• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

कागजमा निवारण, बर्सेनि बढ्दै छन् कुष्ठ रोगी (भिडियो)


शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित

काठमाडौं। सामाजिक विभेद भोग्दै आएका कुष्ठरोग प्रभावित व्यक्ति कानूनी रूपमा समेत विभेदमा परेका छन्। मुलुकी ऐनको विवाहसम्बन्धी व्यवस्थामा कुष्ठरोग प्रभावितसँग विवाह गर्नरगराउन नहुने तथा विवाह बदर हुने र गर्न सकिने व्यवस्थाका कारण उनीहरू कानूनी विभेदमा परेका हुन् ।

Advertisement

कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा प्रमुख छाला तथा कुष्ठ रोग विशेषज्ञ डा। प्रसन्न नापितले कुष्ठरोगीहरू सामाजिकसँगै कानूनी रूपमै विभेदमा रहेको बताए।

‘कुष्ठ रोगी सरकारबाटै पीडित छन्। बुझ पचाएर राज्यले कुष्ठरोग प्रभावितलाई विभेद गरेको छ,’ उनी बताउँछन्, ‘ऐनबाट यस्तो विभेद हटाउनुपर्छ भनेर हामीले सरकारसँग पटक-पटक कुरा राखेका छौं। तर, अहिलेसम्म सुनुवाइ भएन।’

उनले राज्यले भेदभावविरुद्धको अधिकार संविधानमा व्यवस्था गरे पनि यस्ता कानून नहटेको बताए। एकातिर कुष्ठरोग निको हुने रोग भन्ने र अर्कातिर विवाह गर्न नहुने र गरेमा रद्द हुने भनेर राज्यले दोहोरो चरित्र देखाएको डा. नापितको आरोप छ।

कुष्ठ छाला र स्नायुमा प्रभाव पार्ने रोग हो। रातो तथा हल्का फुस्रा दाग देखिने, अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिने, गिर्खा देखिने, स्नायुमा असर गर्दा हात गोडा झमझमाउने, मांसपेसी कमजोर हुने, डाबर तथा दाग भएका ठाउँमा चिलाउने, हत्केला वा पैतालामा नदुख्ने घाउ देखा पर्ने, हत्केलाको मासंपेसी सुकेर जाने, नाक थेप्चो हुनेजस्ता लक्षण देखापर्छन् ।

कुष्ठरोग मानिसको आँखाले देख्न नसक्ने ‘माइक्रोव्याक्टोरिज्म’ कीटाणुका कारण लाग्नेगर्छ । स्वस्थ मानिसको शरीरमा कुष्ठरोगको कीटाणुले प्रवेश गरे शरीरको रोग निरोधक शक्तिले ती कीटाणुलाई मार्न सकेन भने कुष्ठरोग लाग्ने चिकित्सक बताउँछन् ।

यो रोगको उपचारका लागि कुष्ठरोगका धेरै कीटाणु भएको व्यक्तिले लगातार एक वर्षसम्म रिफामपिसन, ड्याप्सोन र क्लोफाजामिन भन्ने तीन प्रकारको बहुऔषधि सेवन गर्नुपर्छ । यसैगरी, कुष्ठरोगका थोरै कीटाणु भएका व्यक्तिले ६ महिनासम्म निःशुल्क पाइने रिफामपिसन र ड्याप्सोन गरी दुई प्रकारको औषधि सेवन गर्नुपर्नेछ । समयमा उपचार भए कुष्ठ रोग निको हुन्छ। यो रोग निको हुने भएपनि विभेद गरेको उनी बताउँछन्।

उनी भन्छन्, ‘समयमा उपचार पाए निको हुन्छ। साथै, औषधिको सेवनपछि रोग नसर्ने हुँदा यो रोगबाट प्रभावितलाई विभेद गर्न हुँदैन।’

कागजमा निवारण, बर्षेनि बढ्दै छन् कुष्ठ रोगी

विश्व स्वास्थ्य संगठनले नेपालमा कुष्ठ रोग निवारण भएको ५ माघ ०६६ मा घोषणा गर्‍यो। तर, निवारण घोषणा गरेपछि कुष्ठरोग प्रभावितको सङ्ख्या घट्नुको साटो तीव्र गति बढ्दै गएको छ।

प्रति १० हजारमा ०.७७ अर्थात् एकभन्दा कम रोगीको सङ्ख्या हुँदा निवारणको घोषणा गरिएको थियो। हाल कुष्ठ रोगका बिरामी बढेर ०.८१ प्रतिशत पुगेका छन्। गत वर्ष ०.७३ थियो।

कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाकाअनुसार यस वर्ष देशभर २२ सय ८५ जना कुष्ठ रोगी छन्, जसमा ८३ जना बालबालिका छन्। कागजमा मात्र निवारण भएको कुष्ठ रोग वास्तविकतामा भने आज पनि चुनौतीकै रूपमा रहेको चिकित्सकको भनाइ छ।

प्रति १० हजारमा एक जनाभन्दा कमलाई कुष्ठरोग भएको तथ्यांकमा आधारित भएर निवारण घोषणा गरिएको हो, जुन नेपालको कुल जनसंख्याको आधारमा निकालिएको थियो। तर, पछिल्लो समय १२ जिल्लाबाट बढेर १६ जिल्लामा कुष्ठरोगका बिरामी पुगेका छन्।

मनाइयो विश्व कुष्ठ रोग दिवस

‘द लेप्रोसि मिसन नेपाल’ ले ७० औं विश्व कुष्ठ रोग दिवस मनाएको छ। ललितपुरको आनन्द वन अस्पतालमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै विश्व कुष्ठ रोग दिवस मनाएको हो।

‘कुष्ठ रोग अन्त्यका लागि आजैबाट पहल गरौं’ भन्ने मूल नाराका साथ कुष्ठ रोग दिवस मनाएको हो। गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शान्तिपूर्ण र्यालि गर्नुका साथै विभिन्न कार्यक्रम गरिएको थियो।

शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • २.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ३.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ४.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ५.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ६.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.