• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

लिलिपुटबारे पूर्व प्रधानमन्त्री ओलीको दाबी गलत


सोमबार, असोज ०४, २०७८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय संगठन विभागले गत भाद्र २१ गते आयोजना गरेको बृहत युवा भेला तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले हाल बनेको गठबन्धनको सरकारका बारेमा विभिन्न टिकाटिप्पणी गरेका छन् । हालै मात्रै एमालेबाट अलग भएका माओवादी र माधव नेपाल पक्षप्रति लक्षित गर्दै उनले तिनलाई अफ्रिकाका सानो मानव जातिको संज्ञा दिएका छन् । उनले भनेका छन्, “एउटा जाति हुन्छ, अफ्रिकामा लिलिपुट भन्ने, सानो ।

Advertisement

उनीहरुको प्रजनन उमेर भनेको सात/आठ वर्षमा हुन्छ । पन्ध्र वर्ष सम्ममा उनीहरु बुढापाका भइसक्छन् । प्रजनन उमेर सिद्दिन्छ । र, बिसदेखि बढी बाँचे हाम्रो सय वर्ष नाघेकोमा खुशी हुन्छौं नि, त्यस्तै पच्चिस वर्ष कोही पुग्यो भने उधुम हो, नत्र २० वर्षमा बितिसक्छ । त्यस्तो एउटा सानो जाति हुन्छ, बेग्लै खालको । लिलिपुट भन्छन् ।” साउथ एसिया चेकले ओलीको दाबी कति सत्य छ भनी जाँच गरेको छ । ओलीले अफ्रिकामा लिलिपुट नाम गरेको एक सानो मानव जाति रहेको दाबी गरेका छन् । तर लिलिपुट नाम गरेको सानो मानव जाति संसारको कुनै पनि कुनामा छैन ।

लिलिपुट कुनै जातिको नाम नभई अंग्रेजीभाषी साहित्यकार जोनाथन स्विफ्टले लेखेको चर्चित उपन्यास ‘गलिभर्स ट्राभल्स्’ मा उल्लेख गरिएको एक काल्पनिक टापुको नाम हो । १८ औं शताब्दीमा प्रकाशित उपन्यासमा प्रमुख पात्र लमियुल गलिभर नामक डाक्टरले गरेको यात्रामा भएका घटनाहरु समेटिएको छ । उक्त उपन्यासमा ती पात्रले गरेका विभिन्न ठाउँहरुको यात्राकाे चित्रण छ । तिनै ठाउँहरुमध्ये गलिभरले यात्रा गरेको पहिलो टापुको नाम हो, लिलिपुट । त्यो काल्पनिक टापु एकदमै सानो रहेको र त्यहाँ बसोबास गर्ने मानिसहरुको उचाइ ६ इन्च मात्र हुने उपन्यासमा उल्लेख छ ।

लेखकले लिलिपुटमा बस्ने ती साना मानिसहरुलाई लिलिपुटियन्स नाम दिएका छन् । बेलायतको ‘द गार्डियन’ समाचारपत्रमा सन् २०१३ मा प्रकाशित एक लेखमा गलिभर्स ट्राभल्स्लाई विश्वका उत्कृष्ट १०० उपन्यासमध्ये एक मानिएको थियो । जोनाथन स्विफ्टले उक्त उपन्यासमा लिलिपुटियनको शारीरिक विशेषताबारे केही उल्लेख गरेका छैनन् । तर उनीहरुलाई चलाख, स्वार्थी र हिंसात्मक मान्छेको रूपमा वर्णन गरेका छन् ।

उनले लिलिपुटको छिमेकी शत्रुको रुपमा अर्को सानो टापु ‘ब्लाफुस्कु’ को कल्पना गरेका छन्, जस्मा बसोबास गर्ने साना मानिसहरुलाई ‘ब्लाफुस्कुडियन्स’ नाम दिइएको छ । संसारभरि लिलिपुट नामको कुनै पनि जाति नरहेको र यो शब्द मात्र काल्पनिक रुपमा लेखकले आफ्नो उपन्यासमा प्रयोग गरेको पाइएको छ । हामीले यस विषयमा थप खोजी गर्दा ओलीले उल्लेख गरेको विवरण अफ्रिका र एसियामा बस्ने ‘पिग्मीज’ नामक एक मानव जातिसँग मेल खाएको पाइयो । शिकार गर्ने यी जाति सामान्यतया पाँच फिट अग्ला हुन्छन् ।

इन्साइक्लोपेडिया ब्रिटानिकाको अनलाइन संस्करणका अनुसार सबैभन्दा प्रख्यात पिग्मी समूह अफ्रिकामा भुमध्य रेखाको दायाँ-बायाँ बस्दछन् । पिग्मीज भनेर मुख्यत: यी समूहलाई चिनिन्छ । तिनीहरू क्यामरून, रुवाण्डा, बुरुन्डी, कंगो जस्ता मध्य र पश्चिम अफ्रीकी मुलुकका जंगलमा बस्छन् । तिनीहरुको जनसंख्या १२०,००० भएको अनुमान छ । एशियामा पिग्मीज नेग्रिटोसको नामले चिनिन्छ।

पिग्मीजहरुको औसत आयु १६ देखि २४ वर्षको हुने गर्दछ । औसत आयु कम भएकै कारण उनीहरु चाँडै यौवनावस्थामा प्रवेश गर्दछन् । ओलीले आफ्नो भाषणमा साना मानिस भनी पिग्मीजको बारेमा उल्लेख गरेका हुन सक्छन् । तर अफ्रिकामा रहेका साना मानव जातिलाई लिलिपुट भनिन्छ भन्ने उनको दाबी गलत छ किनकि लिलीपुट एक काल्पनिक टापु हो । ओलीले गरेको दाबी पिग्मीजको जैविक विशेषतासँग भने मिल्दोजुल्दो पाइएको छ ।

(यो सामग्री साउथ एसियाचेक डट ओआरजीले तयार पारेको हो ।)

सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.