• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

नीरफूलको ‘लिरिकल भिडियो’ सार्वजनिक


मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित

काठमाडाैं– यही जेठ २६ गते प्रदर्शन गरिने चलचित्र ‘नीरफूल’ को ‘लिरिकल भिडियो’ सार्वजनिक गरिएको छ। हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक दृश्यसँगै विपत्तिपछि एउटा परिवारमा आएको हलचल प्रस्तुत गरिएको छ।

Advertisement

चलचित्रमा विसं. २०७२ को भूकम्पमा परेर परिवारका सदस्य गुमाएको कथाबस्तु समेटिएको छ। प्रस्तुत गीतमा राजेश पायल राईको स्वर र चन्द्रकुमार दोङको संगीत रहेको छ।

सेलो सङ्गीतमा आधारित गीतको लिरिकल भिडियोमा दयाहाङ राई आफ्नो परिवारसँग रमाइरहेका देखिन्छन् तर भूकम्पपछि परिवारका सदस्य गुमाउनुपर्दाको दुःख र पीडाहरु पनि प्रस्तुत गरिएको छ।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकीको अभिनय रहेको यस चलचित्रको निर्देशन फूलमान वलले गरेका हुन्। पटकथा लेखकसमेत रहनुभएका निर्देशक वल यो चलचित्रमा भूकम्पले तोडेको सम्बन्धलाई जोड्न गरिएको प्रयत्न रहेकाे बताए।

‘कन्टेन्ट’ प्रधान चलचित्रका रूपमा रहेको ‘नीरफूल’ मा विगतको त्यो त्रासदीपूर्ण भूकम्पमा आफूले पनि भोग्नुपरेको पीडालाई स्मरण गर्दै दर्शकले रुचाउनेमा उनको अपेक्षा छ। धादिङको रुवीभ्याली र रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौंमा छायाङ्कन गरिएको यस चलचित्रमा अभिनेत्री रेखा थापाको विशेष भूमिका रहेको छ।

प्रमोद कार्कीले खिचेको यस चलचित्रमा सचिन घिमिरे एशोसिएट निर्देशक, निमेष श्रेष्ठको सम्पादन एवं अर्जुन पोखरेल तथा चन्द्रकुमार दोङको सङ्गीत रहेको छ। नेपाल-म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको यस चलचित्रमा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको पनि अभिनय छ।

सोनाम डोमा कार्यकारी निर्माता रहेको यस चलचित्रमा निर्माताका रुपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा र ईन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा र विके श्रेष्ठलगायत रहेका छन्।

मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.