख्दा केही भेटिएन।

नेकपा महाधिवेशनलाई लिएर दक्षिणी एसियामा कम्युनिस्टको दरिलो उपस्थिति रहेको र चिनियाँ कम्युनिस्ट पार्टिले यसको उच्च मुल्यांकन गरेको सि जिङ्पिङ्ग ज्युको भनाइ बाहिर आएको छ- सिन्ह्वा

साउथ एसिया चेकले सिन्हवा न्युज एजेन्सीको वेबसाइटमा किवर्ड खोजी गरेको थियो। किवर्ड खोजी गर्दा एमालेको महाधिवेशनसम्बन्धी कुनै समाचार देखिएन। १ हप्तामा आएको समाचारहरुको सुची हेर्दापनि नेकपा एमालेको बारेमा लेखिएको त्यस्ता समाचार भेटिँदैन।

नेपालमा आगामी केही समयभित्रै कम्युनिस्ट सरकार बन्ने र त्यस्को नेतृत्व केपि ओलीले गरिरहेने स्थिति बनेको छ- रोयटर्स

रोयटर्सको वेबसाइटमा गएर नेपालको कम्युनिष्ट पार्टीको खोजी गर्दा यो एक हप्ताको अवधिमा कुनै समाचार भेटिएन।

मान्छेहरु महाअधिवेशन भन्नाले एमालेको कार्यक्रमलाई सम्झिनेछन्- द न्युयोर्क टाइम्स

द न्युयोर्क टाइम्सको वेबसाइटमा हामीले किवर्ड राखेर खोजी गर्यौं। वेबसाइटमा राखिएको खबरहरु यसो हेर्दा पनि एमालेको महाधिवेशनसम्बन्धी कुनै खबर छापिएको पाएनौं।

सामाजिक सञ्जालमा फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेकपा एमालेको महाधिवेशनको प्रशंसा गरेर समाचार आएको भन्ने दाबी झुटो हो।

(यो सामग्री साउथ एसिया चेक डट ओआरजीे तयार पारेको हो)

बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

भर्खरै

  • १.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

  • २.
    चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ३.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

  • ४.
    बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

  • ५.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

  • ६.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७.
    उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

  • ८.
    नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.