• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

भारतभर हुँदैछ विद्युतीय सवारीको तीव्र विस्तार


बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित

विद्युतीय सवारीको बजारमा दुई र तीनपांग्रेहरूको व्यापार सबैभन्दा द्रुत रूपमा वृद्धि भइरहेको छ। यसो हुनुका धेरै कारणहरूमध्येको एक हो करको दर घट्नु। संघीय सरकारले जुलाई २०१९मा विद्युतीय सवारी खरिदमा कर १२ प्रतिशतबाट ५ प्रतिशतमा झारेको थियो।

Advertisement

आशुतोष सिन्हा

कोभिड-१९ महामारीले उग्र रूप लिँदै गर्दा बन्दाबन्दीका कारण घरैभित्र बस्न बाध्य भारतीयहरूले अचेल डेलिभरी ब्वाइहरू चढ्ने मोटरसाइकलको आवाज आधा समय सुन्दैनन् किनभने उनीहरूका दुई पांग्रेहरूमध्ये धेरैजसो विद्युतीय भइसकेका छन्। नयाँ दिल्लीमा मानिसहरू ‘भारत सफा राख्नुहोस्’ भनेर गीत बजाउँदै हिँड्ने र फोहोर संकलन गर्ने भ्यानको सन्देश पनि सुन्न सक्ने भएका छन् किनभने यस्ता भ्यानहरूमा समेत विद्युतीय इन्जिनको प्रयोग हुन थालेको छ, जसले आवाज निकाल्दैन। केरलामा आफ्नो खाजाको पर्खाइमा रहेका स्कुले बच्चाहरू बिजुलीबाट चल्ने भोजन वितरण भ्यानहरू आइपुगेको थाहा पाउँदैनन्। यसरी नै भारतमा मौन रूपमा विद्युतीय सावारीको क्रान्ति हुँदै छ।

जब तपाईँ भारतको कुनै ट्रेन स्टेसनबाट बाहिर निस्कनुहुन्छ, तपाईँले तीनपांग्रे सवारीको दुईटा लाइन देख्न सक्नुहुन्छ। तीमध्येको एउटा विद्युतीय सवारीको लाइन हुन्छ भने अर्को चाहिँ जीवाश्म इन्धनबाट चल्नेको। अचेल विद्युतीय सवारीको लाइन बढ्दो छ भने जीवाश्म इन्धनबाट चल्नेको घट्दो। भारतमा संसारकै सबैभन्दा धेरै विद्युतीय तीनपांग्रे सवारी सञ्चालनमा छन्।

दुई र तीन पांग्रेमा ध्यान केन्द्रित गरिँदै
देशमा विद्युतीय सवारीतर्फको ठूलो स्तरको रूपान्तरणले विभिन्न औद्योगिक क्षेत्रहहरूलाई पुनः परिभाषित गर्न सक्ने क्षमता राख्दछ। संसारकै दुई ठूला दुईपांग्रे निर्माताहरू भारतमै हुनुले यी सवारी साधनहरूको सम्भावनाप्रति इङित गर्दछ। धेरै विश्लेषकहरू भारतमा विद्युतीय चारपांग्रेहरूको बजार केही वर्षसम्म अझै सानै रहने बताउँछन्।

विद्युतीय दुईपांग्रेहरू खाद्यान्न ढुवानी गर्ने व्यापारी, इकमर्स फर्महरू,स्थानीय यातायात र अन्य धेरै व्यापारहरूको आपूर्ति शृंखलाका अभिन्न हिस्सा भएका छन्। यसो हुनुका धेरै कारणहरूमध्येको एक हो करको दर घट्नु। संघीय सरकारले जुलाई २०१९मा विद्युतीय सवारी खरिदमा कर १२ प्रतिशतबाट ५ प्रतिशतमा झारेको थियो। जीवाश्म इन्धनबाट चल्ने गाडीहरूका लागि यो दर २८ प्रतिशत रहेको छ। थुप्रै राज्य सरकारहरूले पनि विद्युतीय सवारीमा लाग्ने दर्ता शुल्क मिनाहा गरिसकेका छन्।

पेट्रोलबाट चल्ने १०० सीसीका मोटरसाइकलहरूभन्दा कम क्षमताका साना विद्युतीय बाइकहरूको नयाँ वर्ग तयार भएको छ। विद्युतीय मोटरसाइकलसँग सम्बन्धित स्टार्टअप युलुले दिल्ली, बेङ्लुरु र मुम्बईका मेट्रो ट्रेन सञ्चालकहरूसित मिलेर कुनैकुनै स्टेसनहरूमा विद्युतीय बाइकहरू भाडामा उपलब्ध गराउने जमर्को गरेको छ।

उपभोक्तास्तरको अर्थतन्त्र
विद्युतीय दुईपांग्रे उस्तै पेट्रोलबाट चल्ने समकक्षीहरूभन्दा महँगा हुन्छन्। तर, पेट्रोल भर्नुभन्दा चार्ज गर्नु सस्तो हुने भएकाले विद्युतीय सवारीका उपभोक्ताहरूले दुई सवारीबीचको मूल्य अन्तर बराबरको फाइदा पाउँछन्। किन्ने समयमा धेरै पैसा हाल्नुपर्ने भएकाले भारतमा विद्युतीय दुईपांग्रेले व्यक्तिगत सवारीको बजारमा ठूलो स्तरमा प्रवेश गर्न सकिरहेका छैनन्।

विद्युतीय दुईपांग्रे खरिद गर्न चाहने धेरैका लागि अर्को अवरोध हो उनीहरूको न्यून व्यक्तिगत क्रेडिट रेटिङ। त्यसमाथि बैंकहरू यस्ता सवारीसाधनहरू पुनः बिक्री गर्दा कस्तो मूल्य आउँछ भन्नेमा दोधारमा छन्। यसका कारण गैरबैंक समूहमा पर्ने फाइनान्स कम्पनीहरू अघि सरेका छन् र बैंकहरूले दिनेभन्दा बढी ब्याजदरमा विद्युतीय दुईपांग्रे किन्न ऋण दिइरहेका छन्।

धेरै अनुमानहरूको विश्लेषण गर्ने हो भने भारतमा विद्युतीय सवारी साधनको सङठित वित्त बजारको आकार भारु ३,७०० अर्ब (५० अर्ब डलर) पुग्नेछ।

यस्तो खालको रूपान्तरण व्यक्तिहरूका लागि मात्रै महँगो छैन। सरकारी थिङ्क ट्याङ्क नीति आयोगको रिपोर्टका अनुसार, भारतको विद्युतीय सवारी रूपान्तरणका लागि सन् २०३० सम्ममा भारु १९,७०० (२६७ अर्ब डलर) लाग्नेछ।

अवरोधहरू पार गर्दै
समस्याको समाधान गर्न केही होम डेलिभरी कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई विद्युतीय दुईपांग्रे किन्न वा भाडामा लिन मद्दत गरिरहेका छन्।

विद्युतीय सवारी निर्माता कम्पनी काइनेटिक ग्रिनका संस्थापक तथा प्रमुख कार्यकारी सुलज्ज फिरोदिया मोटवानी भन्छन, ‘तेलबाट चल्ने दुईपांग्रे र बिजुलीबाट चल्ने दुईपांग्रेको मूल्यमा रहेको भिन्नता विद्युतीय दुईपांग्रेहरूको संख्या बढ्नेबित्तिकै हराउनेछ। त्यसो भएपछि ठूलो स्तरमा मानिसहरूले विद्युतीय दुईपांग्रे साधन प्रयोग गर्नेछन्।

‘भारतमा हरेक वर्ष बिक्री हुने सवारीको ८० प्रतिशत हिस्सा दुई वा तीनपांग्रे सवारीले ओगट्ने गरेका छन्,’ महिन्द्रा इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी महेश बाबु भन्छन्, ‘यसले निकै आशा जगाएको छ। अबको ५ देखि ६ वर्षबीचमा ४० लाखभन्दा बढी सवारीहरू बिक्री हुने अपेक्षा गरिएको छ।’

‘मलाई लाग्छ भारतका लागि ‘टिपिङ पोइन्ट’ विद्युतीय दुईपांग्रेको बजारबाट आउनेछ। मलाई आशा छ सन् २०२२ यो क्षेत्रका लागि टिपिङ पोइन्ट हुनेछ,’ वर्ल्ड रिसोर्स इन्स्टिच्युट (डब्ल्यूआरआई) थिंकट्यांक भारतका एकीकृत यातायातका लागि कार्यकारी निर्देशक अमित भट्ट भन्छन्।

दौडको नेतृत्व गर्दै तीनपांग्रे
उपयुक्त नीतिहरूलाई नपर्खीकनै विद्युतीय तीनपांग्रे भारतका सडकहरूमा ठूलो स्तरमा चल्न थालिसकेका छन्। अब ती ‘लास्ट माइल कनेक्टिभिटी’ (यातायात केन्द्रबाट अन्तिम गन्तव्यसम्मको यात्राको अन्तिम चरण)का लागि यातायातको सबैभन्दा सर्वव्यापी साधनहरू बनेका छन्। धेरै प्रतिवेदनहरूले देखाएअनुसार, भारतभरि त्यस्ता सवारी साधनको संख्या १५ लाखभन्दा बढी छ। हरेक महिना यो संख्यामा १०,००० थपिने गरेको छ।

लगभग सबै विद्युतीय तीनपांग्रेहरूमा लिडएसिड ब्याट्रीको प्रयोग गरिएको छ। यस्तो ब्याट्री सस्तो हुने र प्रतिस्थापन गर्न सजिलो हुने भएकाले रिचार्जका लागि धेरै समय पर्खनुपर्दैन। ‘सक्किएको ब्याट्रीलाई चार्जयुक्त ब्याट्रीसित साट्न लाग्ने समय तेलबाट चल्ने गाडीहरूमा इन्धन भर्न चाहिने समय बराबर नै हुन्छ। त्यसकारण ब्याट्री स्वापिङ (अदलाबदली) एक व्यावहारिक विकल्पका रूपमा अघि आएको छ,’ काइनेटिक ग्रिनका मोटवानी भन्छन्।

ठूला कम्पनीहरू लिथियम आयन ब्याट्रीको प्रयोग हुने तीनपांग्रेहरू बनाउन खोजिरहेका छन्। यसका कारण यस्तो सवारीको मूल्य बढ्न सक्छ। तर मूल्य बढ्दा मागलाई कस्तो असर पर्छ भन्ने कुरा स्पष्ट छैन। हाल लिथियमआयन ब्याट्रीजडित साना चार पांग्रेहरू नगरपालिकाजस्ता संस्थागत खरीदकर्ताहरूको रोजाइमा परेका छन्।

विद्युतीय बसहरू
प्रदेश सरकार र नगर निकायहरूले विद्युतीय बसहरूको माग गरिरहेका छन्। दश प्रदेशका सरकारहरूले विद्युतीय पारवहन नीति तयार पारिसकेका छन् भने थप आधा दर्जनले आफ्ना नीतिहरूलाई अन्तिम रूप दिइरहेका छन्। संघीय सरकारले भने लिथियमआयन ब्याट्रीजडित र द्रुत चार्ज क्षमता भएका बसहरूलाई मात्र विद्युतीय बसको मान्यता दिने गरेको छ।

भारतीय गाडी निर्माता अशोक लेल्यान्डले केही वर्षअघि लिडएसिड ब्याट्रीबाट सञ्चालित बसहरू सुरु गरेको थियो। तर त्यसपछि कुनै थप नयाँ सुरुवातको घोषणा गरेको छैन। टाटा मोटर्स र ओलेक्ट्राल कम्पनीहरूले विद्युतीय बस बनाउने जमर्कोको नेतृत्व लिइरहेका छन्।

विद्युतीय ट्याक्सीहरू
यसको मतलब यो होइन कि इलेक्ट्रिक चारपांग्रेहरू पूर्ण रूपमा हराइरहेका छन्। विद्युतीय ट्याक्सी सेवाहरू बल्ल सुरु हुँदै छन्। एउटा कम्पनी ब्लुमार्टले सन् २०१९ मा ७० गाडीहरूका साथ आफ्नो सेवा सुरु गरेको थियो। हाल आएर कम्पनीसित दिल्ली र गुणगाउँमा करिब ४०० गाडीहरू छन्। महामारीले व्यवसायमा अवरोध पुर्याउँदा ब्लुस्मार्टले एउटा योजना सुरु गर्यो‍, जसअन्तर्गत व्यक्तिहरूले गाडी किनेर कम्पनीलाई भाडामा दिन सक्छन्। ब्लुस्मार्टले गाडीको पूर्ण व्यवस्थापन गर्छ र कारमा लगानी गर्ने व्यक्तिलाई मासिक रूपमा निश्चित रकम बुझाउँछ। यदि कुनै गाडी मालिक योजनाबाट बाहिरिन चाहन्छ भने कम्पनीले त्यस्तो व्यक्तिबाट गाडी खरिद पनि गर्छ।

‘यो व्यवसायमा निकै पुँजी चाहिन्छ। त्यसैले हामीले यसलाई सकेसम्म कम पुँजीमा चलाउने प्रयास गरेका छौं,’ ब्लुमार्टका रणनीति र योजना व्यवस्थापक शिवम खट्टर भन्छन्। भारतीय सहरहरूमा केही अन्य कम्पनीहरू भने यस्ता ट्याक्सीमा राइडसेरिङमा ध्यान दिइरहेका छन्।

विद्युतीय सवारीलाई अघि बढाउँदै
परिवर्तनको आशामा केही कम्पनीहरू ब्याट्री उत्पादनमा लगानी गरिरहेका छन्। गुजरातमा रहेको पहिलो लिथियमआयन ब्याट्री उत्पादन प्लान्टबाट डेन्सोले २०२१ पश्चात् उत्पादन सुरु गर्नेछ। यसैबीचमा, विद्युत् वितरण कम्पनी टाटा पावरजस्ता कम्पनीहरू विद्युतीय चार्जिङ स्टेसनहरूको निर्माण र सञ्चालनतर्फ ध्यान दिइरहेका छन्।

विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिन आन्ध्र प्रदेश सरकारले नयाँ राजधानीमा तेलबाट चल्ने गाडी दर्ता नगर्ने घोषणा गरेको छ। दिल्ली सरकारले राष्ट्रिय राजधानी क्षेत्रमा तेलबाट चल्ने ट्याक्सीहरूको दर्ता रोक्ने सोचिरहेको छ। केवल विद्युतीय गाडीहरू मात्र यी क्षेत्रहरूमा दर्ता हुनेछन् र यसले विद्युतीय पारवहनलाई ठूलो बढावा मिल्नेछ।

सरकारले अर्को एउटा प्रोत्साहनबारे विचार गर्दै छ। यो प्रस्ताव अघि बढेमा विद्युतीय सवारीहरू ब्याट्रीबिना नै दर्ता गर्न सकिनेछ। ब्याट्री खर्च लागतको ठूलो हिस्सा हो। प्रस्ताव लागू भएमा खरिदकर्ताहरूले आफ्नो ब्याट्री आफैँ छान्न पाउनेछन् र ब्याट्री निर्माताहरूबीच नवीनतम प्रविधिको प्रयोग गर्ने प्रतिस्पर्धा बढेर जानेछ।

‘हामीलाई लाग्छ कि सरकारले सही दिशामा देशभित्र विद्युतीकरण अभियानलाई गति प्रदान गरेको छ। यद्यपि यो गतिलाई कायम राख्न, नीतिगत सहायता र अनुदानलाई स्थानीयकृत अनुसन्धान, विकास तथा आपूर्ति शृंखला प्रबद्र्धनमा लगाउन महत्त्वपूर्ण छ,’ टाटा मोटर्सको व्यापारिक पारवहन एकाका अध्यक्ष गिरीश वाघ भन्छन्।

एउटा मोड
महिन्द्रा इलेक्ट्रिक मोबिलिटीका महेश बाबु भन्छन्, ‘विद्युतीय सवारीको मूल्य शृंखला आफैँ बढ्दै छ र सन् २०२५ सम्ममा ४.८ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। हामी इलेक्ट्रिक मोटरदेखि ब्याट्री प्याकसम्म र इलेक्ट्रोनिक्ससमेत सबै आफैँ विकास गर्नमा केन्द्रित छौँ।’

यदि भारतमा सौर्य प्यानलहरू प्रयोग गरेर सवारी चार्ज गरियो भने, उत्सर्जनमा ठूलो कटौती गर्न सकिन्छ। तर यी सबै परिवर्तन सम्भावनामा आधारित छन्, जुन अझै अपूर्ण छन्। केहीका अनुसार आइकोनिक ब्रान्ड र मार्केटिङ चाहिएको छ। ‘हामीलाई दुईपांग्रे बजारका लागि टेस्लाबराबरको कम्पनी आवश्यक छ,’ डब्ल्यूआरआईका अमित भट्टले भने।

(यो सामग्री द थर्ड पोल डट नेटले तयार पारेको हो)

बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.