• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

‘सेफ्स बर्गर’ कथा : दुबईमा भेट भएका तीन नेपाली युवाको सपनाको संसार


आइतबार, भदौ २०, २०७८ मा प्रकाशित

Advertisement

काठमाडौं- वैदेशिक रोजगारीको सिलसिलामा संखुवासभा धर्मदेवी-८ का तीर्थराज कटवाल, सिन्धुपाल्चोक साँगाचोक गढी-७ का महेन्द्रमान तामाङ र सुरज तामाङको भेट दुबईको जुमेरा टावरको पाँचतार होटलमा हुन्छ। यी नेपाली युवाले लामो समय विदेशमा सेफ र हस्पिटालिटी सिक्छन्।

करिब १७-१८ वर्ष पाँचतारे होटलमा सेफ र हस्पिटालिटीमा निपुणता हासिल गरेका उनीहरूलाई आफूले जानेको सीपलाई जन्मभूमिमै किन उपयोगमा नल्याउने भन्ने प्रश्नले घचघच्याइरहेको थियो।

‘एउटा यस्तो प्लेटफर्म बनाऊँ, जहाँ हाम्रो आफ्नो पहिचान पनि बनोस् र हामीले आफ्नो सीप नयाँ युवामा प्रसार गर्दै उनीहरूले वैदेशिक रोजगारीमा पनि योग्यताअनुसार काम पाउन्’ भन्ने सोच अनि सीपको उपजका रूपमा ०७५ सालमा काठमाडौं चाबहिलमा पहिलो सेफबर्गर नेपाल स्थापना गर्छन्।

तीर्थराज कटवाल

फागुन ०७५ म सुरज तामाङ र महेन्द्रमान छुट्टिमा घर आएका हुन्छन्। त्यही बेला चाबहिलमा सेफ्स बर्गर हाउस स्थापना गर्छन्। बिदामा आएर खेलेको उक्त रेस्टुराँको योजना भने उनीहरूले विदेशमै बनाइसकेका थिए।

तीर्थराज भन्छन्, ‘सेफ्स बर्गर हाउस सेफहरूको समूहले मिलेर खोलेको रेस्टुराँ हो, जसमा विभिन्नथरिका कुइजिन पाइन्छ। झट्ट सुन्दा बर्गर मात्र पाइने हो कि भन्ने धेरैलाई लागे पनि हामीले विभिन्नथरिका कुइजिन मेनुमा राखेका छौँ।’

हरेक सेफका आफ्नै कौशल

तीर्थराज ग्राहक केन्द्रित सेवा अर्थात् हस्पिटालिटीमा पोख्त छन्। उनले ‘स्पा तथा वेलनेस’ मा दुबईमा एक वर्ष डिप्लोमा पनि गरे। काम गरिरहेको कम्पनीबाट उनले उक्त कोर्सका लागि मौका पाएका थिए।

महेन्द्रमान तामाङ

महेन्द्रमान भने एसएलसी उत्तीर्ण भएसँगै सेफ लाइनमा लागे। विदेश जानुअघि उनले नेपालमै पनि ठमेलमा सेफको रूपमा बाटो पहिल्याइसकेका थिए। त्यसपछि उनले इटालियन र फ्रेन्च कुइजिनमा दक्षता हासिल गरे। १७-१८ वर्षको अवधिमा उनी थाई, भियतनामी, मेलसियन, सिगापुरियन र युरोपियन गरी अन्तर्राष्ट्रिय खानामा ‘अल राउन्डर’ बनेका छन्।

सुरज तामाङको विशेषज्ञता एसियन कुइजिनमा छ। इटालियनमा पिज्जामा पनि उत्तिकै दक्ष छन्।

सुरज तामाङ

सेफ्स बर्गरको मल्टी कुइजिन : स्वादिलो पनि, अर्गानिक पनि

झट्ट सुन्दा बर्गर मात्र पाइने फास्टफुड रेस्टुराँजस्तो लागे पनि मेनु हेरेर मल्टी कुइजिन ब्रान्ड छनोट गर्न पाउँदा ग्राहकले अलग्गै आनन्द अनुभूति गर्न सक्छन्। सेफ्स बर्गरमा थाई, कोरियन, कन्टिनेन्टल गरी मल्टी कुइजिन विभिन्नथरिका खानाको स्वाद लिन सकिन्छ।

‘हाम्रो विशेषतमा पार्टी भेनु आयोजना गर्ने, डाइनिङ, फास्ट कस्टोमर सर्भिस तथा टेकअवे सेवा छन्,’ कटवाल भन्छन्, ‘टेकअवेअन्तर्गत फुडमान्डु, पठाओ, ‘पिक मी’ गरी अन्य फुड डेलिभरी पार्टनर छन्।’

पहिलो कोरोनाकालमा व्यापार ठप्प हुँदा स्टाफ पाल्नसमेत धौधौ परेको अनुभव महेन्द्रमानले बाँडे। पछिल्लोपटकको निषेधाज्ञामा टेकअवेले व्यापारलाई थोरै भए पनि राहत दिएको उनको भनाइ छ। अबका लागि रेस्टुराँ साविकझैँ खुले पनि टेकअवेलाई भने निरन्तरता दिने उनीहरूको योजना छ।

हालसम्म पाँचौँ आउटलेट, अन्य दुई थपिँदै

२०७५ सालमा चाबहिल गोपीकृष्ण हल पछाडि पहिलो आउटलेट खोलेसँगै हालसम्म पाँचवटा आउटलेट उनीहरूले खोलिसकेका छन्। दोस्रो आउटलेट उनीहरूले बौद्ध टुसालमा खोलेका थिए। ०७६ सालको अन्तिमतिर मध्यबानेश्वरस्थित एपेक्स कलेज छेउमा सेफ्स बर्गरको तेस्रो आउट स्थापना भयो।

२०७७ सालमा कोरोना सुरुवात हुने समयमा चौथो आउटलेट लगनखेलमा स्थापना भयो। अहिले ठमेल ज्याठामा अहिले पाँचौँ आउटलेटको तयारी भइरहेको उनीहरूले जानकारी दिए।

यस्तै, भक्तपुर बालकोट, काठमाडौं सामाखुशीमा नयाँ आउटलेट खोल्ने उनीहरूको योजनाले छिट्टै मूर्त रूप पाउँदै छन्। आफ्नो ब्रान्ड विस्तारका लागि बालकोटजस्ता शहरबाट केही पर पनि आउटलेट विस्तार गर्ने उनीहरूको जमर्को हो। ‘बालकोटका बासिन्दा झलक खत्रीसँग पहिले सँगै काम गरेको हिसाबले उहाँ इच्छुक देखिनुभयो र हामीले पनि आँट गरेका हौँ,’ कटवाल भन्छन। त्यो सातौँ आउटलेट हुनेछ।

उपत्यकाबाहिर धरान, इटहरी, बिर्तामोड, पोखराजस्ता व्यस्त शहरमा पनि आउटलेट खोल्ने योजनामा उनीहरू छन्।

लाखौँ लगानी, सेवा विस्तारमा केन्द्रित

संस्थापकहरूले जनही ८० लाख रुपैयाँ लगानी गरेका छन्। यस्तै, बोर्डमा रहेका अन्य तीन युवाले ५० लाख रुपैयाँ लगानी गरेका छन्। नेपालमै व्यवसाय गरेर बसेका काभ्रेका उत्तम दुलाल र छ्याङ लामा तथा धादिङका वसन्त सिंखडा बोर्डका सदस्य हुन्। यसरी नै कम्पनीलाई अगाडि बढाइरहेका छन्, उनीहरू।

सेफ्स बर्गरको उद्देश्य आउटलेट खोलेर पैसा कमाउनु मात्रै नभई सोसल वर्क र युवालाई तालिम दिनु पनि हो। नेपालबाट हातमा सीप नभएका दाजुुभाइलाई सिपालु बनाएर विदेश पठाउन सके सहजै काम पाउने उनीहरूले लामो समयको वैदेशिक रोजगारीमा जानकारी हासिल गरेका छन्।

कटवाल भन्छन्, ‘हातमा राम्रो सीप नहुँदा हामीले विदेशमा कति नेपाली दाजुभाइ, दिदीबहिनीले दुःख पाएको देखेका छौँ। भविष्यमा त्यस्तो अवस्था नरहोस् भन्ने हाम्रो लक्ष्य हो।’

अहिले पनि उनीहरूले बरिस्ता कफीको तालिम सेफ्स बर्गरमा सञ्चालन गरिरहेका छन्। चाँडै नै कुइजिन सिकाइका लागि सेन्ट्रल किचेन स्थापना गर्दै छन्। र, ‘सर्भिस ओरिएन्टेड’ तालिम शुरु गर्दै छन्।

सेफ्स बर्गरमा होम-मेड र अर्गानिक मसलाहरू मात्र प्रयोग गर्छन्। आफैँ सेफ भएको नाताले उनीहरू यसमा अनुभवी छन्। रेडिमेड ससजस्ता वस्तु उनीहरू प्रयोग गर्दैनन्।

महेन्द्रमान भन्छन्, ‘रेडिमेड सामानमा के कस्तो मिश्रण भएको छ, थाहा हुँदैन। लामो समय सेफ भएका कारण आफैँलाई ती सामान बनाउने प्रोसेस र आवश्यक सामग्रीबारे जानकारी छ। र, अन्य रेस्टुराँको तुलनामा हाइजेनिक र स्वादिलो खाना पाइने प्रतिक्रिया ग्राहकबाट पाउँदै आएका छौँ।’

भविष्यमा सिन्धुपाल्चोकमा उत्पादित एभोकाडो, संखुवासभाको नास्पाति, मास, खुर्सानीजस्ता गाउँमा किसानले फलाएका स्थानीय जातका अर्गानिक खाद्यवस्तु खरिद गरेर ल्याउने योजना तयार गरिरहेका छन्। छिट्टै ती खाद्यवस्तु सेफ्स बर्गर किचेनका शोभा बन्ने छन्। ‘सेफ्स बर्गरको पहिचान गाउँ’ र ‘गाउँको पहिचान सेफ्स बर्गर’ उनीहरूले नारा नै बनाएका छन्। र, यसमा प्रचुर सम्भावना देखेका छन्।

आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.