• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

तीनपुस्ते होनाचा


आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित

पाटनस्थित कृष्ण मन्दिरको ठ्याक्कै पछाडि सानो ढोकाबाट छिरेपछि माटोबाट बनेको पुरानो घर, धुवाँले मैलो बनाएको र कमेरोले पोतिएका भित्ता र काठका थाम देखिन्छन्। साधारण डिजाइनको काठको भर्‍याङछेउमा केही मेच र टेबल छन्। छेउमै बारा, छोयला, कचिला, फोक्सो, जिब्रोलगायत मासुका परिकार ठूलो ताउमा पाक्दै गरेका हुन्छन्। आलु–तामा, तारेको आलु, चिउरा, योमरी र छ्याङको बास्ना आउँछ। नेवारी खाजाका परिकार पाइने ‘होनाचा’ रेस्टुराँको दृश्य हो, यो। यस रेस्टुराँले तीनवटा पुस्तालाई जोडेको छ।

Advertisement

‘होनाचा’ नाम दिइएका रेस्टुराँ पाटन दरबार क्षेत्रमा तीन ठाउँमा छन्- कृष्ण मन्दिरपछाडि, भीमसेन मन्दिरपछाडि र भीमसेन मन्दिरबाट करिब दुई सय मिटर पूर्वपट्टि। तीमध्ये भीमसेन मन्दिरपछाडिको ‘होनाचा पसल’ सबैभन्दा पुरानो हो, जुन कृष्णलाल महर्जन (व्यञ्जनकार)ले १२ वर्षको उमेरमा वि.सं. १९६१ मा खोलेका थिए। भीमसेन मन्दिरबाट दुई सय मिटर पूर्वको रेस्टुराँलाई ‘थ्रिजी होनाचा’ नाम दिइएको छ। ‘थ्रिजी’ अर्थात् तेस्रो पुस्ता। परिवारको तेस्रो पुस्ताले सबै रेस्टुराँ सञ्चालन गरिरहेका छन्।

भीमसेन मन्दिरपछाडिको ‘होनाचा’ किरण व्यञ्जनकार र उनकी पत्नीले सञ्चालन गरिरहेका छन्। अशोक व्यञ्जनकारले कृष्ण मन्दिरपछाडिको ‘होनाचा’ चलाइरहेका छन्। ‘थ्रिजी होनाचा’की सञ्चालक सरु महर्जनका अनुसार उनका हजुरबुबा कृष्णलालको उपनाम ‘होनाचा’ थियो। ‘उहाँले आफ्नो उपनाममा त्यतिवेला खाजाघर खोल्नुभएको हो,’ उनी भन्छिन्, ‘जसलाई हामी नातिनातिनाले निरन्तरता दिएका छौँ।’

हालैको एक मध्याह्न ‘थ्रिजी होनाचा’मा बारा बनाइरहेकी सरुलाई दुई चिनियाँ पर्यटकले कनिकुथी नेपाली भाषामै एक प्लेट अन्डा बारा, एक प्लेट कचिला, चतामारी र आलु–तामा अर्डर गरेर भर्‍याङ उक्लिए। उच्च कोटिका फर्निचर, सफा, चिटिक्क र महँगा रेस्टुराँ छाडेर उनीहरू ‘थ्रिजी होनाचा’ पुगेका थिए। यस रेस्टुराँमा बैंकर, युगल जोडी, परिवारहरू नेवारी परिकार खान आइपुग्छन्। विदेशी पर्यटकमाझ पनि यो लोकप्रिय छ।

भनाइ नै छ- खाना मिठो थकाली, खाजा मिठो नेवारी। होनाचाका तीनवटा रेस्टुराँले यही भनाइलाई पछ्याउँदै आएका छन्। सुपथ मूल्यमा स्वादिलो नेवारी परिकार पस्किनु यी रेस्टुराँको विशेषता हो। सोही कारण नेवारी परिकारका पारखीमाझ यी लोकप्रिय बनेका हुन्। सरुका अनुसार बिहान ११ बजे रेस्टुराँ खुल्नासाथ भीड बढ्न थाल्छ, जुन साँझ बन्द हुने समयमा पनि उत्तिकै रहन्छ। ‘खासगरी, दिउँसो खाजा खाने समयमा पाहुनालाई बस्ने ठाउँ उपलब्ध गराउन गाह्रो पर्छ,’ उनी भन्छिन्, ‘धेरैको रोजाइ छोयला, चिउरा, बारा र आलु–तामा हुने गर्छ।’

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पअघिसम्म कृष्ण मन्दिरपछाडि मात्र ‘होनाचा’ रेस्टुराँ थियो, जुन भूकम्पमा क्षतिग्रस्त भएपछि आ–आफ्ना घरमा तीनवटा रेस्टुराँ सञ्चालनमा ल्याइएको किरण बताउँछन्।

आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.