• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान


    Avatar photo
मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
काठमाडौं- आज १५ सेप्‍टेम्बर। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १२५४- ७७२ वर्षअघि मार्को पोलोको जन्म

आधुनिक संसारमा खासगरी होटल र कपडाको ब्रान्ड बनेको छ, ‘मार्को पोलो’। त्यस ब्रान्डको नाम प्रख्यात इटालियन खोजकर्ता मार्को पोलोको नाममा राखिएको हो। मार्को पोलोको जन्म सन् १२५४ मा भएको थियो। उनी इटालीका व्यापारी, खोजकर्ता र लेखक थिए। तत्कालीन रिपब्लिक अफ भेनिसका बासिन्दा उनले सिल्क रुटमार्फत सन् १२७१ देखि १२९५ सम्म एसियाको भ्रमण गरेका थिए। ८ जनवरी १३२४ मा ७० वर्षको उमेरमा उनको निधन भएको थियो। उनको एसिया भ्रमणबाट हालका चीन, भारतलगायत क्षेत्रका धेरै शहर र राज्यहरू बारे पश्‍चिमा मुलुकका बासिन्दाले जानकारी पाएका थिए।

– सन् १८९४- प्योङयाङ युद्धमा जापानको विजय

हाल उत्तरकोरियाको राजधानी प्योङयाङमा भएको युद्धमा जापानले विजय हासिल गरेको थियो। यस युद्धमा मिजी जापान र किङ चीनका सेनाबीच लडाइँ भएको थियो।

– सन् १९३५- नाजी पार्टीले ल्याएको जरेम्बर्ग कानून कार्यान्वयनमा

यो कानूनमार्फत जर्मनीको नाजी पार्टीले यहुदीहरूको नागरिकता रद्द गरिदिएको थियो। र, गैर-यहुदी मुलका मानिसहरूसँग सम्बन्ध राख्‍न निषेध गरेको थियो। यही कानूनमार्फत स्वस्तिक चिह्नलाई जर्मनीको आधिकारिक प्रतीक बनाइएको थियो।

– सन् १९८१- जोन बुल सबैभन्दा पुरानो लोकोमोटिभ

जोन बुल सबैभन्दा पुरानो परिचालनयोग्य लोकोमोटिभ बनेको थियो। ब्रिटिसहरूद्वारा निर्मित तथा अमेरिकाको न्युजर्सीमा सञ्‍चालित वाष्‍प इन्जिन १५ सेप्‍टेम्बर १८३१ देखि सञ्‍चालनमा ल्याइएको थियो।

– सन् २००८- अमेरिकी इतिहासकै ठूलो ‘बैंकरप्सी’

लेहम्यान ब्रदर्श होल्डिङ्सले आजकै दिन आफ्नो कम्पनी टाट पल्टिनबाट जोगाइदिन सरकार समक्ष निवेदन दिएको थियो। यो अमेरिकी इतिहासकै ठूलो ‘बैंकरप्सी’ थियो। सन् २००८ को विश्‍वव्यापी आर्थिक मन्दी त्यसको कारक थियो।

– सन् २०१८- १३ हजार वर्ष पुरानो बियर

सन् २०१८ मा आजकै दिन इजरायलको हैफामा १३ हजार वर्ष पुरानो बियर फेला परेको थियो। यो हालसम्मको सबैभन्दा पुरानो बियर भएको दाबी पुरातत्वविदहरूले गरेका थिए। नटुफियन नाम दिइएका फिरन्ते मानिसहरूले १३ हजार वर्षअघि बियर पिउने गरेको तथ्य सार्वजनिक भएको थियो।

– सन् २०२१- चीनविरुद्ध अमेरिकाको मोर्चाबन्दी

सन् २०२१ मा आजकै दिन अमेरिकाले चीनविरुद्ध तीन देशको सुरक्षा मोर्चाबन्दी तयार पारेको थियो। उक्त मोर्चामा अमेरिका, बेलायत र अस्ट्रेलिया सामेल थिए। ‘अकुस’ नाम दिइएको उक्त मोर्चाअन्तर्गत अस्ट्रेलियालाई न्युक्लियर-पावर्ड सबमरिनयुक्त बनाउने पनि उल्लेख थियो।

– सन् २०२२- रुसले हत्या गरेका ४५० को चिहान फेला

सन् २०२२ मा आजकै दिन युक्रेनमा एक सामूहिक चिहान फेला परेको थियो, जसमा ४५० शव थिए। इजियम नामक स्थानमा फेला परेका ती सबै शव रुसी सेनाले हत्या गरेका मानिसका थिए। संयुक्त राष्‍ट्र संघको टोलीले उक्त चिहान उत्खनन् गरेको थियो।

– सन् २०२४- तुफान बोरिसले मच्चायो युरोपका ६ देशमा आतंक

सन् २०२४ मा आजकै दिन युरोपको पूर्वी क्षेत्रका ६ देशमा ‘बोरिस’ नाम दिइएको तुफानले आतंक मच्चाएको थियो। त्यसका कारण पोल्यान्ड, अस्ट्रिया, चेक गणतन्त्र, हंगेरी, स्लोभाकिया र रोमानियामा भीषण वर्षा भएको थियो। सबै मुलुकमा गरी ७ जनाको ज्यान गएको थियो।

– सन् २०२५- ड्रग भेसलमाथि अमेरिकी आक्रमण

सन् २०२५ मा आजकै दिन अमेरिकाले ड्रग बोकेर ‘अन्तर्राष्‍ट्रीय जल’मा तैरिरहेको एक पानीजहाजमाथि आक्रमण गरेको थियो। घातक हतियारबाट गरिएको उक्त आक्रमणमा ३ जना मारिएका थिए।

मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

भर्खरै

  • १.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • २.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ३.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ४.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ५.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ६.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ७.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

  • ८.
    हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.