मेष- दीर्घकालीन लाभका क्षेत्रमा लगानी गर्ने समय छ। मिहिनेती स्वभावले एकपछि अर्को अवसर प्राप्त होलान्। आफ्नै कमजोरीले पछाडि पर्न सकिने छ।
वृष- दुःख, सुखमा साथ दिनेहरू प्रशस्तै भेटिने छन्। टाढाको लाभदायक यात्रा हुन सक्छ। अध्ययन, अध्यापन सफल रहलान्। नयाँ काम थालनी गर्ने योग छ।
मिथुन- आजको दिन पराक्रम बढ्ने योग छ। मान प्रतिष्ठा पनि पाइएला। अति महत्त्वाकांक्षाले बदनामी दिलाउने छ। साथीभाइले भने साथ देलान्।
कर्कट- आफ्ना योजनाहरू गोप्य राखेर अगाडि बढ्नु होला। स्वास्थ्य कमजोर रहने छ। आज आर्थिक संकटको योग रहेकाले मितव्ययी बन्नु उत्तम हुनेछ।
सिंह- उपहार प्राप्त हुन सक्छ। अरूको मुख ताक्न छाड्नु नै उत्तम हुनेछ। आफ्नै कमजोरीले काम सम्पादन नहुन सक्छन्। आज धोका पाइने सम्भावना पनि छ।
कन्या- विलासी जीवनशैलीले अत्यधिक खर्च बढाउला। मितव्ययी बन्नु नै उत्तम हुनेछ। अध्ययन, अध्यापन सफल रहलान्। नयाँ काममा अगाडि बढ्ने समय छ।
तुला- इष्टमित्रको सहयोग प्राप्त होला। पारिवारिक जमघटमा मन रमाउला। दाम्पत्य जीवन सुखमय रहला। दिन मनोरञ्जनपूर्ण रहने छ।
वृश्चिक- स्वास्थ्य कमजोर रहने भएकाले खानपानमा नियन्त्रण गर्नु अत्यावश्यक छ। शत्रु सक्रिय रहेकाले सावधानी अपनाउनु होला। धनमाल हराउने सम्भावना पनि छ।
धनु- आर्थिक संकटले सताउला। तथापि, साथीभाइको सहयोगमा काममा सफलता हासिल होला। विशिष्ट व्यक्तिको साथ पाइएला। खर्चलाई नियन्त्रणमा राख्नु उत्तम हुनेछ।
मकर- आश्वासन दिएर झुक्याउनेहरूबाट सावधान रहनु होला। दीर्घकालीन लाभका क्षेत्रमा हात हाल्नु उत्तम हुनेछ। व्यापार, व्यवसाय लाभदायक रहलान्।
कुम्भ- मनमा डरले डेरा जमाउला। आर्थिक संकटको पनि सामना गर्नु पर्ला। पठनपाठनको क्षेत्र पनि खासै लाभदायक नरहला। आजको दिन अलि निराशाजनक बित्न सक्छ।
मीन- पारिवारिक जमघटको अवसर प्राप्त होला। तर, स-साना कामले अल्झाउन सक्छन्। स्वास्थ्य कमजोर रहने योग छ। आजको दिन त्यति उत्साहजनक नरहन सक्छ।