• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता


    Avatar photo
मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित

काठमाडौं- भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेला परेको छ भने ५ हजार १३० जना अझै सम्पर्कविहीन छन्।

Advertisement

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ छन्।

उपचारका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। हालसम्म फेला परेका शवमध्ये १०४ को सनाखत भइसकेको छ। बाँकी शवको पहिचानका लागि डीएनए परीक्षणलगायत प्रक्रिया अघि बढाइएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७३७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये विभिन्न ३३ वटा होल्डिङ सेन्टरमा राखिएका नागरिकमध्ये नुवाकोटमा एक हजार ४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना छन्।

डीएनए नमूनाका आधारमा सनाखत हुन बाँकी शवको पहिचान गर्ने कार्य अघि बढाइएको प्राधिकरणले जनाएको छ।

त्यस्तै, विभिन्न १९ अस्पतालमा ३४१ जनाको उपचार गरिएकामा २७८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। विभिन्न सुरक्षा निकायमार्फत थप नौ हजार ३५८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्।

प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ। नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श प्रदान गरिएको प्रवक्ता महतले जानकारी दिइन्।

बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन्। सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनमा सक्रिय छन्।

भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धारकार्यलाई तीव्र बनाइएको प्राधिकरणले जनाएको छ।

मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.