• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

नेपालमा कति छन् वैज्ञानिक ? छैन आँकडा


शनिबार, असोज ०२, २०७८ मा प्रकाशित

Advertisement

न्युज कारखाना

काठमाडौं- यस वर्षको राष्ट्रिय विज्ञान दिवस ‘विज्ञान तथा प्रविधिको उन्नत विकास: प्रकोप र महामारीबाट सहज निकास’ भन्ने नाराका साथ मनाइयो । दिवस मनाइरहँदा नेपालमा भने वैज्ञानिक तथा प्राविधिकहरुको अनुमानितबाहेक यकिन तथ्यांक छैन ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नाष्ट)ले नवौं दिवस भर्चुअल माध्यमबाट प्रचारात्मक कार्यक्रमहरु गरेर मनायो । जहाँ यस क्षेत्रमा भएका उपलब्धिहरुको सविस्तार वर्णन गरियो । तर विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरेर देश विकासमा टेवा पुर्‍याउन ठूलो भूमिका रहेको यस क्षेत्रको जनशक्तिको पछिल्लो तथ्यांक नहुनु आफैंमा निराशाजनक कुरा हो ।

नाष्टका वरिष्ठ प्राविधिक अधिकृतसमेत रहेका प्रवक्ता डा. सुरेशकुमार ढुङगेलकाअनुसार सन् २०१० को तथ्यांकअनुसार नेपालमा ४४ हजार ४४ जना वैज्ञानिक/प्राविधिक छन्। ‘अद्धावधिक तथ्यांक नरहेकोले अहिले नेपालभित्र र नेपाल बाहिर रहेका क्रियाशील नेपाली वैज्ञानिक/प्राविधिकको संख्या १ लाख भन्दा बढी पुग्छ,’ ढुंगेलले न्युज कारखानासँग भने, ‘विज्ञान प्रविधि मन्त्रालय जिम्मेवार नबन्दा यकिन तथ्यांक आउन सकेको छैन ।’

विश्वका प्रतिदश लाख वैज्ञानिकमा नेपालमा एक हजार ८० मात्र वैज्ञानिक जनशक्ति छन् । नयाँ पेटेन्ट दर्ता संख्याको हिसाबले कमजोर नेपाल वैज्ञानिक लेख प्रकाशनको ९१ औं नम्बरमा रहेको तथ्यांक छ ।

अन्य देशको तुलनामा नेपालमा विज्ञान विषय पढ्ने विद्यार्थीको संख्या निकै कम छ । तर विगतभन्दा नेपालले विधागत जनशक्ति उत्पादनमा विकास गर्दैछ, विज्ञान विषय पढाउने कलेज तथा विश्वविद्यालयको संख्या पनि बढ्दै छ । समग्रमा भन्ने हो भने नेपालले अहिले विज्ञान तथा प्रविधिको क्षेत्रमा फड्को मार्दै गएको सरोकारवाला बताउँछन् ।

‘नेपालीस्याट–१’ पछि ‘नेपालीस्याट–२’-‘पदयात्री’

नेपालले ११ अप्रिल २०१९ मा लञ्च गरेको ‘नेपालीस्याट–१’ पनि यसकै एक उदाहरण हो । नेपालको पहिलो भू–उपग्रह भनिएको ‘नेपालीस्याट–१’ सेप्टेम्बरको अन्तिम सातासम्म वायुमण्डलमा खस्ने बताइएको छ । ‘नेपालीस्याट–१’को अमेरिकास्थित भर्जिनिया राज्यमा रहेको प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो । यो नानो स्याटेलाइटको आयु २५ अगष्टमा सकिने अनुमान गरिए पनि सेप्टेम्बर अन्तिम साता वायुमण्डलमा आएपछि आफैं जलेर नष्ट हुनेछ ।

नेपालको रिसर्च प्रोजेक्टको रुपमा रहेको यो स्याटलाइटले हाल पृथ्वीको परिक्रमा गरिरहँदा यो अभियान सफल भएको दाबी नाष्टको छ । यो स्याटेलाइट जापानको क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा अध्ययन गरिरहेका आभाष मास्के र हरिराम श्रेष्ठले तयार गरेका थिए । अब टोलीले ‘नेपालीस्याट–२’ मिसन अन्तर्गत नानो स्याटेलाइट तयार गर्ने काम गरिरहेको छ । ‘पदयात्री’ नाम दिएर दोस्रो अन्तरिक्ष अभियान सुरु भएको भन्दै नाष्टले यसले अन्तरिक्ष विज्ञानमा नेपाली युवामा थप ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।

नाष्टले विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरिरहँदा संघीय संरचनामा रहेका प्रदेश मातहतका निकाय भने त्यति सक्रिय देखिँदैन । अहिले अन्य प्रदेशमा प्रादेशिक संरचनाहरु भने बन्न थालेका छन् । ती संरचनाहरुलाई सक्रिय बनाउनका निम्ति पनि नाष्टले अनुसन्धानका लागि विशिष्टता केन्द्र सञ्चालनमा ल्याउने योजना बनाएको छ । तर यो योजना कार्यान्वयन गर्न पनि सरकारले बजेट नछुट्याएसम्म कार्यक्रम सञ्चालन गर्न नसकिने नाष्टको भनाइ छ ।

प्रविधि क्षेत्र बलियो बनाउन विभिन्न कार्यक्रम

विज्ञान तथा प्रविधिको क्षेत्रलाई बलियो बनाउँदै लैजान नाष्टले विभिन्न समयमा विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालनमा ल्याउने गरेको छ । कोरोना महामारीको समयमा समृद्धिका लागि नवप्रवर्तन भन्ने कार्यक्रम ल्याएको थियो । जसको मुल उद्देश्य कोभिडको क्षेत्रमा योगदान पुर्‍याउन सक्ने किसिमका आविष्कारहरु गर्नु हो ।

यस्तै नाष्टले ‘ब्रेन पुलिङ’ कार्यक्रम पनि ल्याएको छ । नाष्टका प्रवक्ता ढुंगेलले भने, ‘यसअन्तर्गत नेपालमा विज्ञान क्षेत्रमा धेरै दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगारको स्थिति सिर्जना गराउन भूमिका खेल्नु र विदेशमा रहेका नेपाली वैज्ञानिकहरुलाई स्वदेशमा आएर विज्ञानको क्षेत्रमा योगदान पुर्‍याउने वातावरण सिर्जना गर्नु हो ।’

देश विकासमा विशिष्ट योगदान पुर्‍याउने क्षेत्र भए पनि विज्ञान तथा प्रविधितर्फ सरकारको चासो आवश्यकता अनुसार पुग्न सकेको छैन । विज्ञानको विकास नेपालमा नभएकाले, नेपाल यस क्षेत्रमा पछि पर्नु स्वभाविक भए पनि समयअनुसार विकासको लय पकड्न नसक्दा देश झनै पछाडि पर्ने सरोकारवाला बताउँछन् ।

त्यसैले राज्यले विज्ञान प्रविधि तथा अनुसन्धानको क्षेत्रमा पनि आवश्यकताअनुसार बजेट छुट्याएर उत्पादित जनशक्तिलाई रोजगारी तथा उद्यमशिलताको वातावरण सिर्जना गर्नु आजको आवश्यकता रहेको विज्ञान अनुसन्धानकर्ताको माग छ । राज्यले कूल बजेटको ०.३ प्रतिशतमात्रै लगानी अनुसन्धान र विकासमा गर्दै आएको छ ।

शनिबार, असोज ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.