• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

शिवपुरी धाममा श्रद्धालुको भीड, भक्तिभावपूर्वक तीज पूजा

हरितालिका पर्व : पशुपति क्षेत्रमा बिहानैदेखि महिला व्रतालुको लाम

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

    Avatar photo
सोमबार, भदौ २९, २०८३ मा प्रकाशित

स्टकहोम- स्वीडेनको राष्ट्रिय निर्वाचनको प्रारम्भिक नतिजाले प्रधानमन्त्री उल्फ क्रिस्टरसनको दक्षिणपन्थी गठबन्धन र वामपन्थी विपक्षी गठबन्धनबीच कडा प्रतिस्पर्धा देखाएको छ।

Advertisement

सोमबार बिहानसम्मको मतगणनामा विपक्षी गठबन्धनले तीन सिटको झिनो अग्रता बनाएको छ। अन्तिम मतगणना पूरा नभएसम्म सरकार गठनबारे अनिश्चितता कायम रहने देखिएको छ।

स्वीडेनको निर्वाचन आयोगका अनुसार करिब ९४ प्रतिशत मत गणना हुँदा ३४९ सदस्यीय संसद्मा विपक्षी चार दलले १७६ सिट र सत्तारूढ गठबन्धनले १७३ सिट प्राप्त गर्ने दिशामा अघि बढेका छन्।

पूर्वप्रधानमन्त्री म्याग्डालेना एन्डरसनको नेतृत्वमा रहेको विपक्षी गठबन्धनले पुनःसत्ता फर्कने प्रयास गरिरहेको छ। तर प्रतिस्पर्धा निकै कडा रहेकाले क्रिस्टरसनले पनि सरकार गठनका सम्भावित विकल्प खोज्ने सङ्केत गर्नुभएको छ ।

“अन्तिम नतिजा आएपछि सम्भावित गठबन्धनका विकल्प हेर्नु राम्रो हुन्छ,” क्रिस्टरसनले सोमबार बिहान भन्नुभयो । उहाँले संसद्मा गैर–वामपन्थी आर्थिक बहुमत रहेको उल्लेख गर्दै सम्भावित विकल्पबारे विचार गर्ने बताउनुभयो ।

एन्डरसनले पनि आफ्ना समर्थकलाई अन्तिम नतिजाका लागि प्रतीक्षा गर्न आग्रह गर्नुभएको छ । “अहिले हामी अग्रस्थानमा छौँ, तर हामीले अन्तिम नतिजाको प्रतीक्षा गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

अन्तिम नतिजा बुधबारसम्म आउन सक्ने सम्भावना छ। स्थानीय निर्वाचन समितिले मतदानको दिनसम्म मतदान केन्द्रमा नपुगेका अग्रिम मत तथा विदेशबाट खसेका मतसमेत गणना गर्नेछन्।

क्रिस्टरसनले सन् २०२२ देखि तीन–दलीय मध्य–दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै आउनुभएको छ । उहाँको सरकार संसदीय बहुमतका लागि आप्रवासनविरोधी ‘स्वीडेन डेमोक्र्याट्स’ पार्टीको बाह्य समर्थनमा निर्भर थियो। गठबन्धन पुनः निर्वाचित भएमा उक्त पार्टीलाई सरकारमा सहभागी गराउने वाचा गरिएको थियो।

प्रारम्भिक नतिजामा ‘स्वीडेन डेमोक्र्याट्स’को मत हिस्सा १८ प्रतिशतभन्दा केही कममा सीमित भएको छ, जुन सन् २०२२ को तुलनामा करिब तीन प्रतिशतले कम हो। पार्टी दोस्रो स्थानबाट तेस्रो स्थानमा झरेको छ।

दोस्रो विश्वयुद्धयता स्वीडेनका अधिकांश सरकारको नेतृत्वमध्य–वामपन्थी सोसल डेमोक्र्याट्सले गर्दै आएका छन्। एन्डरसनले सन् २०२१ देखि २०२२ को निर्वाचनमा सत्ता गुमाउनुअघिसम्म प्रधानमन्त्रीका रूपमा काम गर्नुभएको थियो ।

चुनावी बहसमा आप्रवासन र अति–दक्षिणपन्थी ‘स्वीडेन डेमोक्र्याट्स’को सम्भावित सरकारी भूमिकाले प्रमुख स्थान पाएको थियो। पार्टीको स्थापना सन् १९८० को दशकमा नव–नाजी तथा अन्य दक्षिणपन्थी अतिवादी समूहमा सक्रिय व्यक्तिहरूले गरेका थिए।

करिब एक करोड छ लाख जनसङ्ख्या रहेको स्वीडेनमा ८० लाखभन्दा बढी नागरिक मतदानका लागि योग्य थिए।

सोमबार, भदौ २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ
हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो
तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह
फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु
फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

भर्खरै

  • १.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

  • २.
    हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

  • ३.
    तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

  • ४.
    बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

  • ५.
    स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

  • ६.
    फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

  • ७.
    फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

  • ८.
    शिवपुरी धाममा श्रद्धालुको भीड, भक्तिभावपूर्वक तीज पूजा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.