काठमाडौं- विदाको दिन सदुपयोगमा अधिकांशको चासो हुन्छ। त्यसमा पनि साताभरिको दौडधुपबाट विश्राम लिँदै घरमै परिवारसँग रमाउने जो कोहीको चाहना हुन्छ।
घरमा बसेका बेला मिठा परिकार बनाएर खानै अलग्गै शोख हुनु स्वाभाविकै हो। आज हामी घरमै बसेर ग्रिल्ड चिकेन बर्गर बनाउने तरिकाबारे चर्चा गर्दैछौं।
आवश्यक सामग्री
(१) चिकेन ब्रेस्ट
(२) बर्गर बन
(३) मायोनेज (बर्गरको सस)
(४) लेटुस (सलाद पत्ता)
(५) काँक्रो र टमाटर
(६) फ्राइड अण्डा
(७) नुन र मरिच
(८) तोरीको पेस्ट
(९) चेदर चिज (अमेरिकन चिज)

बनाउने तरिका
(१) चिकेनको ब्रेस्टलाई नुन, मरिच र तोरीको पेस्ट हालेर म्याजिनेसन गर्ने (राम्ररी मोल्ने)। अनि प्यानमा दुवै साइड पाक्ने गरी पकाउने।
(२) त्यसपछि बन बटरमा टोस्ट गर्ने। अनि मायोनेज हाल्ने। सलाद पत्ता, टमाटर र काँक्रो हाल्ने।
(३) त्यसपछि ग्रिल्ड गरेको चिकेन र चिज हाल्ने। माथिबाट अण्डा राख्ने। एकदमै सजिलो तरिकाबाट स्वस्थ ग्रिल्ड चिकेन बर्गर तयार भयो। परिवार बसेर यसको स्वादमा रमाउन सक्नु हुन्छ।
(लेखक सेफ्स बर्गर नेपालका संस्थापक तथा एक्जुकेटिभ सेफ हुन्)