• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

अधिवक्ता सापकोटाको गीतकार अवतार


मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित

काठमाडौं- रचनाकार सरिता सापकोटाको परिचय त्यतिमै सीमित छैन। उनी सक्रिय पत्रकार हुन् अनि वकिल पनि। उनले हालै नयाँ गीत म्युजिक भिडियोसहित बजारमा ल्याएकी छन्, ‘जाने भए जाऊ’।

Advertisement

रुपक डोटेलको स्वरमा रहेको यस गीतमा संगीत मनोज चौलागाईंले भरेका छन्। टेकेन्द्र शाहको निर्देशनमा बनेको म्युजिक भिडियोमा विकास लामिछाने र ऋचा थापाले अभिनय गरेका छन्।

काभ्रेको पनौतीमा जन्मेकी सापकोटा काठमाडौं र बनेपा ओहोरदोहोर गरिरहन्छिन्। यो गीत घरबाट काठमाडौं जाँदै गर्दा बाटोमा फुरेको थियो उनलाई। सापकोटा भन्छिन्, ‘नक्साल आइपुग्दा लिरिक्स बिर्सिएला भनेर मोबाइलमा आफ्नै स्वरमा रेकर्ड गरेकी थिएँ।’

‘जाने भए जाऊ माया, जाने भए जाऊ
यादहरू लैजाऊ, फर्केर नआऊ
बिर्सिएर जाऊ माया, बिर्सिएर जाऊ
सम्झनाका सौगात लैजाऊ
फर्केर नआऊ …’

३-४ महिनाअघि उनले मोबाइलमा रेकर्ड गरेको गीत संगीतकार चौलागाई, अग्रज रचनाकार बीबी थापालगायत टिममा सुनाएपछि सबैले मन पराए। तुरुन्तै रेकर्ड गर्नुपर्छ भन्‍ने सबैको सल्लाहमा गीत र भिडियोको तयारीमा लागे उनीहरू। यो गीत सापकोटाको आफ्नै युट्युब च्यानल ‘फाइभ स्टार्स’मा म्युजिक भिडियोसहित हेर्न सकिन्छ। सापकोटाका अनुसार उनीहरू एल्बम निकाल्ने तयारीमा थिए। लामो यात्रा गर्दा मनमा खेल्ने कुरा र दिमागमा आउने तर्कनाहरू कुनैबेला मिठो गीत बन्‍ने उनी बताउँछिन्।

सापकोटाले रचना गरेको पहिलो गीत ‘तिम्रो तस्बिर’ हो। जुन गीतमा युवा गायक प्रताप दासले स्वर दिएका छन्। दोस्रो गीत भने दशैंतिहार विशेष थियो। यो तेस्रो गीत हो बजारमा आएको। उनले गीत भने पाँचवटा रेकर्ड गरिसकेकी छन्। ‘बेखबर छन् खबर सोध्‍नेहरू आजकल’ भन्‍ने गीतमा विश्‍व नेपालीको स्वर छ। यस्तै, अनु चौधरीको आवाजमा ‘बाडुली लागेको लागेकै छ’ गीत पनि सार्वजनिक हुन बाँकी छ।

गीत-संगीत मोह

गीत संगीतमा उनी सानैदेखि रमाउँथिन्। विद्यालय पढ्दादेखि गीत रचना गर्न थालेकी हुन्। विद्यालयमा हुने विभिन्‍न गायन कार्यक्रममा नियमित सहभागी हुन्थिन्। कार्यक्रममा सहभागी मात्रै होइन, पटक-पटक प्रथम पुरस्कार हात पारेकी छन् उनले। काभ्रेको कुसादेवी माविबाट एसएलसी उत्तीर्ण सापकोटा जिल्लास्तरीय गायन प्रतियोगितामा प्रथम भएर पुरस्कार थापेको स्मरण गर्छिन्।

बहुप्रतिभाकी धनी

सापकोटालाई विभिन्‍न कालखण्डले फरक-फरक भूमिका वहन गर्ने अवसर दियो। त्यसैले विभिन्‍न विधामा उनले अनुभव बटुल्न पाइन्। उनी बहुप्रतिभाकी धनी हुन्। गीत-संगीतमा मात्र होइन, उनी अन्य क्षेत्रमा पनि उत्तिकै अब्बल छिन्।

उनीसँग आठ वर्ष अध्यापन गरेको अनुभव छ। यस्तै, ०६८ सालदेखि शुरु भएको उनको पत्रकारिता यात्रा अद्यापि निरन्तर छ। यसका साथै उनी एक कुशल अधिवक्ता पनि हुन्। एलएलबी र एलएलएम दुवै गरेकी छन् उनले। उनले अधिवक्ताको लाइसेन्स लिएकै आठ वर्ष बितिसक्यो। विभिन्‍न मुद्दामा उनी अदालती बहसमा सहभागी बहसमा सहभागी भइसकेकी छन्।

यस्तै, एमबीएस पनि उत्तीर्ण गरेकी छन् सापकोटाले। यसबीचमा गैरसरकारी संस्थामा पनि काम गरिन्। अहिले स्थानीय सरकार सबलीकरण विषयमा विभिन्‍न स्थानीय तहमा पुगेर प्रशिक्षण दिने काम गर्छिन्।

दैनिकी चलाउन अन्य पेशा रोजे पनि फुर्सदको समय सदुपयोग र जिन्दगीलाई रमाइलो बनाउन गीत-संगीतले निकै साथ दिएको उनी बताउँछिन्। गीत-संगीतले जिन्दगी सहज बनाइदिने उनलाई लाग्छ। त्यसैले गीत-संगीतको यात्रालाई निरन्तरता दिने उनको योजना छ।

मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • २.
    इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

  • ३.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • ४.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ५.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

  • ८.
    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.