• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

चुनौतीको चाङमाथि शेरबहादुरको सत्तारोहण


मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित

सर्वोच्च अदालतको परमादेशबाट मुलुकको ४३औँ प्रधानमन्त्री बनेका छन्, शेरबहादुर देउवा । विद्यार्थी राजनीति हुँदै कांग्रेस नेता अनि चारपटक मुलुकको प्रधानमन्त्रीका रूपमा उनको विगत शानदार छ । पाँचौँपटकको उनको सत्तायात्रामा चुनौतीको चाङ देखिन्छ ।

Advertisement

२३ जेठ ०७४ मा चौथोपटक मुलुकको सत्ताको बागडोर सम्हाल्दा कांग्रेस सभापति शेरबहादुर देउवासामु तीनै तहका निर्वाचन गराएर संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्नुपर्ने चुनौती थियो । त्यसको चार वर्षपछि २९ असारमा पाँचौँपटक प्रधानमन्त्री बन्दै गर्दा देउवासामु निवर्तमान प्रधानमन्त्री केपी ओलीले झण्डै लिकबाहिर पुर्‍याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई लयमा फर्काउने चुनौती छ । यसबीचमा भएका असंवैधानिक र गैरलोकतान्त्रिक क्रियाकलापलाई नामेट पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रको दोस्रो निर्वाचन (तीनवटै तह) सम्पन्न गराएर जननिर्वाचित प्रतिनिधिलाई सत्ताको बागडोर सुम्पिनु छ ।

छिमेकी भारत र चीन मात्र होइन, युरोपेली मुलुकहरू र अमेरिकासँगको देउवाको सम्बन्ध सौहाद्र्रपूर्ण मानिन्छ । केपी ओली नेतृत्वको निवर्तमान सरकारले लथालिंग बनाएको कूटनीतिक सम्बन्धलाई पनि लयमा फर्काउनुपर्ने चुनौती उनीसामु छ । कार्यकारी संस्थाले सेरेमोनियल राष्ट्रपतिलाई वैदेशिक सम्बन्ध सुम्पिने अभ्यास ओली सरकारले गरिसकेको छ । फेरि कार्यकारी तहबाटै वैदेशिक सम्बन्धको ‘डिल’मा देउवाले खरो उत्रिनु छ ।

को हुन् देउवा ?

डडेलधुराको पश्यगर्खा क्षेत्रमा बसोबास गर्ने रजवार परिवारका सन्तान हुन् उनी । देउवा थरलाई स्थानीय भाषामा रजवार पनि भन्ने गरिन्छ, जुन ठकुरीहरूको एक थर हो । उक्त थरका परिवारको पहिचान तत्कालीन राजा-रजौटाकहाँ जागिर गर्ने हो । राजा-रजौटा उन्मुलनपछि पनि उक्त परिवार आर्थिक–सामाजिक हिसाबले प्रभावशाली रह्यो । देउवाका पिता प्रसादसिंह गाउँका मुखिया थिए । प्रसादसिंहका जेठा छोरा हुन्, शेरबहादुर । साबिकको असीग्राम-३ रुवाखोला (हाल गन्यापधुरा गाउँपालिका)मा जन्मे, हुर्केका हुन्, देउवा ।

उनले प्रारम्भिक शिक्षा गाउँमै लिए । एसएलसी भने छिमेकी जिल्ला डोटीको उच्चकोटस्थित सीताराम माविबाट गरे । त्यसपछि प्रवीणता प्रमाण पत्र तह (आईए) पढ्न काठमाडौं आए । उनका सहपाठी थिए, रामचन्द्र पौडेललगायत नेता । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक (बीए) गरे । फेरि कानूनमा स्नातक र समाजशास्त्रमा त्रिविबाटै स्नातकोत्तर गरे । सन् १९८९-९० मा बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्समा राजनीतिशास्त्रमा रिसर्च फेलो रहे । कांग्रेस पार्टी त्यसमा पनि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको पहलमा उनी लन्डन पुगेका थिए । खासगरी, कांग्रेसका नेताहरू पञ्चायत प्रवेश गर्ने लहर चलेकाले देउवालाई त्यसबाट बचाउने प्रयास मानिन्छ, उनको लन्डन प्रवासलाई । भयो पनि त्यस्तै । देउवा पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा प्रवासमै पनि सक्रिय रहे ।

२०२१–२२ सालदेखि सुदूरपश्चिम विद्यार्थी समितिको अध्यक्षका रूपमा देउवाको राजनीतिक यात्रा आरम्भ भएको हो । त्यही पृष्ठभूमिमा टेकेर उनी कांग्रेस भातृ संगठन नेविसंघको दोस्रो अध्यक्ष बने, जसको संस्थापक अध्यक्ष विपिन कोइराला थिए । निरन्तर नौ वर्ष अर्थात् ०३६ सालसम्म उनी नेविसंघको अध्यक्ष रहे । नेविसंघको एकछत्र अध्यक्षका रूपमा उनले कांग्रेसलाई दुई कारणले गुन लगाए । पहिलो– झापा विद्रोहका कारण युवामा वामपन्थी आन्दोलनप्रति आकर्षण बढेको थियो । दोस्रो– पञ्चायती व्यवस्थाको राप र तापमा प्रजातान्त्रिक धारका युवा बिलखबन्दमा परेका थिए । ती दुवै धारमा जान नदिई उनले कांग्रेसको सांगठनिक आधार भत्किन दिएनन् ।

सोही गुनका कारण उनले बीपी कोइरालाको सान्निध्य पाए । ०३६ सालको जनमत संग्रहमा बहुदलका पक्षमा प्रचार गर्ने क्रममा बीपीसँगै सुदूरपश्चिम पुगेका उनको जयजयकार भएको देखेर बीपी पनि प्रभावित बनेका थिए । त्यसैको परिणाम थियो, देशभरको अभियानमा उनी बीपीको साथमै रहनु पनि । ०३६ सालमा नेविसंघको नेतृत्व हस्तान्तरणपछि उनी कांग्रेसका गतिविधिमा केन्द्रित रहे । बीपीको निधनपछि देउवा गिरिजाप्रसाद कोइरालाको निकटमा पुगे ।

२०४२ सालसम्म आइपुग्दा पञ्चायती व्यवस्थाले वातावरण खुकुलो बनाउँदै लगेको थियो । र, कांग्रेसभित्र पनि पञ्चायतलाई उपयोग गर्दै राजासँग मिलेर अगाडि बढ्ने कि कम्युनिस्टहरूसँग मिलेर आन्दोलनमा होमिने भन्ने दुई धार देखा परे । ०३३ सालदेखि नै गिरिजाप्रसादको कम्युनिस्टविरोधी धार समातेका कारण उनी राजासँग मिलेर जानुपर्ने पक्षमा उभिए, ०४२ सालको सत्याग्रहका बेलामा । नेविसंघका संस्थापक अध्यक्ष विपिन कोइरालालगायत नेता पञ्चायत प्रवेश गर्न थालिसकेका थिए । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायत नेताहरू कम्युनिस्टसँग मिलेर आन्दोलनमा होमिनुपर्ने पक्षमा थिए । उनीहरूकै पहलमा देउवालाई छात्रवृत्ति दिलाइयो र उनी लन्डन उडे । सोही कारण देउवाले ०४६ सालको जनआन्दोलनमा स्वदेशमै सक्रियता देखाउन पाएनन् । तर, परिवर्तनलगत्तै उनी स्वदेश फिरे । ०४८ सालको आमनिर्वाचनमा डडेलधुराबाट सांसद बनेका उनलाई त्यसलगत्तै गिरिजाप्रसादकै नेतृत्वमा गठित सरकारमा गृहमन्त्री बनाइयो ।

कोइराला परिवारसँग निकटताकै कारण उनी ०५२ सालमा कांग्रेस संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बने । त्यतिबेलै हो, उनले ४९ जनाको जम्बो मन्त्रिमण्डल बनाएर आलोचना खेपेको पनि । तर, त्यस सत्तायात्राले उनलाई गठबन्धन संस्कृतिमा अभ्यस्त बनायो । संयोग कस्तो भने उनी प्रधानमन्त्री भएकै बेला १ फागुन ०५२ देखि तत्कालीन माओवादीले सशस्त्र विद्रोह सुरु गरेको थियो । त्यही माओवादी शान्ति प्रक्रियामा आएपछि पूर्वविद्रोहीहरूको समर्थनमा देउवा दोस्रोपटक सत्तारोहण गर्दैछन् । २८ जेठ ०७४ मा पनि उनी माओवादीकै समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

कांग्रेसका आरएसएस (रामचन्द्र पौडेल, शैलजा आचार्य र शेरबहादुर देउवा) मध्ये रामचन्द्र र शैलजालाई पछि पार्दै शेरबहादुर स्थापित भए । कुनै पनि निर्णय लिन ढिलाइ नगर्ने उनको स्वभावले कांग्रेसमा उनी स्थापित भएको बुझ्न गाह्रो छैन । सरल स्वभाव र कार्यकर्ताको संरक्षण गर्ने तथा सबै दललाई समन्वय गर्न सक्ने उनका सबल पक्ष मानिन्छन् ।

०५६ सालको आम निर्वाचनपछि प्रधानमन्त्री बनेका बेला कमैया मुक्ति घोषणा गरे । सँगसँगै हलिया मुक्ति पनि गराए । दलित र महिला आयोग गठनको निर्णय उनी प्रधानमन्त्री छँदै भएका हुन् । दोस्रोपटक प्रधानमन्त्री बन्दा उनले १८ साउन ०५८ मा क्रान्तिकारी भूमिसुधार योजना घोषणा गरे ।

१९ जेठ ०५८ मा राजदरबार हत्याकाण्डपछि प्रधानमन्त्री बनेका उनले आफैंले घोषणा गरेको आमनिर्वाचन गराउन सकेनन् । र, ‘असक्षम प्रधानमन्त्री’को आरोप लगाउँदै तत्कालीन राजा ज्ञानेन्द्रले १८ असोज ०५९ मा उनलाई पदच्युत गरे । त्यसअघि पार्टीसँग दूरी बढ्दै जाँदा उनले आफैँले मलजल गरेर अविचलित राखेको कांग्रेस ६ असोज ०५९ मा फुट्यो । र, देउवाले गिरिजाप्रसाद कोइरालासँग विद्रोह गर्दै कांग्रेस प्रजातान्त्रिकका नाममा नयाँ दल स्थापना गरे ।

प्रतिगमन आधा सच्चिएको बताउँदै उनी २१ जेठ ०६१ मा तेस्रोपटक प्रधानमन्त्री बने । त्यतिबेला उनले सहिद गेटमा दिएको ‘गोर्खाली राजाले न्याय दिन्छन् भनेको हो रहेछ’ भन्ने अभिव्यक्ति चर्चित्मध्येको हो । संयोगवस, राजा ज्ञानेन्द्रले १९ माघ ०६१ मा शासन सत्ता आफ्नै हातमा लिएको समयमा पनि देउवा नै प्रधानमन्त्री थिए । गोर्खाली राजाले न्याय नभई उपयोग मात्र गर्ने गरेको महसुस त्यसपछि उनले गरेका थिए ।

त्यसपछिका दिनमा दलहरूले शाही कदमको विरोध र संसद् पुनःस्थापनाको माग गर्दै आन्दोलन छेडे । अन्य दल रत्नपार्कमा धर्ना बसेका थिए, देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकका नेता–कार्यकर्ता भने सोही एजेन्डामा अलि परको भोटाहिटीमा कोणसभा गर्थे । विस्तारै सात दलीय गठबन्धनमा आवद्ध भयो, उनको पार्टी पनि । र, देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिक ८ असोज ०६४ मा मातृपार्टी कांग्रसमै विलय भयो । त्यसयता उनी निरन्तर मातृ पार्टीका वरिष्ठ नेता बने । कांग्रेसको १३औँ महाधिवेशनमार्फत् २४ फागुन ०७२ यता केन्द्रीय सभापति छन्, देउवा ।

सबैलाई मिलाएर लैजान सक्ने खुबी देउवाको सबल पक्ष मानिन्छ । सधैँ संयुक्त सरकार चलाएको अनुभवले पनि उनको मिलाएर लैजाने क्षमता प्रतिविम्बित हुँदै आएको छ ।

एमाले र माओवादी केन्द्रको चुनावी सहकार्यका कारण आफ्नै पार्टी कांग्रेसले स्थानीय तह, प्रदेश र संघमा नराम्रो पराजय बेहोर्ने देख्दादेख्दै पनि उनले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्न देउवाले कुनै ‘किन्तु’, ‘परन्तु’ गरेनन् । संघीय संसदमा २५ प्रतिशतभन्दा कम प्रतिनिधित्व रहने अवस्थामा पनि उनी बितेका करिब साढे तीन वर्षमा जिम्मेवार प्रतिपक्षको भूमिका वहन गर्नबाट विचलित देखिएनन् । अहिलेको सत्तारोहण देउवाको चाहनामा भएको होइन । निवर्तमान प्रधानमन्त्री ओलीको निरंकुश, अलोकतान्त्रिक र असंवैधानिक गतिविधिबाट दिक्क बनेका तत्कालीन नेकपा र हालको एमालेका नेता-कार्यकर्ताको विद्रोहपछि देउवाले सत्ताको बागडोर सम्हाल्नैपर्ने परिस्थिति सिर्जना भएको हो । आफ्नो हरेक गतिविधिलाई झुठको आवरण पहिराउँदै आएका निवर्तमान प्रधानमन्त्री ओली र उनको समूहले अझै पनि देउवालाई आरोप लगाइरहेका छन्, अदालतले बनाइदिएका प्रधानमन्त्री ।

यदि ओलीको गतिविधि तत्कालीन नेकपालाई बचाउनेतर्फ केन्द्रित हुन्थ्यो र नेकपाको फुटपछि पनि एमालेको एकता जोगाउन उनको इच्छा हुन्थ्यो भने २५ प्रतिशतभन्दा कम जनमतमा रहेका देउवालाई पाँचौँपटक प्रधानमन्त्री बन्नुपर्ने बाध्यात्मक अवस्था आइलाग्ने थिएन । देशले आगामी १७ महिना तत्कालीन नेकपा या हालको एमालेकै नेतृत्वमा सरकार पाइरहने थियो । सोही सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो निर्वाचन पनि गराउने थियो ।

तत्कालका लागि उनले सबै पाटो बिर्सिएर कोभिड-१९ बाट पार पाउन संसारभरका मित्रराष्ट्रबाट खोप भित्र्याउने र नागरिकलाई सर्वसुलभ रूपमा उपलब्ध गराउने उनको प्रमुख कार्यभार हो । ओली सरकारले अगाडि बढाएका गैरसंवैधानिक अध्यादेश र विधेयकहरू फिर्ता लिएर संविधानको कार्यान्वयनमा ध्यान केन्द्रित गर्नु उनको अर्को कार्यभार हो ।

मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.