काठमाडाैं– निर्माणको तयारीमा रहेको चलचित्र ‘बाघचाल’ले ‘अडिसन’मार्फत अभिनेत्री चयन गर्ने भएकाे छ।
निर्माण समूहले प्रेस विज्ञाप्ति जारी गर्दै डिजिटल अडिसनमार्फत विश्वभरका आकांक्षीले सहभागिता जनाउन सक्ने जानकारी दिएको छ।
सहभागीले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो आगामी असार ७ गतेसम्म पठाइसक्नु पर्ने निर्देशक सम्राट बस्नेतले जानकारी दिए।
“कलाकारितामा भविष्य देख्नेलाई अवसर सिर्जना गरेका हौँ। नयाँ अनुहारको लागि राम्रो अवसर बन्न सक्छ”, उनले भने, “अडिसनको प्रारम्भिक चरणमा कसले अभिनय गर्न सक्छ या सक्दैन भन्ने थाहा हुन्छ।”
निर्देशक बस्नेतले अडिसनमार्फत छनोट गर्दा चरित्र सुहाउँदो पात्र छनोट गर्न सकिने बताए।
उत्तरगया म्यूजिक एण्ड फिल्मस् तथा सबिन फिल्मसकाे ब्यानरमा बन्ने चलचित्रमा गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ र अभिनेता सविन श्रेष्ठ कलाकारका रूपमा तय भइसकेका छन्।