काठमाडौं–आज २०७९ साल माघ ८ गते तपाइको १२ राशिफल यसप्रकार छ ः
मेष राशीः परिवारको साथले नयाँ आसा पलाउनेछ । दान, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लाभदायक यात्रा र मनोरञ्जनको समय छ ।
बृष राशीः अतिथिका रुपमा सम्मान पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।श्रमको उचित मुल्यांकन हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
मिथुन राशीः हल्लाको भर पर्दा दुःख पाइनेछ । गरेका ढिलासुस्ती होला । मनमा दुविधा उत्पन्न हुनेछ भने दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ ।
कर्कट राशीः इच्छा र आकांक्षा पूर्ण हुनेछ । मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
सिंह राशीः पारिवारीक सद्भाव बढ्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । मेहनतले गर्दा प्रगति हुनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।
कन्या राशीः रमाइलो यात्रा गर्ने योग छ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीत भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
तुला राशीः अनावश्यक खर्च भइ मानसिक चिन्ता बढ्नेछ । मिहिनेतीहरुका लागि फलदायी रहनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ ।
वृश्चिक राशीः पारिवारीक जमघट र मनोरञ्नन कार्य सम्पन्न हुनेछ । लगनशीलताले काम अघि बढ्नेछन् ।
धनु राशीः एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धर्मकर्म र समाजसेवामा मन जानेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।
मकर राशीः बृद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
कुम्भ राशीः आज मनमा चन्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । बोलीको बिपरीत अर्थ पनि लाग्न सक्छ ।
मीन राशीः सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मुल्यांकन हुनेछ । विद्या र बृद्धिको विकास हुनेछ