• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

हुलाकी पत्रकारिता


आइतबार, जेठ २३, २०७८ मा प्रकाशित

दामोदर न्यौपाने

Advertisement

समाचार पठाउने माध्यमै नभएपछि कसरी जमोस् पत्रकारिता ?

नियुक्ति पाएको ६ महिनासम्म पनि मेरो पत्रकारिता जमेको थिएन। काम नजमेपछि जागिरै धरापमा पर्‍यो। सुरू नियुक्ति ३ महिनाको थियो। सँगै नियुक्ति लिएका सहकर्मीको फेरि ६ महिना म्याद थपियो। राम्रो काम देखाउन नसकेकाले मेरोचाहिँ तीन महिना मात्रै थपिएको थियो। त्यो पनि समाचार सम्पादक नारायण वाग्लेको तोक लगाएर।

लमजुङका समाचारै छापिँदैन भन्थे जिल्लामा। समाचार खासै नआउने भएकाले मेरो महत्व पनि त्यति भएन यहाँ। लमजुङका एक जना पत्रकार त दामोदरले छाडिसक्यो, मलाई काम गर्ने मौका दिनुस् भन्नसमेत गएछन् कान्तिपुर मुख्यालयमा। कार्यक्रमहरूमा गइन्थ्यो।

समाचारचाहिँ आउँदैनथ्यो। राष्ट्रियस्तरका सञ्चारमाध्यमका पत्रकार देखेपछि कुनै न कुनै निहुँ बनाएर उल्लिबिल्ली पार्थे कार्यक्रमका आयोजक। मलाई धेरैजसोले सोधिरहन्थे, ‘अरु के काम गर्नुहुन्छ पत्रकारिताबाहेक ?’

उत्साहजनक थिएन वातावरण।

नराम्रो समाचार एउटाले लेख्छ, त्यसको दोषचाहिँ अरुले पनि बेहोर्नुपर्ने। जनआस्था पत्रिकाले नायिका श्रीषा कार्कीको नाङ्गो फोटो छाप्यो।

त्यसपछि २०५९ असोज २८ गते महानवमीको दिन कार्कीले आत्महत्या गरिन्। परिवारले त्यो तस्बिर वास्तविक नभई ‘ट्रिक फोटोग्राफी’ भएको र त्यही कारणले आत्महत्या गर्न बाध्य भएको आरोप लगाए।

जनआस्थाले प्रमाण भएको र तस्बिर सही भएको दाबी गर्‍यो। तस्बिर सक्कली वा नक्कली जे भए पनि सामाजिक उत्तरदायित्वका हिसाबले नग्न फोटो छाप्नु हुँदैनथ्यो। पत्रकारले हिरोइनलाई मार्न बाध्य बनाए भन्थे जताततै। केही दिन मुखै देखाउन नहुने भयो।

राम्रो लेखे त्यति चर्चै हुँदैन, नराम्रो लेखेचाहिँ पूरै क्षेत्रलाई पिरोल्छ। राम्रो लेख्दा पनि त्यसलाई बाङ्गोटिङ्गो बनाएर व्याख्या गरिदिने जमात पनि हुन्थे। युद्धकालमा प्रकृति, संस्कृति, विकास निर्माणलगायत सकारात्मक समाचार लेख्यो भने यस्तो पनि समाचार हुन्छ भनेर उडाउनुसम्म उडाए। खासगरी माओवादीले। अरु दल पनि हाम्रा समाचार छाप्दैनन्, वनजङ्गल, चराचुरूङ्गीका समाचार लेख्छन् भनेर उडाउँथे।

त्यस्तै भयो एउटा समाचारमा।

राजधानी दैनिकमा सन्तोष पौडेलले लेखिदिएछन्- काफल पाक्यो पुरानकोट थाप्लोमा’ शीर्षकमा। पठाउने सुविधा नभएकाले अरु पत्रिकामा पनि त्यति छापिँदैनथे। यो शीर्षकमा समाचार आएपछि दलका नेताहरू भन्न थाले, ‘हाम्रो समाचार लेख्नचाहिँ सञ्चार सुविधा छैन भन्छन्, काफल पाकेको पठाउनचाहिँ सक्छन्।’

यो समाचार कान्तिपुरमा छापिएको भन्दै मेरो पनि कुरा काटे। एकजमाना थियो, जहाँ छापिए पनि गोरखापत्रमा पढेको भन्थे। समय फेरियो, अब जेमा छापिए पनि कान्तिपुरमा।

केही दिनपछि कारागारका बन्दी भेट्ने योजना बन्यो। २०५९ माघको एक बिहान मानव अधिकार संगठनका अध्यक्ष सुदीप पाठकसहित त्यहाँ गइयो। ११ जना माओवादी बन्दी थिए। पालैसँग कुरा सुनियो। धेरै माग राखे। लेखेरै पनि दिए।

५७ वर्षीय ऋषिराम पौडेल मधुमेहका बिरामी रहेछन्। औषधि नपाएको उनले गुनासो गरे। अर्चलबोटका उनी २०५५ भदौमा गिरफ्तार भएछन्।

बाबुराम कुमाल प्रावि शिक्षक रहेछन्। तलब रोकियो जेल परेपछि। परिवारलाई आर्थिक समस्या भएको सुनाए। भोटेओडारका अञ्जनीकुमार हिमालीलाई गिरफ्तार गरिएछ २०५९ मंसिर २४ मा। समदृष्टि साप्ताहिकमा काम गर्दा रहेछन्। भोटेओडारबाटै आफैँ पत्रिका पनि निकाल्दा रहेछन्।

बिचौर गाविसका नूरनिधि मरहट्ठा पहिला संयुक्त जनमोर्चामा रहेछन्। पछि एमालेमा लागेछन्। माओवादी होइनभन्दा पनि यातना दिएर जेलमा कोचेको गुनासो गरे। २०५७ मा उनकी छोरीलाई जबरस्ती पार्टीमा लगे माओवादीले। पछि पार्टी उनैले छाड्न लगाए। गोरखाको भक्षेक चौकीमा आत्मसमर्पण गरिन्। छोरी माओवादीमा गएकै कारण आफूलाई दुःख दिएको उनले गुनासो गरे। अर्चलबोटका रवीन्द्र अधिकारीले चाहिँ मानसिक र शारीरिक यातना दिएर जेलमा राखेको गुनासो गरे।

गुनासो राख्ने पालो आयो पारसमणि पौडेलको।

भोर्लेटारका उनी २०५५ साउनमा पक्राउ परेका रहेछन्। राज्यले ज्यानमारा र डाँका मुद्दा लगाएछ। त्यो मुद्दामा सफाइ पाए। २०५७ जेठमा फेरि सार्वजनिक अपराध मुद्दामा थुनामा परे। २०५९ जेठ ९ मा डिल्लीबजार सदरखोरबाट मुक्त भए। छोड्नासाथ प्रहरीले पक्राउ गर्‍यो।

अदालतले छाड्ने, प्रहरीले फेरि पक्रने लहरै चलेको थियो त्यतिबेला। असार ११ बाट फेरि लमजुङ कारागारमा नजरबन्दमा परे। उनले पनि त्यही पुरानकोट थाप्लोमा काफल पाकेको समाचारको उदाहरण दिएर मलाई गिज्याए। ‘काफल त सधैँ पाक्छ नि, पोहोर पाक्यो। यसपालि पनि पाकेछ। अर्को वर्ष पनि पाक्ला,’ भन्दै गए, ‘हाम्रा कति कमरेड मारिएका छन्, हामी थुनिएका छौँ। त्यसको समाचार लेख्नुहुन्न। कति कमरेड बेपत्ता भएका छन्, त्यो पनि लेख्नुभएन।’

धेरै घटना मलाई थाहा थिएन। लमजुङ आएको धेरै भएको थिएन। बुझ्ने क्रममै थिएँ। समाचार पठाउन नपाएर रनाहामा थिएँ। ‘तपाईंको कुरा सही हो,’ मैले भनेँ, ‘तर तपाईंहरूले टेलिफोनै उडाइदिनुभयो, कसरी समाचार पठाउने ? तपाईंका कमरेड मरेका मात्र होइन, तपाईंका कमरेडहरूले गला रेटेर मारेका, चन्दा आतंक फैलाएका, बमले सरकारी भवन उडाइदिएका, घनले हानेर निहत्था नागरिकलाई थिलथिलो बनाएका जस्ता समाचार पनि पठाउन पाइएको छैन।’

कारगारबाट निस्केँ।

हुलाक कार्यालयको बाटो हुँदै डेरातिर जाँदै थिएँ। भीड थियो हुलाकमा। छिरेँ। चिठी पठाउनेको भीड रहेछ। सबै गाविस टेलिफोनविहीन भए माओवादीले दूरसञ्चार टावर ध्वस्त बनाइदिएपछि। पहिलाको भन्दा तेब्बर चिठी आदानप्रदान हुन थालेछन्। जिल्लाभरिको अवस्था बुझेँ।

निकै कम चिठी आउने धमिलीकुवा अतिरिक्त हुलाक कार्यालयमा चिठी बाँडेर फुर्सदै रहेनछ हुलाकीलाई। अरु गाउँको पनि स्थिति त्यस्तै रहेछ। चिठीको चाप बढेकैले छोटी हुलाक अतिरिक्तमा परिणत भएछ।

‘दिनमा २० वटाजति रजिस्ट्री चिठी आउँछन्,’ हुलाक कार्यालयकी प्रतिनिधि पार्वती रानाभाटले सुनाइन्, ‘बाँडेरै भ्याइनभ्याई छ।

टेलिफोन हुँदा चिठी निकै कम आउँथ्यो। कुनै दिन त एउटा पनि आउँदैनथ्यो।’

हुलाकको राजस्व पनि बढेछ।

टेलिफोन छँदा वर्षमा १२ लाख रूपैयाँ राजस्व उठ्ने जिल्ला हुलाक कार्यालयमा १७ लाख रूपैयाँ उठ्न थालेछ। जिल्ला हुलाक कार्यालय, इलाका र अतिरिक्त गरी ६१ हुलाक कार्यालयमा चिठीको चाप बढ्यो। धेरैजसोे हुलाक माओवादीले जलाइदिए। जलाइदिने डरले कर्मचारीले घरमै टिकट राखेर काम चलाए।

‘लमजुङमा चिठीपत्रको प्रचलन बढ्यो’ शीर्षकमा यही खोजमूलक सामग्री पठाएँ हुलाकबाटै। कारागारका बन्दीले पत्रपत्रिकाको सुविधा मागेका थिए। त्यो पनि हुलाकबाटै पठाएँ। सात दिनपछि दुवै छापिए।

कार्यथलो बनाएको झन्डै ६ महिनापछि खोजमूलक समाचार धमाधम हुलाकबाट पठाउन थालेँ। त्यसअघि १५ दिन कार्यक्षेत्रमा खट्थेँ।

संकलन भएका समाचार लेख्न काठमाडौं जान्थेँ। त्यसो गर्दा एकादुई समाचार मात्रै छापिएका थिए।

त्यतिबेला डिजिटल क्यामरा प्रचलित थिएन।

इमेल नभएकाले मसँग भएको डिजिटल क्यामेरासमेत प्रयोग भएको थिएन। डिजिटल प्रिन्ट गर्ने ल्याबै थिएनन्। प्रिन्ट नगरी हुलाकबाट पठाउने कुरा भएन। काठमाडौँमा एक÷दुईवटा मात्रै त्यस्ता ल्याब खुलेका थिए।

रिल राख्ने क्यामेरा चल्तीमा थिए। फोटा धुलाएर हुलाकबाटै पठाउन थालेँ। लमजुङका समाचार आउन थाले। फोटा छापिन थाले। राजनीतिक दलका नेताबाहेक अरुले हाम्रा समाचार छापिए भन्न थाले। तपार्इंले लमजुङ चिनाउनुभयो भन्थे।

कान्तिपुर मुख्यालय जाँदा अरु जिल्लाबाट समाचार कसरी आउँदा रहेछन् भनेर बुझ्थेँ। धेरैजसो ठाउँबाट फ्याक्स आउँदा रहेछन्।

कतै-कतैबाट इमेल पनि। डोल्पाजस्तो विकट जिल्लाबाट समेत इमेल आउँथ्यो। विष्णुलाल बुढाले इमेलमै समाचार पठाउँदा रहेछन्। म पत्रकारितामा प्रवेश गरेको समय मुलुकमा सञ्चारले फड्को मारिसकेको थियो। राजधानीलगायत मुलुकका धेरै ठाउँमा मोबाइल सुरू भइसकेको थियो। २०५६ सालमा पोस्टपेड मोबाइल भित्रियो। केही समयपछि प्रिपेड। इमेल, इन्टरनेट सामान्य भइसकेका थिए। सञ्चारसेवा

विश्वस्तरको बनाउन प्रयास भइरहेको थियो। त्यहीबेला मुलुकभरका दूरसञ्चार टावर ध्वस्त बनाउने अभियानै चलायो माओवादीले। त्यही अभियानको सिकार भयो लमजुङ पनि।

डोल्पाभन्दा लमजुङ धेरै सुगम। ६१ मध्ये ४१ गाविसमा टेलिफोन पुगिसकेको थियो। इमेल सुरू भइसकेको थियो। त्यहीबेला माओवादीले टावर ध्वस्त बनाइदिए। विकासमा अवरोध गरिदिए। अघि बढ्नुपर्नेमा पछाडि धकेलिदिए।

सदरमुकाममा बल्ल भिस्याट प्रविधिबाट एक लाइन सार्वजनिक टेलिफोन सञ्चालन भयो २०६० बाट। यो फोन पनि कार्यालय समयमा मात्रै खुल्थ्यो। सञ्चारकर्मीलाई लक्षित गरेर त्यही लाइनमा फ्याक्स जोडियो। भीड हुने भएकाले मुस्किल थियो फ्याक्स गर्न। त्यसैले ‘फिचर न्युज’ पठाउन हुलाककै सहारा लिनुपर्ने बाध्यता थियो। राष्ट्रियस्तरका सञ्चारमाध्यमका अन्य प्रतिनिधिले पनि हुलाकबाटै पठाउन थाले।

माओवादीले विकासमा पछाडि धकेलिदिएको गुनासो सधैँ गरिरहे तिनीहरूले।

भिस्याट प्रविधि काम चलाउमात्रै हो। टेलिफोन विस्तार गर्न समस्या भएका दुर्गम पहाडी र हिमाली क्षेत्रमा यो सेवा प्रदान गरिएको थियो। तत्काल टावर बनाउन सम्भव नभएकाले सुगममा पनि यही सेवा दिन थालियो। यसबाट पनि समाचार पठाउन मुस्किल हुन्थ्यो। फिचर समाचार हुलाकबाट पठाए पनि ‘हार्ड न्युज’ पठाउने कुरा भएन। यस्ता समाचार पठाउन नपाउँदा पत्रकारिता गरे जस्तै लाग्दैनथ्यो।

आजको भोलि छापिएको पो मज्जा।

सानो ठाउँ। एकै ठाउँमा हुन्थ्यौँ सञ्चारकर्मी। कसले के समाचार लेख्यो थाहा हुन्थ्यो। एक-अर्कालाई बाँडिन्थ्यो। समाचार छापिएको दिन कोही साथी आज यति रूपैयाँ फल्यो भन्दै पैसा गन्न थाल्थे। अनुहारमा खुसी छाउँथ्यो। साथीहरूको चित्त बुझाएर सहानुभूति लिन चाहन्थेँ म। साथीका अनुहारमा खुसी छाओस् भनेर समाचार दिन्थेँ।

हुलाकबाट पठाउनेचाहिँ गोप्यै राख्न सकिन्थ्यो।

एकदिन आफूले लेखेको समाचार गोरखापत्रका सुदीप घिमिरेलाई दिएँ। पठाउन दूरसञ्चार गयौँ। भीड थियो। घन्टौँ कुर्नु पर्‍यो। फोन गर्नेकै लाइन थियो। एक दिन हिँडेरसमेत आएका हुन्थे। फोन गर्नेको लाइन लामै भए पनि फ्याक्स जोडिदिए। पालो मेरै आयो। पठाउन थालेँ।

जति कोशिस गरे पनि गएन। त्यसपछि सुदीपले कोशिस गरे। उनको पनि गएन। फेरि मेरो पालो। जाँदै गएन। सुदीपले फेरि २-३ चोटि कोशिस गर्दा फुत्त गयो। मैले फेरि कोशिस गरेँ, गएन। कार्यालय समय सकिन लाग्यो। बन्द हुने बेला भयो । लाइनमा गडबडी आइरन्थ्यो।

त्यो दिन पनि त्यस्तै भयो।

मैले दिएको समाचार अर्काको पत्रिकामा चाहिँ भोलि छापिने भयो। मेरोचाहिँ गएन। माओवादीले इन्स्पेक्टर मारेको समाचार थियो। ठूलै थियो घटना। पठाउन पाइएन। भाउन्न भयो। रिसले भित्रभित्रै मुर्मुरिएँ। कसलाई देखाउनु रिस ? रिस त्यही कागजमा पोखिदिएँ। समाचार च्यातेँ। अझै रिस मरेन। धूलोपीठो बनाइदिएँ।

शब्दमा व्यक्त गर्नै नसक्ने पीडा भइरह्यो।

(पत्रकार न्यौपानेको पुस्तक एम्बुसमा ६ वर्षबाट)

आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.