• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

जनयुद्ध दिवसका नाममा नेपाल बन्दको पुनः अभ्यास


    Avatar photo
बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित

विदा दिएर जनताप्रेमी देखिन खोज्नु एउटा छलछाम मात्र हो। गरिब नेपालीविरुद्ध धोखाधडी हो, अन्याय हो। किनभने यो विदा नभई फरक ढंगमा गरिएको नेपाल बन्द थियो।

Advertisement

प्रश्नै प्रश्नको घेरोमा सत्ता

१ फागुनमा जनयुद्ध दिवसको विदा दिनुले आशंकाहरू बढाएका छन्। के प्रधानमन्त्री पदको आयु सकिएको हो? आज या भोलि जुनसुकै बेला सरकार ढल्नसक्ने अवस्था आएको हो? प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताहरूलाई केही गरेको देखाउन परेको हो? २७ पुसको राष्ट्रिय एकता दिवसको विदालाई ‘न्युट्रलाइज’ गरेको हो?

प्रधानमन्त्री स्वयंले सार्वजनिक विदा धेरै भए भनिराख्दा त्यस्तो के आपत् आइलाग्यो अपर्झट विदा घोषणा गर्न? पुराना गल्तीहरू स्वीकार गर्ने प्रधानमन्त्रीले किन नयाँ नयाँ गल्तीहरू गर्दैछन्? विदामाथि विदा थप्दा त्यसले धनीलाई कि गरिबकै खप्पर हान्ने हो? विदैविदाको देश भनेर चिनिने भएपछि कुनचाहीं वैदेशिक लगानीकर्ता आफ्नो पुँजी डुबाउन नेपाल आउला?

आन्दोलन र युद्ध प्रचण्डको माओवादीले मात्र गरेका थिएनन्। मानिसको हत्या गर्ने आन्दोलन र युद्ध मधेशी जनाधिकार फोरमहरूले पनि चलाएका थिए। टीकापुर काण्ड पनि हत्या-हिंसाको शृंखला नै थियो। आन्दोलन, विद्रोह र क्रान्तिको दाबी गर्ने अरू पनि थुप्रै होलान्। ‘जनयुद्ध’ नाम माओवादीलाई प्यारो होला, अरूको लागि सन्त्रासयुक्त शब्दावली हुन पनि सक्छ। सबै नेपाली माओवादी थिएनन्।

जनयुद्धभित्रको सुरुङ युद्ध

खुलासा भइसकेको तथ्य के हो भने प्रचण्ड भारतमा बसेर जनयुद्ध हाँक्थे। भारत सरकारविरुद्ध केही नगर्ने भनेर कागज गरेका थिए। भारतकै सपोर्टमा जनयुद्ध रचिएकोमा कुनै शंका छैन। सुरुङ युद्ध नामको रणनीति फगत् लडाकु झुक्याउने चालबाजी थियो। जनयुद्धको समापन पनि दिल्लीमा गरियो १२ बुँदेको आवरणमा। यी तथ्यहरूले बताएका छन् कि प्रचण्डको नभई भारतको रणनीति थियो यहाँको जनयुद्ध।

यो एउटा प्रोक्सी वार थियो, जसमा प्रयोग भएका थिए नेपालका माओवादी नामका नेताहरू। कार्यकर्ताहरू चाहीं असहाय, निरुपाय, गरिब नेपाली थिए, जसलाई परिवर्तनको सपनामा भुलाइएको थियो।

२०४६ सालको आन्दोलनले अपेक्षित दिशा र गति हासिल गरेन। तत्पश्चात् बनेका ०४७-५२ तिरको सत्ताले पुर्‍याएको आम निराशा कहालीलाग्दो थियो। यसै पृष्ठभूमिमा उदाएको थियो विद्रोह। यसमा कसैले नायकत्व लिन जरुरी छैन। तात्कालिन चल्तीका नेताहरू यसका दोषभागी छन्।

सबैको लागि गणतन्त्र दिवस

ठूलो जनमतका साथ प्रचण्ड सरकारमा गएकै हुन्। अनावश्यक लफडाबाजी गरेर सरकारबाट बाहिरिएकै हुन्। त्यसपछि जनयुद्धको परिवर्तित स्वरुप धनयुद्ध भएको सबैले थाहा पाएकै विषय थियो। जनयुद्ध नामको रक्तपात व्यहोरेका उनकै कार्यकर्ताहरू खाडीका सस्ता श्रमिक भएको सत्य कतैबाट छिपेको छैन। अब के को जनयुद्ध? कहाँ छ जनयुद्ध?

यो देशमा द्वन्द्व निम्त्याउनेहरू मात्र छैनन्, द्वन्द्वमा सहभागी नभएकाहरूको संख्या धेरै छ र तिनले किन मान्ने जनयुद्ध दिवस? जनयुद्ध सिर्जित घाइते, अपांग, विस्थापितलगायतका पीडितहरूले किन मान्ने? कथित जनयुद्ध सकिएको दुई दशक हुनलाग्दा किन छैन अपेक्षित प्रतिफल? के कागजी गणतन्त्रले नागरिकका अपेक्षाहरू पूरा गर्छ?

मुलुकमा गणतन्त्र दिवस छँदैछ। त्यसदिन विदा दिने मात्र नभई टुँडिखेलमा परेड आयोजना नै हुने गरेको छ। त्यसमा किन हुँदैन जनताको स्वतःस्फूर्त सहभागिता? सेना प्रहरीले मनाइदिनपर्ने गणतन्त्र दिवस? माओवादी सरकारले बुझ्न आवश्यक छ कि गणतन्त्र दिवस नै विगतमा भएका सबै प्रकारका आन्दोलन, क्रान्ति, विद्रोहहरूको वार्षिकोत्सव मनाउने दिन हो।

विदा दिएर जनताप्रेमी देखिन खोज्नु एउटा छलछाम मात्र हो। गरिब नेपालीविरुद्ध धोखाधडी हो, अन्याय हो। किनभने यो विदा नभई फरक ढंगमा गरिएको नेपाल बन्द थियो। एउटै अस्त्रले प्रचण्डले दुई लक्ष्य भेदन गर्न खोजेको देखिन्छ। एक- कार्यकर्ताहरूलाई उचाल्न नकारात्मक प्रेरणा दिने। दुई- नेपाली जनतालाई ‘म अझै धेरै खराबीहरू गर्न सक्षम छु’ भनी सन्देश दिने। यसप्रकारको चालबाजी जति गर्नु थियो, सो मञ्चन भइसक्यो भन्ने बुझ्नचाहीं बाँकी नै देखियो।

बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?
निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
एक अनर्थ शास्त्रीको अर्थशास्त्रीहरूलाई सुझाव
अत्यधिक र अनियन्त्रित लोकतन्त्रले बिगारेको नेपाली आदत (बुँदागत विश्लेषण)
संविधानको कसीमा राष्‍ट्रीय हित र राष्‍ट्रीय सुरक्षा

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.