• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २९, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

तीजको कोसेलीः कर्णालीको स्याउ

    Avatar photo
सोमबार, भदौ २९, २०८३ मा प्रकाशित

बाँके- कर्णालीको स्याउ सस्तोमा उपलब्ध भएपछि नेपालगञ्ज आसपासका क्षेत्रमा यस वर्ष तीजको कोसेलीका रुपमा घरघरमा पुगेको छ ।

Advertisement

नेपालगञ्जस्थित धम्बोझीमा कर्णालीको स्याउ खरिद गरिरहनुभएकी प्रकृति रानाले तीजमा खान, साथीसङ्गी तथा आफन्तकहाँ जाँदा कोशेली लैजान कर्णालीको स्याउ स्वादिलो र सजिलो भएको प्रतिक्रिया दिनुभयो ।

“सिजनको जुम्ली स्याउ स्वादिलो र रसिलो हुने भएकाले नेपालगञ्जबाट अन्यत्र जाँदा तीजमा कोसेलीका रुपमा लैजाने सहज भएको छ”, उहाँले भन्नुभयो, “विदेशी स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिष्ट र सस्तो भएकाले यो वर्ष धेरैको रोजाइमा परेको छ ।”

आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगञ्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१९ का ध्रव थापाले यस वर्षको तीजमा कर्णालीको स्याउ कोसेलीका रुपमा १५ किलो खपत गरेको बताउनुभयो ।

स्थानीय धम्बोझी चोकमा तीजलाई लक्षित गरेर केही दिनयता कर्णालीको स्याउ किनबेचको भीडभाड हुँदै आएको छ । उक्त चोकमा कर्णालीकै महिलाले भदौको पहिलो हप्तादेखि नै स्याउको बिक्री–वितरण गर्दै आएका छन् । जुम्लाको गुठीचौर गाउँपालिका–४ बाट ल्याइएको स्याउ बिक्री गरिरहनुभएकी कल्पना शर्माले अरू बेलाभन्दा तीजमा स्याउको बिक्री धेरै हुने गरेको बताउनुभयो ।

फलफूल पसलमा पुग्ने जुनसुकै उपभोक्ता पनि पछिल्लो समय कर्णालीकै स्याउ किन्ने गरेको पाइएको छ । नेपालगञ्जको त्रिवेणी मोडस्थित पुरानो फलफूल पसल महाराजा फ्रुटका सञ्चालक कमल सुनारले यतिबेला कर्णालीको स्याउको माग धेरै हुने गरेको बताउनुभयो । उहाँले आफ्नो पसलमा आउने उपभोक्ताले कर्णालीको स्याउ नै खोज्ने गरेको जानकारी दिनुभयो ।

कर्णाली प्रदेशका जिल्लामा उत्पादित स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको आयात घटेको छ । खासगरी जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउ ठूलो मात्रामा यहाँ भित्रिएको यहाँस्थित थोक बिक्रेता प्रेमलाल साहुले बताउनुभयो ।

नेपालमा उत्पादित स्याउ अहिले प्रतिकिलो रु १२० देखि रु १५० सम्ममा पाइएकाले जो कोहीका लागि तीजको कोसेली बनिरहेको छ । नेपालजञ्ज लगायत आसपासका बजारमा पछिल्लो समय जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको साहुले बताउनुभयो ।

सोमबार, भदौ २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ
हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो
तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह
स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

भर्खरै

  • १.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • २.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ३.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

  • ४.
    हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

  • ५.
    तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

  • ६.
    बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

  • ७.
    स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

  • ८.
    फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.