काठमाडौं- घरमै बसेर पनि खानाका विविध परिकार पकाएर खान सकिन्छ। अझ सार्वजनिक विदाका दिनमा हरेकको रोजाइमा पर्छन् खानाका विविध परिकार।
आज घरमै बसेर स्पाइसी बार्बिक्यू स्टाइल चिकेन विङ्स बनाउने विधिबारे चर्चा गरौं।
आवश्यक सामग्री
(१) बफेल्लो चिकेन विङ्स (ठूलो खालको कुखुराको पखेटा)
(२) स्पाइसी हट सस (पेस्ट)
(३) ओरेगानो (विदेशी जडिबुटी)
(४) टिमुर
(५) नून र मरिचको धुलो
(६) टोमाटो केचप
(७) खुर्सानीको टुक्रा
(८) बार्बिक्यू सस
बनाउने विधि
(१) बफेल्लो चिकेनलाई १५ मिनट उमाल्ने
(२) सबै सामग्रीलाई मिक्स गर्ने
(३) त्यसपछि राम्रोसँग पकाउने
(४) राम्रोसँग मिक्स भएपछि बाक्लो हुने गरी पकाउने
(५) बाक्लो भएपछि बोइल्ड चिकेन त्यसमा हाल्ने
(६) त्यसपछि क्रिस्पी हुने गरी फ्राइ गर्ने
(७) अनि सस राम्रोसँग मिसाउने
(८) त्यसपछि आफूले चाहेअनुसार सलाद हालेर प्लेटिङ गर्ने
(९) स्पाइसी बार्बिक्यू स्टाइल चिकेन विङ्स तयार भयो। अब परिवार बसेर प्रेमपूर्ण वातावरणमा खाऊँ।